बागलुङ– बागलुङ नगरपालिकाको आयोजनामा भएको प्रदेश नम्बर ४ स्तरिय मेयरकप फुटबल प्रतियोगिताको उपाधि स्याङ्जाको वालिङ नगरपालिकाले जितेको छ।
आइतबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा खेलमा पोखरा लेखनाथमहानगरलाईे १–० को गोलअन्तरले पराजित गर्दैै वालिङले जितेको हो। वालिङका लागि सफल थापाले खेलको पहिलो मिनेटमा नै गोल गरेको थियो।प्रतियोगितामा प्रदेशका ११ नगरपालिकाको सहभागिता थियो।
विजेता वालिङ नगरपालिकाले २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने पोखरा लेखनाथ महानगरले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पायो। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी वालिङ नगरपालिकाका राजबाबु थापाले हात पारे । उनले १० रुपैयाँ प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।