बार्सिलोना- स्पेनिस ला लिगाको शीर्ष टिम बार्सिलोना बराबरीमा रोकिएको छ। बार्सिलोनालाई आइतबार राति भएको खेलमा स्पान्योलले १–१ गोलको बराबरीमा रोकेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ मिनेटमा जेरार्ड मेरेनोले गोल गरेर घरेलु टिम इस्पान्योललाई अग्रता दिलाए। तर ८२ मिनेटमा डिफेन्डर जेरार्ड पिकेले बराबरी गोल फर्काउन सफल भए। उनले लिओनल मेसीको फ्रिकिकमा गोल गरेका थिए।
बराबरीसँगै बार्सिलोनाले लिगमा रेकर्ड बनाएको छ। ला लिगाको सुरुवाती २२ खेलमा अपराजित रहँदै बार्सिलोनाले रेकर्ड बनाएको छ। ला लिगमा सिजनमा अपराजित बार्सिलोनाले १८ खेलमा जित र ४ खेलमा बराबरी खेलेको छ।
लिगको अर्को खेलमा दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले तेस्रो स्थानको भ्यालेन्सियालाई १-० गोलले पराजित गरेको छ।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५८ अंक, दोस्रो स्थानको एट्लेटिकोको ४९ र तेस्रो स्थनको भ्यालेन्सियाको ४० अंक छ। एक खेल कम खेलेको रियल म्याड्रिडको ३९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।