काठमाडौं- पछिल्लो ११ दिनदेखि सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ पार्टी नेकपाका महासचिव विष्णु पौडेल सिंगापुर जाँदैछन्।
उनी आज दिउँसो १ बजे त्यसतर्फ प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री ओली भदौ ५ गते उपचारको लागि सिंगापुर गएका थिए। सिंगापुर पुगेको भोलिपल्ट देखि नै उनको प्लाजा फेरोसिस प्रक्रियाबाट मृगौलासम्बन्धी एन्टिबडीलाई निराकरण गर्ने काम भइरहेको छ। आइतबार उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले यो प्रक्रिया बुधबार पूरा हुने बताएका थिए।
गत साउन १८ गते पनि प्रधानमन्त्री उपचारका लागि सिंगापुर गएका थिए। ९ दिनपछि अर्थात् साउन २७ गते नेपाल फर्किएका थिए।
उनको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार चलिरहेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।