लाहोर- यसै वर्ष रसियामा हुने विश्वकप फुटबलको ट्रफी विश्व भ्रमणको क्रममा पाकिस्तानको पूर्वी शहर लाहोर आइपुगेको छ। गत २४ जनवरीमा श्रीलंकाबाट सुरु भएको ट्रफीको विश्व भ्रमण अन्तर्गत पपु न्युगिनी हुँदै शनिबार लाहोर आइपुगेको हो।
फिफाको विशेष विमानमार्फत ट्रफीलाई विश्वका विभिन्न देश हुँदै पाकिस्तान ल्याइएको हो।
लाहोरमा फ्रान्सका विश्वकप विजेता टोलीका सदस्य क्रिस्चियन करेम्बेउले ट्रफीको सार्वजनिक गरेका थिए। सो अवसरमा पाकिस्तानी सरकारी अधिकारी, खेलकुद संघका पदाधिकारी, खेलाडि तथा प्रशंषकको बाक्लो उपस्थिती रहेको थियो।

उपस्थित सबैले विश्वकप ट्रफीसँगै सेल्फी तथा फोटो खिचेका थिए।
हालसम्म श्रीलंकाबाट सुरु भई माल्दिभ्स, थाइल्यान्ड, लाओस, मकाउ, टोंगा, सोलोमन आइल्यान्ड, पपुवा न्यगिनी र पाकिस्तान गरी कुल ९ देशमा ट्रफीको भ्रमण गराइसकिएको छ।
अब ५५ शहरमा विश्वकप फुटबलको ट्रफी पुर्याउने कार्यक्रम छ। सो भ्रमण आगामि अप्रिल ३० मा जापानको ओसाकामा गएर सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।