जनकपुर- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महोत्तरी जिल्ला इन्चार्ज पक्राउ परेका छन्।
‘रुक’ उपनामले चिनिने रुपेशबहादुर कार्कीलाई प्रहरीले आइतबार बर्दिबासबाट पक्राउ गरेको हो।
कार्कीलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास–१ रातु पुल क्षेत्रबाट उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निशान थापाले जानकारी दिए।
मोटरसाइकलमा सवार इन्चार्ज कार्कीका साथबाट दलित मुक्ति मोर्चाको सदस्यता नवीकरण ठेली समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत महोत्तरीबाट म्याद लिएर इन्चार्ज कार्कीमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।