• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

विद्यालयको दिवा खाजामा विद्यार्थीलाई नुन र रोटी दिइएको भिडियो खिच्ने पत्रकारमाथि नै मुद्दा!

उत्तर प्रदेशको बदनाम गराएको सरकारको आरोप, पत्रकार भन्छन्- निक्कै डर लागेको छ
64x64
नेपाल लाइभ मंगलबार, भदौ १७, २०७६  १४:०३
1140x725

मिर्जापुर- उत्तर प्रदेशको मिर्जापुर प्रहरीले दिवा खाजामा बच्चाहरुका लागि नुन र रोटी खुवाउँदै गरेको भिडियो खिचेर सार्वजनिक गरेको भन्दै मुद्दा दायर गरेको छ।

स्थानीय प्रशासनले पत्रकार पवन जैसवालले भिडियो खिचेर उत्तर प्रदेश सरकारको बदनाम गराएको दाबी गरिएको छ। मिर्जापुरका प्रहरी अधिक्षक अवधेश कुमार पान्डेले पत्रकार जैसवालसहित तीन जना विरुद्ध मुद्दा दायर भएको बताए।

‘जिल्ला अधिकारीको अनुसन्धानपछि पत्रकार जैसवालसहित ३ जना विरुद्ध मुद्दा दर्ता भएको छ,’ प्रहरी अधिक्षक पान्डेले भने, ‘प्रहरीले थप अनुसन्धान गरिरहेको छ र एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको छ।’

एक स्थानीय हिन्दी पत्रिकाका लागि काम गर्ने पत्रकार पवन जैसवालले आफ्नो कामका आधारमा निशाना बनाइएको बताएका बिबिसीले लेखेको छ। ‘मेरो काम नै पत्रकारिता गर्नु हो, त्यही गरेको थिएँ,’ उनले भने, ‘तर, प्रहरीमा जाहेरी दर्ता भएपछि मलाई निक्कै असुरक्षित र डर लाग्न थालेको छ।’

पवनमाथि आपराधिक षड्यन्त्र र धोका दिइएको आरोपमा एफआइआर दर्ता भएको छ। आफूविरुद्ध यसरी जाहेरी दर्ता भए पनि त्यसको कारण र पत्र भने आफूलाई उपलब्ध नगराइएको उनले बताए।

पत्रकार पवन जैसवाल।

के थियो घटना
भारतस्थित उत्तर प्रदेशको मिर्जापुर जिल्लाको एक सरकारी विद्यालयमा मध्य दिनको खाजामा विद्यार्थीहरुलाई नुन र रोटी खाजा उपलब्ध गराइएको बारे पवनले भिडियो तयार गरेका थिए। भिडियोमा विद्यार्थीहरु लाइनमा बसेर खाजाको रुपमा नुनसँग रोटी खाइरहेको देखिन्छ। पवनले खिचेको उक्त भिडियो सामाजिक सञ्जालमा 'भाइरल' बनेपछि उत्तर प्रदेश र केन्द्र सरकारकै आलोचना भएको थियो।

कक्षा १ देखि ८ सम्म पढाइ हुने उक्त विद्यालयमा लगभग १ सय विद्यार्थी अध्ययन गर्छन्। एक छात्रका परिवारले सञ्चार माध्यमलाई यो एकदमै दुःखद अवस्था भएको बताए। ‘कैंयौँपटक विद्यार्थीहरुलाई नुन र रोटी तथा चामल र नुनसमेत खान दिइएको थियो,’ ती अभिभावकले भने, ‘यहाँ कहिलेकाहीँ दुध आउने गर्दछ। तर, अधिकांश समयमा विद्यार्थीहरुलाई वितरण गरिँदैन।’

कहिल्यै पनि दूध वितरण गरिएको आफूहरुलाई जानकारी नभएको भन्दै उनले पछिल्लो वर्षदेखि यस्तै हुँदै आएको समेत दाबी गरे।

Ncell 2
Ncell 2
nimb
nimb

सुरुवातमा मिर्जापुरका उच्च सरकारी अधिकारीले प्रारम्भिक अनुसन्धानमा घटनामा सत्यता देखिएको बताएका थिए। उनले यस कार्यमा त्यहाँका शिक्षक र ग्राम पञ्चायतका सुपरभाइजरको गल्ती भेटिएको स्पष्ट पारेका थिए। जसकारण दुवैलाई निलम्बन समेत गरिएको थियो।

सूचना दिने व्यक्तिसमेत गिरफ्तार
विद्यार्थीको दिवा खाजामा सरकारले तोकेको मापदण्डलाई मिचेर नुन र रोटी दिने भिडियो खिच्नका लागि पत्रकारलाई सूचना दिएको आरोपमा एक स्थानीयलाई समेत प्रहरीले पक्राउ गरेको छ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्लाका उच्च सरकारी अधिकारीले जाँच गराएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्लाका उच्च अधिकारीले उक्त घटनामा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ गर्नुपर्नेमा सूचना बाहिर ल्याउनेलाई पक्राउ गरेर हिरासतमा राखिएको पत्रकार पवन जैसवालले आरोप लगाए।

‘यो प्रकरण सामाजिक सञ्जालमा भाइरल भए लगत्तै मुख्यमन्त्रीले जाँचको आदेश दिएका थिए,’ पत्रकार जैसवालले भने, ‘यसपछि स्थानीय अधिकारी आफ्नो बचाउका लागि मलाई फसाउँदैछन्।’

पवनमाथि आइपिसिको धारा १२० 'बी' अन्तर्गत आपराधिक षड्यन्त्र र १९३ अन्तर्गत झुटो प्रमाण पेस गरेको आरोपमा मुद्दा दायर भएको हो।

विद्यार्थीहरुलाई दिवा खाजामा नुन र रोटी खुवाउने गरिएको तथ्य सार्वजनिक भए लगत्तै जिल्ला प्रशासनले विद्यालयको जाँच गरेको थियो। यसरी अनुगमनमा गएकामध्येका एक शिक्षा विभागका अधिकारी मर्धेश पान्डेले विद्यालयमा विद्यार्थीहरुलाई रोटी र नुन खुवाउने गरेको आफूहरुले पनि फेला पारेको स्वीकार गरे।

‘हामी उक्त विद्यालयमा अनुगमन गर्न गएका थियौं, त्यहाँ बालबालिकाहरुलाई सुख्खा रोटी र नुन दिइएको थियो,’ उनले भने, ‘तर, भान्सामा बस्नेहरुले तरकारी आउन ढिला भएकाले बच्चाहरुलाई नुन र रोटी खुवाउनु परेको जिकिर गरेका थिए।’

जिल्ला अधिकारी अनुराग तिवारी।

जिल्ला अधिकारी अनुराग तिवारीले स्वयम् विद्यालय पुगेर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिएका थिए। यस विषयमा जिल्ला अधिकारी तिवारीले भने कुनै प्रतिक्रिया दिन चाहेनन्। अनुगमनको क्रममा पुगेका उनले उक्त स्थानमा उपस्थित सञ्चार माध्यमममा ठूलो अनियमितता भएको स्वीकारेका थिए। विद्यार्थीहरुका लागि सरकारले फलफूल र दूध उपलब्ध गराएको तर किन खुवाइएन भन्ने बारेमा  छानबिन हुने बताए।

‘जुन दिन भिडियो खिचिएको थियो उक्त दिनमा दाल र रोटी खुवाउनुपर्ने तालिका रहेछ,’ जिल्ला अधिकारीले भनेका थिएँ, ‘यो ठूलो अव्यवस्था हो, यसमा दुई जनालाई तत्काल निलम्बन गरिएको छ, अन्यका विषयमा छानबिन हुन्छ।’

तर, जिल्ला प्रशासनद्धारा दर्ता गराइएको एफआइआरमा पत्रकार जैसवालले राजकुमार पाल नामका व्यक्तिसँग मिलेर षड्यन्त्रपूर्वक विद्यार्थीहरुले नुन र रोटी खाँदै गरेको भिडियो खिचिएको जिकिर गरिएको छ। प्रशासनको दाबी छ कि ग्राम प्रधानको प्रतिनिधिको समेत मिलेमतोमा विद्यालयको भान्सामा सब्जी नभएको जान्दाजान्दै भिडियो बनाइएको दाबी गरिएको छ।

दिवा खाजाको व्यवस्था गर्ने जिम्मवारी ग्राम प्रधानको हो, जबकी उनकै प्रतिनिधिले सब्जी उपलब्ध गराउनुपर्नेमा भिडियो खिचाएको दाबी एफआइआरमा गरिएको छ।

पत्रकार जैसवालले खिचेको भिडियो भाइरल भएलगत्तै राष्ट्रिय मानव अधिकार आयोगले उत्तर प्रदेश सरकारलाई पत्र पठाएको थियो। उक्त पत्रपछि मुख्यमन्त्रीले तत्काल छानबिन गरी कारबाही गर्न निर्देशन दिएका थिए।

यो भिडियो भाइरल भएलगत्तै युपी सरकारका आधारभूत शिक्षा राज्यमन्त्री सतिश द्धिवेदीले आफूलाई पनि फेसबुकमा भिडियो हेरेर मात्र जानकारी भएको बताएका थिए।

एक करोडभन्दा धेरै बालबालिकालाई लाभ दिनुपर्ने लक्ष्य

उत्तर प्रदेश सरकारले विद्यार्थीहरुलाई मध्य दिनको खाजा खुवाउनका लागि १ लाख ५० हजार प्राथमिक विद्यालय छनोट गरी लागू गरिएको दाबी गरेको छ। २०१९ को तथ्यांकअनुसार यो अभियानबाट एक करोडभन्दा धेरै बालबालिकालाई लाभ दिनुपर्ने लक्ष्य सरकारको छ।

खाजामा तयार गरिएको रोटी।

उत्तर प्रदेशले मध्यान्नको खाजा सरकारी अधिकारीको निगरानीमा पूरा राज्यभर वितरण गर्दै आएको छ। उसले आफ्नो बेवसाइटमा खाजाको सूचीसमेत राखेको छ। उक्त सूचीमा प्रत्येक दिन दाल, भात, रोटी र तरकारी दिइने उल्लेख छ। केही निश्चित दिनहरुमा दूध र फलफूलसमेत दिइने उल्लेख छ।

सरकारी विद्यालयमा अध्ययन गर्ने गरिब जनताका छोराछोरी हुने र उनीहरुको घरमा खानाको मात्र नपुग्ने भन्दै सोहीअनुसार खाजाको सूची तयार गरिएको हुन्छ।

केन्द्र सरकारका अनुसार मध्यान्न खाजामा प्रति बच्चाको न्यूनतम ४ सय ५० क्यालोरी शक्ति हुने गरी खाजाको प्रकार तयार गरिएको हुन्छ। प्रत्येक दिन १२ ग्राम प्रोटिन हुनेगरी यसको तयार गरिएको हुन्छ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्