• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राशनभत्तामा सुरक्षाकर्मीको शोषण !

64x64
नेपाल लाइभ आइतबार, माघ २१, २०७४  १३:०८
1140x725

काठमाडौं– दिनमा ७ घन्टा काम गर्ने निजामती कर्मचारीलाई २ सय प्रतिशतसम्म भत्ता दिने सरकारले दैनिक १५ घन्टासम्म खटिने सुरक्षाकर्मीको राशनभत्तामा भने कञ्जुस्याइँ गरेका छ। महँगी बढिरहँदा सरकारले सुरक्षाकर्मीलाई तीन वर्षपहिलेकै दररेटको राशनभत्ता दिदै आएको छ। 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले महँगीअनुसार राशनभत्ता परिमार्जन गर्न  आग्रह गर्दै आएका छन्। तर, राज्यलाई भार बढ्दै भन्दै सरकारले सुरक्षाकर्मीको राशनभत्ता बढाउन मानेको छैन। खान पुग्ने राशनभत्ता समेत नदिएको भन्दै सरकारप्रति सुरक्षा संगठनमा असन्तुष्टि छ। 

२५ प्रतिशत मूल्यबृद्धि 

०७१ पुसदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा राशनको नयाँ दररेट लागू भएको हो । त्यसयता नेपाल राष्ट्र बैंककै तथ्याङकअनुसार पनि मूल्यबृद्धि करिब २५ प्रतिशत बृद्धि भइसकेको छ। तर, सुरक्षाकमीएको राशनभत्ता भने बृद्धि हुन सकेको छैन । 

रासनभत्तालाई परिमार्जन गर्न आफुहरुले पत्राचार गर्दै आएको पनि निर्णय हुन नसकेको नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज नेउपाने बताउँछन्।

‘किलोको ५० रुपैयाँ पर्ने चामलको ७० रुपैयाँ पुगिसकेको छ’, उनी भन्छन्,‘तर सरकारले तीन वर्षअघिकै बजारभाउ अनुसारको राशनभत्ता दिदा प्रहरीलाई अन्याय भएको छ।’ 

यो आर्थिक वर्षको सुरुवातदेखि नै राशनभत्ता बढाउन प्रहरीले निकै पहल गरेको थियो। तर, अर्थ मन्त्रालयका अधिकारीहरु विपक्षमा उभिएपछि असार मसान्तमा बसेको मन्त्रिपरिषद्को बैठकले पुरानै रेटअनुसार राशनभत्ता दिने निर्णय गरेको थियो। नेपाल प्रहरीले कम्तीमा ५० प्रतिशत राशनभत्ता बृद्धि गर्न माग गरेको छ। थोरै राशनभत्ता बढाउँदा पनि राज्यलाई धेरै भार पर्ने भन्दै अर्थ मन्त्रालयका कर्मचारीले बढाउन नमानेका हुन्।

प्रहरी नेतृत्व कमजोर हुँदा लबिङ हुन नसक्नु र अर्थका कर्मचारीहरुले प्रहरीको दुःख नदेख्दा सुरक्षाकर्मीहरु राशनभत्तामा अन्यायमा परे्का छन्। सशस्त्र प्रहरी बलका प्रवक्ता डिआईजी बाबुराम पाण्डे पनि समायानुकुल हुनेगरी राशनभत्ता दिनुपर्ने बताउँछन् । 

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिवेदन अलपत्र 

विगतमा ठेक्का लागेको रेटअनुुसार सुरक्षाकर्मीलाई राशन दिने गरिएको ३ वर्षयता लागत दररेटअनुसार नै दिने निर्णय भएको थियो। त्यसपछि रासनमा राज्यको खर्च ५० प्रतिशत बढेको भन्दै अर्थ मन्त्रालयका कर्मचारीले लागत दर रेटको पुनरावलोकन गर्न प्रस्ताव गर्दै राशनभत्ता घटाउन समेत माग गरेका थिए। डेढ वर्षअघि गृह मन्त्रालयका तत्कालीन सहसचिव चक्रबहादुर बुढाको संयोजकत्वमा रासन पुनरावलोकन सिफारिस समिति गठन गरिएको थियो। जसमा अर्थ, रक्षा लगायत मन्त्रालयका प्रतिनिधिहरु समेत थिए। 

उक्त समितिले दुई महिनामै प्रतिवेदन दिएर आर्थिक वर्ष ०७२र७३ भित्रै बजारभाउअनुसार रासन पुनरावलोकन गर्न सुझाव दिइएको थियो। तर, हालसम्म पनि उक्त प्रतिवेदन कार्यालय भएको छैन। अध्ययन समितिले आर्थिक वर्षको सुरुवातदेखि नयाँ रासनदर लागू गर्न सिफारीस गरेको थियो। सोहीअनुसार गत साउनदेखि राशनभत्ता पुनरावलोकन गर्न प्रहरीले माग गरेको थियो। तर, अहिलेसम्म सुनुवाई भएको छैन। प्रहरीले साप्ताहिक बिदा समेत नपाउने र दिनमा १५ घन्टासम्म पनि खटिनुपर्ने भएकाले उनीहरुलाई राशनभत्ता दिने गरिएको हो। 

हरेक जिल्लामा फरक भत्ता 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हरेक जिल्लामा प्रहरीको राशनभत्ता फरक फरक हुन्छ। हरेक जिल्लाको बजार भाउ फरक हुने भएकाले सोही अनुसार प्रमुख जिल्ला अधिकारको संयोजकत्वको   समितिले एक प्रहरीलाई एक दिनका लागि खाना खान चाहिने राशनको लागत निकालेर सोहीअनुसार राशनभत्ता दिने गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनभत्तामा मात्र वार्षिक करिब ५० करोड रुपैयाँ खर्च हुने गरेको छ। सेनामा भने टेन्डर मार्फत कर्मचारीलाई राशन नै उपलब्ध गराउँदै आइएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भने टेन्डरमार्फत राशन दिँदा घोटाला भएको भन्दै नगद नै दिन थालिएको हो। तर, समय अनुसार राशनभत्ता परिमार्जन नहुँदा ७२ हजार नेपाल प्रहरी र २६ हजार सशस्त्र प्रहरी मर्कामा परेका छन्। प्रहरी मुख्यालयले भने फेरी राशनभत्ता परिमार्जनको प्रस्ताव गृह मन्त्रालयमा पठाउने तयारी गरेको छ। 

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्