काठमाडौं- विप्लव समूह निकट रहेको आरोपमा पक्राउ परेका पत्रकार ओम हमाललाई सर्वोच्च अदालतको आदेशअनुसार छुट्नै नपाई पुनः प्रहरीले पक्राउ गरेकाे छ।
सर्वोच्चले मंगलबार बन्दीप्रत्यक्षीकरण रिट जारी गर्दै छाड्न आदेश दिएको थियो।
तर प्रहरीले ‘माथिको आदेश’ भन्दै सर्वोच्चकै गेटबाट पुन: हमाललाई पक्राउ गरेको हो।
हमालका तर्फबाट पत्रकार जन्मदेव जैशीले भदौ ८ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए।
नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य रहेका हमाल जनसञ्चार डटकमका सम्पादक हुन्।
पत्रकारितामा लामो सयमदेखि सक्रिय हमाललाई कास्कीमै मुद्दा चलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।