सिओल- उत्तर कोरिया र दक्षिण कोरिया सम्मिलित संयुक्त आइस हक्की टोलीले आज पहिलो खेल खेल्ने भएका छन्। आगामि शुक्रबारबाट दक्षिण कोरियाको प्योङच्याङमा सुरु हुने शितकालिन ओलम्पिकको अभ्यास खेलका रुपमा सो खेल हुन लागेको हो।
स्विडेनविरुद्ध हुने सो खेल प्रतियोगिता सुरु हुनु अघिको पहिलो र एक मात्र अभ्यास खेल हो।
उत्तर कोरियाले ओलम्पिकमा सहभागिता जनाउन राजी भएपछि महिला आइस हक्की टोलीमा दुबै राष्ट्रका खेलाडी समेटेर संयुक्त टोली बनाउने सहमति भएको थियो।

प्रतियोगिताको अभ्यासका लागि भन्दै उत्तरको आइस हक्की टोली एक साता अघि नै दक्षिण पुगेको थियो।
आइस हक्कीमा उत्तरका खेलाडीको सहभागिता लिएर दक्षिणमा आलोचनासमेत भएको थियो। कतिपयले दक्षिणको एक पदक गुम्ने आशंका व्यक्त गरेका छन्।
केहि वर्षदखि अशान्त रहँदै आएको कोरियाली प्रायद्धिपमा दक्षिणमा हुने ओलम्पिकमा उत्तरको सहभागितालाई शान्ती स्थापनाको सुरुवातको रुपमा लिइएको छ।
प्रतियोगिता फेब्रुअरी ९ देखि २५ सम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।