काठमाडौं- सात वटा प्रदेशमा धमाधम प्रदेशसभा सञ्चालन भइरहेका छन्। प्रदेशसभा सञ्चालनका लागि कुनै कानुन निर्माण भएको छैन।
नयाँ संविधानको संघीय व्यवस्था अनुसार प्रदेशका लागि आवश्यक हुने कानुन प्रदेशसभा आफैंले निर्माण गर्नुपर्ने व्यवस्था छ। उक्त व्यवस्थालाई ध्यानमा राखेर कानुन मन्त्रालयसँगको समन्वयमा सरकारले तत्कालका लागि प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि निर्माण गरेको छ।
सरकारको आग्रहपछि संसद् सचिवालयले सात वटै प्रदेशसभाको बैठक सञ्चालनको शैली, कार्यसूची र अन्तरिक कायविधि एउटै हुनेगरी कार्यविधि तयार पारेको हो। सबै प्रदेशको पहिलो बैठकले अन्तरिम कार्यविधिलाई स्वीकृत गर्दै सोही कार्यविधि अनुसार प्रदेशको सदन सञ्चालन गर्दै आएका छन्।
संविधान अनुसार संघीय संसद्, एक प्रदेशसभा र अर्को प्रदेशसभा स्वतन्त्र छन्। यद्यपि बैठक सञ्चालन भने एउटै शैली र कार्यविधिबाट गर्नुपर्नेछ।
प्रदेशसभा बैठकको सञ्चालनको सम्पूर्ण तयारी गर्ने जिम्मा सरकारको भए पनि अन्तिम समयमा संघीय संसद् सचिवालयलाई सहयोगका लागि आग्रह गरिएको थियो। सरकारको सोही आग्रह र संसद् सचिवालयको सहयोगमा अन्तरिम कार्यविधि निर्माण गरिएको कानुन मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले बताए।
प्रदेशसभाको बैठकले त्यसलाई स्वीकृत गर्ने, परिवर्तन गर्न तथा नयाँ बनाउन सक्ने घिमिरेले बताए। उनका अनुसार, यसलाई तत्काल कार्य सञ्चालन गर्ने नमुना कानुनको रुपमा सरकारले पठाएको हो।
यस्तो छ कार्यविधि:











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।