काठमाडौं- कुनै समय सरकारको उच्च हैसियतमा बसेका भारतीय समाजवादी पार्टीका नेता आजम खानविरुद्ध भैंसी चोरीसहित ७८ अभियोगमा मुद्दा दायर भएको छ।
लोकसभा सदस्य खान कुनै समयमा भारतीय राजनीतिको केन्द्रमा थिए।
भारतीय सहर रामपुरको जुन प्रहरी बिटमा उनी भैंसी चोरी भएको भन्दै त्यसको खोजीमा पुग्थे, मंगलबार त्यही प्रहरी बिटले उनीविरुद्ध भैसी चोरीको अभियोग लगाएको हो।
प्रहरीले सोमबार आजम खान, पूर्व सिइयो आले हसन खानसहित ६ जना विरुद्ध मुद्दा दर्ता गराएको हो। रामपुर प्रहरी अधिक्षक अजयपाल शर्माले गाउँलेलाई डर देखाएर भैंसी चोरेको उजुरीका आधारमा खानविरुद्ध मुद्दा दायर गरिएको हो।
'उनीमाथि गाउँलेहरूले डराएर, धम्काएर घरको फुटाएर लुटेको उजुरी हालेका थिए,’ ती प्रहरीले भने, ‘उक्त उजुरीमा थप अनुसन्धान गर्दा सत्य पाइएपछि मुद्दा दायर गरिएको हो। प्रहरीले यो प्रकरणमा अन्य व्यक्तिविरुद्ध पनि मुद्दा दायर गर्ने तयारी गरेको छ।
उनले यतीमखानमा विद्यालय बनाउन भन्दै सर्वसाधारणको जग्गा जबर्जस्ती कब्जा गरेको आरोप समेत लागेको छ। १५ अक्टुबर २०१६ मा तत्कालीन क्षेत्राधिकारी आले हसन खान केही सिपाई र आफ्ना नेताहरूसहित आएर घरमा जबर्जस्ती घुसे। त्यसपछि सारा सामान फ्याँके। यसपछि ४ वटा भैंसी फुकाएर लगेको स्थानीयले जाहेरी प्रहरी कार्यालयमा दर्ता गराएका थिए।
सांसद आजम खानकी पत्नी पनि राज्यसभा सदस्य हुन्। खानकी पत्नि डा तजीन फातिमा राज्यसभा सदस्य हुन्। स्थानीयहरूको उजुरीमा खान परिवारले नै यस्तो कार्य गर्दै आएको आरोप लगाएका छन्। यसरी एकपछि अर्को मुद्दा दायर हुन थालेपछि खान परिवारले भने आफूहरु विरुद्ध प्रहरी प्रशासनले षड्यन्त्र गरेको आरोप लगाएको छ।
उनीहरूले प्रहरीले नमाज पढिरहेको वृद्धलाई समेत जबर्जस्ती पक्राउ गरेकोले आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। खानकी श्रीमती राज्यसभा सदस्य फातिमाले अब आफूहरु चुप नबस्ने चेतावनी दिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।