म्याड्रिड– स्पेनिस ला लिगको उपाधि रक्षा गर्ने सम्भावना कमजोर बन्दै गएको छ। शनिबार राति भएको खेलमा लेभान्तेसँग २–२ गोलको बराबरीमा रोकिएसँगै रियलको उपाधि जित्ने सम्भावना कमजोर बनेको हो।
११ मिनेटमा सर्जियो रामोसले गोल गर्दै रियललाई अग्रता दिलाए। ४२ मिनेटमा इम्यानुयल बोटएटिङले गोल फर्काए। ८१ मिनेटमा इस्कोले गोल गरेर रियललाई दोस्रो पटक अग्रता दिलाए। तर खेल सकिन १ मिनेट बाँकी छदा लेभान्तेका जियाम्पाउजो पाजिनीले गोल गर्दा रियल स्तब्ध बन्यो।
जारी सिजनमा रियल छैटौं पटक बराबरीमा रोकिएको हो। रियल अंक तालिकको चौथो स्थानमा छ। रियलले २१ खेलबाट ३९ अंक जोडेको छ। शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ५७ अंक छ। दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४६ तथा तेस्रो स्थान भ्यालेन्सियाको ४० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।