• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पुरानै लयमा फर्कंदै नेपाल पुलिस क्लब, एक महिनामा जित्यो २ उपाधि

64x64
नेपाल लाइभ आइतबार, माघ २१, २०७४  ०५:२९
1140x725

काठमाडौं– २०६० सालताका नेपाल पुलिस क्लबको साख लोभलाग्दो थियो। घरेलु फुटबलमा पुलिसलाई हराउन ठूलै कसरत गर्नु पथ्र्यो, अन्य क्लबले। 

२००८ देखि २०११ सम्म तीन पल्ट नेपालको चर्चित रामजानकी कप (लिग) जितेको पुलिस ५२ वर्षपछि पुनः लयमा फर्किएको थियो। उसले २०६३ सालमा नयाँ संस्करणको सहिद स्मारक लिगको उपाधि पहिलो पल्ट मात्र जितेन, २०६७ र २०६८ मा पनि लिग उपाधि जित्दै ह्याट्रिक गर्यो। 

अझ, २०६७ सालको लिगमा पुलिस सबै खेलमा अपराजित रहँदै च्याम्पियन बनेको थियो। २०६३ मा लिग जितेपछि नेपालको तर्फबाट एएफसी प्रेसिडेन्ट कप खेल्ने सौभाग्य पाएको पुलिसले प्रतियोगिताको फाइनल पुगेर सनसनी मच्चाएको थियो। पुलिसको नाममा अहिले पनि प्रेसिडेन्ट कपको फाइनल पुग्ने एकमात्र नेपाली क्लबको इतिहास कायमै छ। उसको यो इतिहासलाई अहिलेसम्म अन्य क्लबले चुनौती दिन सकेका छैनन्। 

पुलिसले घरेलु फुटबलमा प्रभूत्व जमाउँदा उसको क्लबका प्रशिक्षक थिए, विराटकृष्ण श्रेष्ठ। त्यतिबेला पुलिस टिममा रमेश बुढाथोकी, रितेश थापा, राकेश श्रेष्ठ, रविन श्रेष्ठ, अनन्त थापा, पर्वत पाण्डे, भरत खवास, जुमानु राई, भोला सिलवालजस्ता प्रतिभावान खेलाडीको बाहुल्य थियो। पुलिसले २०६८ मा लिग जितेसँगै कोही खेलाडीले संन्यास लिए, केही चोटले बाहिरिए। 

राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागको उप–निर्देशक नियुक्त भएपछि विराटकृष्णले पनि प्रशिक्षक पद छाडे। त्यसपछि पुलिस टिमको प्रदर्शन विस्तारै ओरालो लाग्दै गयो। पछिल्लो समय लिग तथा घरेलु प्रतियोगितामा पुलिसको उपस्थिती फिक्का बन्दै गइरहेको थियो। 

२०६८ मा लिग जितेपछि पुलिस ५ वर्ष उपाधिविहिन बन्यो। अघिल्लो साल सताक्षी गोल्ड कप र विराट गोल्ड कपको उपाधि जितेपछि पुलिससँग फुटबल समर्थकले धेरै आशा राखेका थिए। तर, यो सालको सुरुवात राम्रो हुन नसकेपछि उसका समर्थकहरू निरास बन्दै गइरहेको बेला पुलिस क्लब फेरि जुर्मुर्याएको छ। 

यसै महिना मात्र उसले २ वटा उपाधि जितिसकेको छ। माघको पहिलो साता पुलिस राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। पुलिसले फाइनलमा चिरप्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई पराजित गरेको थियो। आर्मीले पुलिससँग हार्नुअघि सिजनमा चार उपाधि जितेको थियो। 

शनिबार पोखरामा सम्पन्न आहारारा गोल्डकपको उपाधि पनि पुलिसले नै जित्यो। पुलिसले फाइनलमा थ्रीस्टार क्लबलाई १–० गोलले पराजित गर्ने क्रममा एकै महिनाभित्र दुईवटा उपाधि जित्यो। 

Ncell 2
Ncell 2

८ वर्षपछि आहारारा गोल्डकप जितेको पुलिसले पाँचौ पटक उपाधिमा कब्जा जमाएको हो। २०१० मा उपाधि जितेपछि पुलिस पोखरामा जितका लागि तडपिरहेको थियो। लामो समयपछि पुलिसको सान फर्काउन सफल भएका प्रशिक्षक अनन्त थापा भन्छन्, ‘राम्रो फुटबल खेलाउन योजना बनाएर आएको हुँ। योजना अनुरुप खेल्दा जित पक्कै हात लाग्छ।’ 
अहिले पुलिस टिममा युवाहरूको वाहुल्यता छ। कुनै सयम राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसमा हाल दीनेश राजवंशी मात्र यस्ता खेलाडी हुन्, जो राष्ट्रिय टोलीको नेतृत्व गर्छन्। 

त्यसैले क्लबले यू–१९ टिमका रेजिन सुब्बा र प्रेजन तामाङलाई भित्र्याउने कसरत सुरु गरिसकेको छ। यू–१९ टिमका अर्का मिडफिल्डर अभिषेक रिजाल यसअघि नै पुलिसमा आवद्ध भइसकेका छन्। 

‘पुलिस टिममा २५ वर्ष भन्दा कम उमेरका खेलाडी छन्,’ थापाले भने, ‘मेरो योजना युवा खेलाडीलाई राम्रो फुटबल खेल्न प्रेरणा दिने हो।’ 

थापा दुई वर्षअघि पनि पुलिसका प्रशिक्षक थिए। बीचमा एकवर्ष कुमार कटवालले पुलिसको प्रशिक्षण सम्हालेका थिए। राष्ट्रिय प्रतियोगितादेखि थापा फेरि पुलिसको प्रशिक्षकमा फर्किए। 

थापाको योजना छ, पुलिसलाई आफू खेल्दाको समयभन्दा माथि उठाउने। ‘लगातार २ उपाधिसँगै खेलाडीमा आत्मविश्वास बढेको छ। सबै खेलाडी प्रतिभावान छन्,’ उनले लिग भएको खण्डमा बलियो दाबेदारी प्रस्तुत गर्ने बताउँदै भने, ‘भविष्यमा पुलिसका खेलाडी राम्रो संख्यामा राष्ट्रिय टिममा पर्नेछन्।’

प्रकाशित मिति: आइतबार, माघ २१, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय गृह मन्त्रालयमा आज शुक्रवार केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही... शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द... शुक्रबार, माघ २३, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
बैतडीका दुई हजार चार सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै आइतबार, माघ २५, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर आइतबार, माघ २५, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम आइतबार, माघ २५, २०८२
टी–२० विश्वकप : अमेरिकाविरुद्ध भारत २९ रनले विजयी शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
एमालेका पूर्व राष्ट्रियसभा सदस्य नेकपामा प्रवेश आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्