काठमाडौं– प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग्दै तनहुँ जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरिएको छ । डा गोविन्द केसीका तर्फबाट प्रीतम सुवेदी र शशि बीक्रम कार्कीले निवेदन दर्ता गराएका हुन्।
न्यायाधीश पराजुलीले २०३० साल साउन २१ गते उमेर २१ वर्ष कायम गरिएको नागरिकता लिएको देखिएको छ । डा. केसीले प्रधानन्यायाधीश पराजुलीले पहिलोपटक २०३० सालमा लिएको नागरिकतामा उमेर २१ वर्ष कायम गरेको र २०६७ मा लिएको प्रतिलिपिमा जन्ममितिको पूरा विवरण राखेको भन्दै के कति कारणले उमेर फरक परेको भन्दै जिल्ला प्रशासनमा निवेदन दर्ता गरेका हुन्।
नागरिकको सूचनाको हक अनुसार सो सम्बन्धि सूचना उपलब्ध गराइदिन भनिएको छ । यसअघि सोही व्योहोराको निवेदन जिल्ला प्रकाशसन कार्यालय काठमाडौं दर्ता गराइसकेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।