• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जब पत्रकार सत्ताको भाषा बोल्न थाल्छ...

64x64
नेपाल लाइभ शनिबार, भदौ २१, २०७६  १०:४०
1140x725

पत्रकारितामाथि अनेक फिल्महरु बनेका छन्। बलिउडले पत्रकारको हुलिया नै बदलिदिएको छ। पहिले दाह्रीवाला, झोलाछाप आदर्शवादी देखिन्थे भने  अहिले टिभीका बुम लिएर चिटिक्क परेका तर मानिसहरुलाई बेतुकका सवाल सोध्नेहरुको रुपमा देखाइरहेको छ। तर, हलिउडमा पत्रकारकै विषयमा कैयौं राम्रा फिल्महरु निर्माण भएका छन्। उदाहरणका लागि ‘सिजिटन केन’, ‘अल द प्रेसिडेन्ट्स मेन’, ‘द पोस्ट’, ‘स्पटलाइट’ र ‘द फ्रन्ट पेज’सम्म।

हम्फ्री बोगर्ट अभिनित ‘डेडलाइन युएसए’ (१९५२) का बारेमा थोरैलाई मात्रै थाहा छ। जुन अपराध कथामा आधारित फिल्म थियो। जसका सम्पादक एक आपराधिक समूहको नाइकेसँग कसरी लड्छन् र अखवारको पावरले विजय हुन्छन् भन्ने कुरा सुन्दर रुपमा देखाइएको छ। साथै उनले आफ्नो अखबारका मालिकहरुको पत्रिका बिक्री गर्ने प्रयास र अपराधी समूहसँग डटेर विरोध गरेको कुरा यसमा देखाइएको छ। यी नायकलाई एक जासुसको जस्तै तर सन्की भए पनि रोमान्टिक प्रेमीको रुपमा देख्ने बानी परिरहेको अवस्थामा चारैतिर समस्याले घेरिएको पत्रकारको भूमिकामा अब्बल देख्छौं। उनी पत्रिका र पत्रकारको हितमा यति डटेर लाग्छन् कि आफ्नो प्रेम सम्बन्धमै असक्षम हुन पुग्छन्।

पत्रकारहरुले आवाजविहीनको आवाज बन्ने अथवा सत्ता पक्षसँग जवाफदेहीताको माग गर्ने आफ्नो भूमिका भुलिसकेका छन्। यदि उनीहरु स्वयं व्यवस्थाको हिस्सा बने भने कसरी व्यवस्थासँग प्रश्न सोध्लान्?

पहिलो पिँढीका पत्रकारहरुका लागि यो फिल्म विगतका समाचारपत्रका कार्यालयहरुको सम्झना ताजा गराउने माध्यम बनेको छ। खटखट गरिरहेको टाइपराइटर, टेलिटाइप, अनुभवी समाचार सम्पादक, चुट्किला सुनाउँदै दिनभर समाचारका पछि दौडिने पत्रकारहरु– यी सबै मिलेर पुरानो समयको समाचार कक्षको वातावरण जीवन्त गरिदिन्छ यो फिल्मले। 

तर, भारतमा हरेक पत्रकार विशेषगरी जो यो पेसामामा अपेक्षाकृत रुपमा नयाँ छन्; उनीहरुलाई म यस्ता फिल्म हेर्न सिफारिस गर्छु। उनीहरुलाई यो केही बढी नै पुरानो लाग्न सक्छ तर सन्दर्भ भने त्यस्तो छैन। फिल्मको कथाले सबैलाई बाँधेर राख्ने क्षमता छ। म उनीहरुलाई कम्तीमा पनि तल दिइएका क्लिप नछुटाई  हेर्ने सल्लाह दिन्छु। जसमा बोगर्ट, जो सम्पादक हुन्, अखबारको महत्व र यसको मूल्य–मान्यताहरुका बारेमा बोलिरहेका हुन्छन्।  उनलाई ध्यानपूर्वक हेर्न र आफ्नो भूमिका याद गर्न आग्रह गर्दछु।


कयौं घटनाहरु (जसमा हालैका घटना पनि समावेश छन्) मा भारतीय मिडियाको अत्यन्तै खराब छवि पेस गरिएका कारण पनि मलाई यो फिल्मको याद आएको हो। 

अहिले मिडियाको ठूलो समूह (जसमा छापा र टिभी मिडिया पनि समावेश छ) सरकारको ‘चारण’ (राजा आदिको यश र कीर्तिको वर्णन गर्ने व्यक्ति) बनिसकेको कुरा कसैबाट लुकाएर नलुक्ने अवस्थामा पुगिसकेको छ। र, यहाँसम्म कि ती अखबार जसले आफूलाई स्वयं ‘सन्तुलित’ र ‘मध्यमार्गी’ मान्दछन्, उनीहरु नै त्यस्ता गम्भीर समाचार पछाडिको पेजमा धकेलिरहेका हुन्छन्। जुन समाचार सरकारलाई आफ्नाविरुद्ध लाग्न सक्छ। 

निजी मामिलामा पत्रकार प्रधानमन्त्री नरेन्द्र मोदीप्रतिको आफ्नो झुकाव लुकाउँदैनन्। जहाँसम्म ‘निष्पक्ष’ पत्रकारको सवाल छ, कुनै पक्ष लिने स्थानमा लाचार र अस्पष्ट विचार व्यक्त गर्दछन्, तिनका बारेमा जति थोरै भन्यो त्यति नै राम्रो। 

Ncell 2
Ncell 2
nimb
nimb

आम काश्मीरीका कष्टमा गम्भीर समाचार, मजबुत सम्पादकीय र उनीहरुको पक्षमा बोल्ने अनि संकटमा परेको राज्यका पत्रकारलाई साथ दिने कुरा भुलिदिनुस्, भारतीय मिडिया या त संदिग्ध रह्यो या उनीहरुले आफ्नोतर्फबाट सेन्सरसिप थोपर्ने प्रयास गरे। 

सरकारद्वारा संविधानको अनुच्छेद ३७० निष्क्रिय गर्दा र सञ्चारका सबै साधनहरु काटेर पूरै राज्यलाई बन्दीगृह बनाउँदा पत्रकार, सञ्चारमाध्यम र तिनका संस्थाहरुले देखाएको व्यवहार अत्यन्तै लज्जास्पद थियो। 

आम काश्मीरीका कष्टमा गम्भीर समाचार, मजबुत सम्पादकीय र उनीहरुको पक्षमा बोल्ने अनि संकटमा परेको राज्यका पत्रकारलाई साथ दिने कुरा भुलिदिनुस्, भारतीय मिडिया र पत्रकारका संगठनहरुको व्यवहार या त संदिग्ध रह्यो या उनीहरुले आफ्नोतर्फबाट सेन्सरसिप थोपर्ने प्रयास गरे। 

भारतीय प्रेस काउन्सिल पत्रकारहरुको संगठन होइन तर यसबाट प्रेस स्वतन्त्रताको सुरक्षा हुने अपेक्षा गरिन्छ। काउन्सिलका अध्यक्ष एकतर्फी रुपमा काश्मीरी सम्पादक अनुराधा भसीनद्वारा सुप्रीम कोर्टमा सञ्चारमा लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै अदालतमा दायर गरिएको रिटको विरोधमा लागे।  

यद्यपि, काउन्सिलका अध्यक्षको ‘नोट’मा सञ्चारमा पूर्ण प्रतिबन्ध र राष्ट्रिय हितका बीच सन्तुलन कायम गर्नका लागि अदालतलाई सहयोग गर्ने मनसाय जस्तो देखिन्छ। तर, यो पूर्ण रुपले अनावश्यक कदम थियो, जसको आधार प्रेस स्वतन्त्रताको कुरा गर्दा राष्ट्रहितलाई ध्यानमा राख्नुपर्ने सोचमा टिकेको थियो। 

दिल्ली प्रेस क्लबले काश्मीरबाट आएको एक ‘फ्याक्ट फाइन्डिङ’ समूहलाई त्यहाँ रेकर्ड गरिएका कुनै पनि भिडियो देखाउन अनुमति नै दिएन। यस बीचमा इन्डियन वुमन्स प्रेस कर्प (जो केवल महिला पत्रकारहरुलाई मात्रै आफ्नो सदस्य बनाउँदछ) ले उसको परिसरमा पत्रकार सम्मेलन आयोजनाका लागि भीम आर्मीद्वारा गरिएको बुकिङ रद्द गरिदियो। 

यद्यपि, त्यो पत्रकार सम्मेलन काश्मीरका विषयमा भने थिएन। तर, त्यसका पछाडि पनि तर्क त्यही थियो र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणमा आफ्नो इच्छाको सहभागिता अत्यन्तै लज्जाजनक हो। र, यसमा कसैले पनि आफूले चालेको कदमका विषयमा कुनै प्रकारको स्पष्टीकरण दिन आवश्यक नै ठानेनन्। 

भारतमा सामूहिक पत्रकारिता संगठन परम्परागत रूपबाट कमजोर बन्दै गएको संकेत देखिएको  छ। पुराना प्रेस संघ अस्तित्वमा छैनन्।

केही घटनामा मिडिया नै मौन रहे। पत्नी राधिकाका साथ बिदा मनाउन विदेश जान लागेका प्रणय रायलाई विमानस्थलमा रोक्दा मिडिया संगठनहरुद्वारा कुनै ठोस विरोध नै गरिएन। न अखबारहरुले नै यस विषयमा कुनै कडा टिप्पणी गरे। 

भारतमा सामूहिक पत्रकारिता संगठन परम्परागत रूपबाट कमजोर बन्दै गएको संकेत देखिएको  छ। पुराना प्रेस संघ अस्तित्वमा छैनन्। यहाँसम्म कि आफ्ना स्वर्णिम दिनहरुमा पनि उनीहरु तलब र कामको परिस्थितिहरुसँग बढी अलमलमा रहन्थे न कि अभिव्यक्ति स्वतन्त्रताका बारेमा। 

यसअघिका सरकारद्वारा कहिलेकाहीँ लगाइने प्रतिबन्धको विरोध गरिन्थ्यो। संकटकालको समयमा केही प्रतिरोध पनि भएको थियो। यद्यपि त्यो आवश्यकता अनुरुप भने थिएन। 

वर्षौंदेखि पत्रकारहरुले कर्पोरेट जगतका बारेमा (विशेष गरी व्यापारिक घरानामा, संयोगले सबैभन्दा ठूला विज्ञापनदाता पनि हुन्छन्) खुलेर लेख्न सकेका छैनन्। हामीले कुनै कम्पनीका बहीखाताका बारेमा गम्भीर रुपमा अनुसन्धान गरिएको रिपोर्टिङ देखेका थियौं? 

पर्दापछाडि धेरै कुराहरु भइरहेका छन्। अखबारका व्यवस्थापकहरु र सम्पादकहरुले केवल घुँडामात्रै टेकेका छैनन्, बरु उनीहरुले आफ्नो चारै दिशामा आफ्नै तर्फबाट लक्ष्मणरेखा खिचेका छन्। यस्तो लाग्छ कि उनीहरुको आत्मामा सरकारको आत्मा समाहित गरिएको छ र उनीहरु कोपभाजन बन्ने परिस्थितिबाट जोगिन चाहन्छन्। 

यो स्थिति लामो समयदेखि तयार भइरहेको थियो। वर्षौंदेखि पत्रकारहरुले कर्पोरेट जगतका बारेमा (विशेष गरी व्यापारिक घरानामा, संयोगले सबैभन्दा ठूला विज्ञापनदाता पनि हुन्छन्) खुलेर लेख्न सकेका छैनन्। अन्तिम पटक हामीले कुनै कम्पनीका बहीखाताका बारेमा गम्भीर रुपमा अनुसन्धान गरिएको कुन आर्थिक अखबारमा देखेका थियौं? 

कर्पोरेट रिपोर्टिङको नाममा पाखण्ड प्रस्तुत गरिन्छ, जो कम्पनीको प्रेस रिलिज र जनसम्पर्क कार्यमा आधारित हुन्छन्। राजनीतिक रिपोर्टिङका नाममा भाजपा (र मुट्ठीभर नेताहरु) को उपलब्धिहरुको बखान, विपक्षको भर्त्सना र सत्ताधारी पार्टीको आलोचनाका आवाज दबाउनबाहेक सायदै गरिन्छ। 

अहिले केही पत्रकार एक कदम अझै अगाडि पुगेका छन्। अरुण जेटलीको मृत्युपछि चाप्लुसीले भरिएका टिप्पणीहरु आएका छन्। पत्रकारहरु दिवंगत नेताका साथ आफ्नो नजिकको सम्बन्ध देखाउने होडबाजी मात्रै नभएर उनलाई आफ्नो साथी, मार्गदर्शक र गुरु पनि घोषित गर्न थालेका छन्। 

भारतीय मिडियामा पेसागत मूल्य–मान्यताको स्तर यति तल गिर्नुमा कुनै अचानक भएको घटना जिम्मेवार छैन। यो कैयौं वर्षदेखि हुँदै आएको थियो। जसको कुनै पनि क्षेत्रबाट प्रभावकारी रुपमा प्रतिरोध भएन।

जब पत्रकारहरु ‘राष्ट्र हित’ को नाममा सरकारका हरेक कदमको तारिफ गर्न लाग्छन् र आफ्नो बचाउका लागि देशभक्तिको आड लिन्छन् भने यो स्पष्ट रुपमा पेसागत नैतिकतालाई तिलाञ्जली दिनु समान हो। 

सत्ता–प्रतिष्ठान, चाहे त्यो सरकार होस् अथवा सत्ताधारी पार्टी वा वास्तवमा कर्पोरेट क्षेत्र; सधै घुस वा धम्कीबाट कसैलाई आफूसँग मिलाउँदैन। यसले केवल मिडियालाई व्यवस्थाको हिस्सा बनाउँछ। पत्रकार सत्ताधारीहरुको बोली बोल्न सुरु गरिदिन्छन्। पत्रकारिता कुनै समयमा सत्ताका सामु सत्य बताउने नाम थियो। तर, अब यस्तो रहेन। 

भारतीय मिडियामा पेसागत मूल्य–मान्यताको स्तर यति तल गिर्नुमा कुनै अचानक भएको घटना जिम्मेवार छैन। यो कैयौं वर्षदेखि हुँदै आएको थियो। जसको कुनै पनि क्षेत्रबाट प्रभावकारी रुपमा प्रतिरोध भएन। पत्रकारहरुले आफ्नो इच्छाले आफ्नो स्वतन्त्रता समर्पण गरिदिए।

सरकारको हस्तक्षेप वा व्यवस्थापनको दबाबमाथि आरोप लगाउनु एक कमजोर बहाना मात्र हो। मिडियाकर्मीले स्वयंलाई आफ्नो महान् आदर्शहरुबाट टाढा पुर्‍याइदिएका छन्। उनीहरुले आवाजविहीनको आवाज बन्ने अथवा सत्ता पक्षसँग जवाफदेहीताको माग गर्ने आफ्नो भूमिका भुलिसकेका छन्। यदि उनीहरु स्वयं व्यवस्थाको हिस्सा बने भने कसरी व्यवस्थासँग प्रश्न सोध्लान्?

(द वायरमा प्रकाशित भाटियाको यो लेख दुर्गा दुलालले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्