• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

खेलकुदले जोड्यो परस्पर विरोधी २ कोरियालाई, ६ दशक पुरानो दुश्मनी अन्त्य हुने

64x64
नेपाल लाइभ आइतबार, माघ २१, २०७४  १८:५३
1140x725

काठमाडौँ– गएको बुधबार दक्षिण कोरियामा उत्तर कोरियाको झण्डा फहराएपछि त्यहाँ उपस्थित उत्तर र दक्षिण कोरियाका नागरिकका आँखा रसाए। 

हुनतः त्यो झण्डा फहराएसँगै यी दुई देशको आन्तरिक दुश्मनी मेटिएको होइन, तर पनि यतिखेर यी दुई देश आपसमा नजिकिएकाले दुवै देशका नागरिक आफ्नो करिब ६५ वर्ष पुरानो बिछोड सम्झिएर भावुक बनेका हुन् ।
 
यति लामो समयपछि पहिलो पटक यी दुई देश यतिखेर नजिकिएका छन् । उत्तर कोरियाका उच्च सरकारी अधिकारी मात्र नभएर सर्वसाधारण नागरिक पनि यतिखेर दक्षिण कोरिया पुगेका छन् । त्यस्तै चार वर्षपछि पहिलो पटक उत्तर कोरियाका महिला अधिकारीले दक्षिणको भ्रमण गर्ने अनुमति पाएसँगै त्यहाँ पुगेका छन् । उत्तरको सबैभन्दा लोकप्रिय गीतसंगीत समूह पनि दक्षिण कोरिया पुगेको छ भने दुवै देशका झण्डा साथसाथ फहराइएको छ।
 
यतिमात्र होइन, आगामी शुक्रबार यी दुवै देशका अधिकारी र खेलाडीले संयुक्त मार्च गर्ने तयारीसमेत गरेका छन्। दुवै देशका खेलाडीले आगामी शीतकालीन खेलको एउटा श्पर्धामा एकै समूहबाट खेल्ने भएका छन्। लाग्छ यी दुई कोरियाको साढे छ दशक पुरानो दुश्मनीपछिको एक अति रोमाञ्चक तथा भावनात्मक क्षण हुनेछ। त्यसो त यसरी एकै समूहबाट खेल्ने यो प्रयासलाई दक्षिण कोरियाभित्रैका पुरातनपन्थीले विरोध गरेका छन् । जापानले पनि उत्तरसँग दक्षिणको अस्वाभाविक र बढी झुकाव भनेर टिप्पणी पनि गरेको छ ।
 
तर यस क्षणलाई बढो रोमाञ्चकरुपमा नियाल्दै दुई देशका नागरिकले भने आफ्नो पुरानो बिछोडको स्मरण गरिरहेका छन् । सन् १९५३ मा कोरिया टुक्रिएर दुई कोरिया बन्न पुगेको र त्यसपछि जो जहाँ छन् त्यहीँ बस्नुपर्ने भएकाले एकै परिवारका सदस्य पनि दुई देशका नागरिक मात्र नभएर ‘शत्रु’ का रुपमा बाँच्नु परिरहेको पीडालाई बुधबार फहराएको झण्डाले कम गर्नसके हुन्थ्यो भनेर उनीहरुले कामना गरिरहेका छन् ।
       
 यतिखेर दक्षिण कोरियामा शीतकालीन ओलम्पिक खेलको व्यापक तयारी भइरहेको छ । आगामी शुक्रबारदेखि यो खेल शुरु हुँदैछ । यस खेलका लागि अरु देशका प्रतिनिधि र खेलाडीसँगै यतिखेर दक्षिण कोरियाको राजधानी सोलमा पाहुनाको ठूलो भिड लागेको छ । त्यस भिडमा सबैभन्दा चासोपूर्ण रुपमा खोजिएका खेलाडी र अधिकारी भनेका उत्तर कोरियाका हुन् । उनीहरुलाई अरुले भन्दा बढी पश्चिमा र दक्षिण कोरियाली पत्रकारले बढी खोजिरहेका छन् । उत्तर दक्षिण कोरियाका खेलाडी र अधिकारीका क्रियाकलापलाई पत्रकारले बढी ख्याल गरिरहेका छन् । ती पत्रकार र विश्वले नै दक्षिण कोरियाद्वारा आयोजित यो ओलम्पिक खेलमा उत्तर कोरियाले सहभागिता जनाउने जानकारी दिएदेखि नै पछ्याउन शुरु गरेका हुन् । यसरी यो खेलकूदका माध्यमबाट पछिल्लो समयमा दुई कोरियाबीचको कूटनीति विकास भएको छ । यसलाई पश्चिमा जगत्का विश्लेषक र सञ्चारले कोरियामा बढ्दो खेलकूद कूटनीतिका रुपमा पनि विश्लेषण गर्ने गरेका छन् ।   
 
नयाँ वर्ष सन् २०१८ को शुभकामनास्वरुप देशवासीका नाममा उत्तर कोरियाली नेता किम जोङ उनले गरेको सम्बोधनबाट उत्तर र दक्षिण कोरियामा यतिखेर नाटकीय परिवर्तन आएको हो भने यसले संसारमा नै सकारात्मक तरंग ल्याइदिएको छ । र उत्पन्न यस तरंगका कारण कोरियाली प्रायद्वीप हुँदै विश्वसम्म नै शान्तिको आशाको सञ्चार पनि भएको छ । शुरुमा उक्त खेलकूदमा उत्तर कोरियाको सहभागिता नहुने हो कि भनी दुविधामा रहेको दक्षिण कोरिया पनि उत्तरको सहभागिताको सुनिश्चिततासँगै भरमग्दूर तयारीमा लागेको हो । उसले कुनै पनि कसर बाँकी नराखी यो खेलकूदमा उत्तरलाई बढीभन्दा बढी सहभागी गराउने र उत्तरका अधिकारीलाई जतिसक्दो भव्य स्वागत गर्ने काममा लागेको देखिएको छ । 
     
बारम्बारको क्षेप्यास्त्र परीक्षण र अमेरिका र दक्षिण कोरियामाथि नै आक्रमणको धम्कीका कारण गएको वर्षभरि लगभग विश्व राजनीतिको केन्द्रमा रहेको र अमेरिका तथा विश्वकै टाउको दुखाइ बनेको उत्तर कोरियाली नेतामा अहिले देखापरेको यो नरमपनले शान्ति र सौहार्द रुप लेओस भन्ने मनोकांक्षा पनि यतिखेर विश्वका नागरिकमा देखिएको छ । त्यसैले पनि यस खेलकूदमा विश्वका नेताहरुले आफ्नो प्रतिनिधि र विशेषदूत पठाउने घोषणा गरेका छन् । यसको पहिलो घोषणा चिनियाँ राष्ट्रपति सि चिनफिङले शुक्रबार आफ्नो प्रतिनिधि दक्षिण कोरिया पठाउने भनेर गर्नुभएको छ । त्यस्तै अमेरिका, जापान र अरु देशबाट पनि यहाँ प्रतिनिधि जाने भएका छन् । खेलकूदमा सहभागिताभन्दा पनि ती देशका प्रतिनिधिले यहाँ विकसित खेलकूद कूटनीतिलाई बढी प्रवर्धन गर्नछन् ।
 
सन् १९५० जुन २० देखि १९५३ जूलाई सम्म पटकपटक भएका युद्धमा हजारौँ कोरियालीले ज्यान गुमाए र अन्ततः सन् १९५३ मा कोरिया विभाजन भयो । उत्तर र दक्षिणमा विभाजित यी देशको सिमानासँगै देशबासीका आफन्त पनि छुट्टिए। दुई देशबीच बेलाबखतमा यी आफन्तको मेलमिलाप भएको दृश्यले विश्वको कुनै पनि स्थानमा बसोबास गरिरहेका व्यक्तिको हृदय छुन्छ । बाबु–छोरा, दिदी–बहिनी, दाजुभाइजस्ता रगतको नाताका सदस्य पनि दुई देशका नागरिक र त्यो पनि शत्रुतापूर्ण रुपमा बाँच्नु परिरहेको छ ।

Ncell 2
Ncell 2

यही खेलकूदमा सहभागिताको सुनिश्चिततापछि पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा सुधार आएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताले उक्त खेलकूदमा सहभागी हुने भनी दिनुभएको स्वीकारोक्तिको तत्कालै स्वागत गर्नुभयो र तत्कालै मन्त्रिपरिषद्को बैठक डाकेर उच्चस्तरीय द्विपक्षीय वार्ताको तयारी थाल्न निर्देशन दिए। दक्षिण कोरियाले आयोजना गरी सहभागिताका लागि उत्तर कोरियालाई आमन्त्रण गरेको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने खबर पठाएकोले खेलकूदको तयारी गर्न निर्देशन दिनुभएको थियो ।
     
दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएपछि इनले दुई कोरियाको एकीकरणसम्मको आकांक्षा व्यक्त गरेका थिए। दुई कोरियाको विभाजनपश्चात् उनका पिता मुन योङ्ग–ह्युङ्ग उत्तर कोरियाबाट पलायन भई शरणार्थीको रुपमा दक्षिण कोरिया प्रवेश गर्नुभएको थियो । इन पनि आफ्ना पिताजीसँगसँगैै दक्षिण कोरिया आउनुभएको हो, यद्यपि उहाँको जन्म भने दक्षिणमा नै भएको हो।
     
उनले बाल्यकालमा रमाएको भूमिमा पुगेर सद्भाव देखाउने र छिट्टै प्योङ्याङ भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए। यसमार्फत दुई कोरियाकै एकीकरणमा पनि आफूले सार्थक पहल थाल्ने उनको चाहना आजसम्म दुई कोरियाको उच्चस्तरीय वार्तासम्म पनि पुग्न सकेको छैन। यस्तो अपेक्षित सार्थक वार्ताको लागि यस खेलकूदले एक सशक्त कूटनीतिको भूमिका निर्वाह गर्नसक्ने पनि देखिएको छ।
 
उत्तरको आणविक होडले आपसमा झन शत्रुता थपेको भए पनि एकीकरणको सपना पालेर बाँचिरहेका यी दुई देशका नागरिकले यतिखेरको प्रयासले सार्थकता पाउन सकोस् भन्ने कामना गरिरहेका छन् । दुई देशका बीचमा पलाएको यो पछिल्लो झिनो आशाले सद्भावको विकास गर्दै दुई देशकै एकीकरणसम्म पु¥याउन सकोस भन्ने कामना दुई कोरियाली नागरिकमात्र नभएर विश्वका शान्तिप्रिय नागरिकले पनि गरेका छन् । यस कार्यका लागि यो खेलकूद कूटनीति सफल हुन सकोस् भन्ने चाहना उनीहरुको छ । (विभिन्न एजेन्सीको सहयोगमा)

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  १८:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुस्ताङमा चार जना उम्मेदवार
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्?
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ?
सम्बन्धित सामग्री
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिव... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
मुस्ताङमा चार जना उम्मेदवार बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
मोरङका ६ निर्वाचन क्षेत्रमा ११८ उम्मेदवार, मुख्य दलका को-को छन् ? बुधबार, माघ ७, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बुधबार, माघ ७, २०८२
हातहतियार बुझाउन बैतडी प्रशासनको निर्देशन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री महावीर पुनले पनि दिए राजीनामा मंगलबार, माघ ६, २०८२
काँग्रेस विवाद : सर्वोच्च अदालतद्वारा निर्वाचन आयोगको निर्णय रोक्न अस्वीकार मंगलबार, माघ ६, २०८२
कांग्रेस मुद्दा : रिट निवेदकको तर्फबाट बहस जारी मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्