• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १, २०८३ Tue, Apr 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ट्रम्पलाई नेपाली किसानको सन्देश- 'कि अमेरिका लैजाऊ कि प्रदूषण घटाऊ'

64x64
नेपाल लाइभ शनिबार, भदौ ३१, २०७४  १४:२०
1140x725

सैपु (रामेछाप)- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु सम्बन्धी पेरिस सम्झौता खारेज गर्ने घोषणा गरेको तेस्रो साता हामी रामेछापको सैपु गाउँमा पुग्यौं। ज्यान पाल्न खेती गरिरहेका शिव आकाशबाट भगवान हराए राक्षसले राज गर्‍यो र धर्तीमा पानी खस्न पाएन भन्दै बरबराइरहेका थिए।

खडेरीको चपेटामा परेको मकैको बोट देखाउँदै उनले भने, 'पानी नभएर मकै सुकिसके। जलवायु परीवर्तनको असर भनेको यही त होला जसले यो स्थिति निम्ताएको छ तिनीहरुले हामी जस्तालाई मार्ने भए।'

जलवायु सम्बन्धी पेरिस सम्झौताले राष्ट्रमाथि आर्थिक बोझ थुपार्ने ट्रम्पको बुझाइ छ। 'जलवायु परिवर्तन न्यूनीकरण गर्न अमेरिकामाथि आर्थिक भार थुपार्दै जग हसाउने काम भइरहेको छ। अन्य राष्ट्र हाम्रो अर्थतन्त्र देखेर हाँस्ने अवस्था आउन नदिन अमेरिका  सचेत छ,' ट्रम्पले भनेका थिए।

जलवायु परिवर्तन न्यूनीकरणमा अमेरिकाले लगानी गर्दा अर्थतन्त्र धरासायी हुने र विश्व हाँस्ने कुरा ट्रम्पले गरिरहँदा शिव हाँस्न सकिरहेका छैनन्। उनी जलवायु परिवर्तनको असरले जीवनमा पारिरहेको संकट व्याख्या गरिरहेका छन्।

हामी सैपुमा भूकम्पपछिको पुनर्निमाणको अवस्थाबारे बुझ्न पुगेका थियौं। सैपुमा भूकम्पले भत्काएका भवन मध्ये सरकारी राहत र ऋण लिएर २० प्रतिशत घर ठडिएका छन्। ८० प्रतिशत उही अवस्थामा छन्। भूकम्पको पीडा त उनीहरुमाथि छ नै त्यसमा जलवायु परिवर्तनले पनि पीडा  थपिदिएको छ। 'भूकम्पले हाम्रो घर भत्कायो स्कुल ढले स्वास्थ्य चौकी रहेनन्। तर यो बेटुंगोको मौसमले पो अब ठूलो विपत्ति ल्याउला जस्तो छ,' शिवका साथी गोपालले भने।

संवाद गर्दै जाँदा सैपुका किसानहरुमाझ निराशा मात्रै भेटियो। नहोस् पनि किन? 'बाली रोप्न जमिन सुख्खा आवश्यक हुँदा झमझम पानी पर्‍यो। पानी चाहिने बेला खडेरी भयो,' बादल नदेखिएको आकाश नियाल्दै गंगाले भनिन्। मनसुनको बेला बादल मडारिनुपर्ने आकाश सफा थियो।

हामीसँग संवादमा जोडिने कृषक एकपछि अर्को गर्दै एउटै गुनासो सुनाउँछन्। सैपुमा जलवायु परिवर्तनका कारण खानेपानीका श्रोत सुक्दै गएको छ।  लामखुट्टे नहुने ठाउँमा बढ्दै गएको छ र तापक्रम झनझन बढ्दैछ।

त्यो गाउँमा विजुली छैन। साधनको नाममा चारवटा ट्रयाक्टर छन्। जलवायुमा असर पुर्‍याउने काम त्यहाँका बासिन्दा गरेका छैनन् तर उनीहरु जलवायु परिवर्तनको असर भोग्न विवश छन्।

nimb
nimb
Ncell 2
Ncell 2

विश्व बैँकको तथ्याङ्क अनुसार नेपालमा कार्बन उत्सर्जनको मात्रा मेट्रिक टनमा हिसाब गर्दा ० दशमवल २ छ। ट्रम्पले वातावरण नीतिमा अमेरिका सबैभन्दा अब्बल दाबी गरिरहँदा उसले १६ दशमलव ४ मेट्रिक टन कार्बन उत्सर्जन गरेको छ। विभिन्न विषयका तथ्याङ्क राख्ने वेबसाइट स्टाटिस्टाका अनुसार विश्वमा उत्सर्जन हुने कार्बन मध्ये अमेरिकाको हिस्सा १६ प्रतिशत छ।

जीवन धान्नकै लागि कृषी पेश अँगालेका नेपाली किसान जस्तै विश्वका धेरै मानिस छन् जो जलवायु परिवर्तनको प्रत्यक्ष मारमा छन्। उनीहरुका लागि जलवायु परिवर्तनका असर कम गर्ने विषयमा कति हिस्सा लिने भन्ने बहसमा त्यति चिन्ता छैन जति त्यसले निम्ताइरहेको भयावह परिस्थितिमा छ।

जलवायु परिवर्तनका असर कम गर्ने जिम्मेवारीबाट अमेरिका हट्न खोजिरहेको छ। यता सैपुका बासिन्दा असर कम होला कि भन्ने आशामा  जंगल जोगाउन लागिपरेका छन्। पानीका श्रोत बचाउन जागिरहेका छन्। जलवायुको भाग्य र भविष्य  दूर रहेका राष्ट्रले लिने निर्णयमा निर्भर रहेकोमा उनीहरु जानकार छन्। तैपनि सानो प्रयासमार्फत जलवायु परिवर्तनको असर न्युनीकरण गर्न सकिन्छ भन्ने आशा उनीहरुमा छन्।

शिव अमेरिकालाई व्यङ्ग्य गर्दै भन्छन- जलवायु परिवर्तनका असर कम गर्न असहयोग गर्ने अमेरिकासँग अब दुईवटा विकल्प छ निर्णय फिर्ता लिने र प्रदूषण कम गर्ने अर्को यसको असर खेपिरहेकाहरुरलाई अमेरिकामा बस्न दिने।'

शिवको दोस्रो विकल्प सुनेर सबैजना गल्ल हाँस्छन्। केहीबेरको लागि उनीहरुको निराशा पन्छिन्छ। शिवको कुरा सुनेपछि हामीले अमेरिकी वातावरण संरक्षण संस्थाका प्रशासक स्कट प्रुटले भनेको कुरा सुनायौँ। उनले पेरिसमा भनेका थिए- 'हाम्रो कारणले अन्य राष्ट्रमा पुगेको क्षतिबारे हामीलाई कुनै चिन्ता छैन। हामी हाम्रो राष्ट्रमा पुगेको क्षतिबारे मात्रै चिन्तित छौँ।'

त्यो अभिव्यक्ति प्रुटले नेपालमा आएर दिन सक्छन् वा सक्दैनन् भन्नेमा हामी एकछिन घोत्लिरह्यैँ। सहभागी मध्ये वृद्ध देवीले भने- अमेरिका शक्तिशाली र जिम्मेवार राष्ट्र भन्ठानेको त स्वार्थी र गैरजिम्मेवार पो रहेछ।'

लेखकसबैले देवीको तर्कमा समर्थन जनाए र आ–आफ्नो घरतिर लागे।

 

(पौडेल अमेरिकामा रहेको अपलेचिन युनिभर्सिटीमा दीगो विकास विषयमा प्राध्यापक हुन्। अलजजिरामा प्रकाशित भएको उनको आलेखलाई शिशिर ढकालले भावानुवाद गरेका हुन्।)

प्रकाशित मिति: शनिबार, भदौ ३१, २०७४  १४:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
काठमाडौँ उपत्यकामा रात्रि समयमा सार्वजनिक बस सञ्चालन सुरु मंगलबार, वैशाख १, २०८३
सरकारले आयोजना सम्पन्न नभएसम्म कर्मचारी सरुवा नगर्ने मंगलबार, वैशाख १, २०८३
गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्ने र लगानी आकर्षण गर्ने सरकारको प्रतिबद्धता मंगलबार, वैशाख १, २०८३
युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी मंगलबार, वैशाख १, २०८३
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा (पूर्णपाठ) मंगलबार, वैशाख १, २०८३
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
गृहमन्त्री भन्छन्– गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्