सिड्नी– न्युजिल्यान्ड विरुद्धको पहिलो टी–२० खेलमा अस्ट्रेलिया विजयी भएको छ। वर्षाले प्रभावित खेलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई डिएल मेथडमा ७ विकेटले पराजित गरेको हो।
न्युजिल्यान्डले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ११.३ ओभरमा ३ विकेटको क्षतिमा ९६ रन बनाएर खेलिरहदा खेल वर्षाले प्रभावित बनेको थियो। अस्ट्रेलियाका ग्लेन म्याक्सवेल २४ बलमा ४० रन बनाएर खेलिरहेका थिए भने क्रिस लियोनले ३३ बलमा ४४ रन बनाएर आउट भए।
त्यसअघि न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ स य १७ रन जोड्यो। उसका लागि कोलिन डे ग्रान्डहोमले नटआउट ३८ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङतर्फ एन्ड्रियु टेले ४ विकेट तथा विलि स्टालंकेले ३ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।