काठमाडौं- नेपालीकांग्रेसले बुधबार (भोलि) पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रम घोषणा गर्ने भएको छ।
नेपालीकांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समितिले आवश्यक निर्णय लिने र बुधबार अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत् घोषणा गरिने जानकारी दिएका हुन्।
मंगलबार जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको म्याद सकिएका केन्द्रीय भातृ संगठनको केन्द्रीय कार्य समितिको म्याद थप गर्ने विषयमा पनि छलफल जारी छ। त्यसैगरी विदेशस्थित ३५ वटा जनसम्पर्क समितिको पनि म्याद थप गर्ने विषयमा पनि केन्द्रीय कार्य समितिले टुंगो लागेको छैन।
'केन्द्रीय कार्यसमितिको बैठक मंगलबारै सम्पन्न गर्ने योजना छ। पार्टी कन्द्रीय कार्यसमितिको बैठक मंगलबार नै समापन हुने र बुधबार अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरी पार्टीको निर्णय सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ,' प्रवक्ता शर्माको भनाई थियो।
काँग्रेस केन्द्रिय कार्यसमितिको जारी बैठकमा पार्टीको विधानलगायतका १४ बूँदे एजेन्डामाथि छलफल तय गरेको थियो। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।