काठमाडौं- नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका जानकी गाउँपालिका इञ्चार्ज रामबहादुर विकले पार्टी त्यागको घोषणा गरेका छन्।
समाजमा सृजनात्मक काम गरी समाज सुधारका काम गर्दा देशमा सकारात्मक परिवर्तन गर्नुपर्छ भन्ने लागेर विप्लवको पार्टीमा लागेको तर उद्यमशील र स्वतन्त्र नागरिक भएर बस्न चाहेकाले पार्टी परित्याग गरेको विकले बताएका छन्।
निवर्तमान इञ्चार्ज विकले २०७६ साउन १६ गते पक्राउ परेकाले पार्टी त्यागेको एक विज्ञप्तिमार्फत जनाएका छन्।
विकले पदीय जिम्मेवारीका कारण प्रहरीले पक्राउ गरे पनि आफ्नो संलग्नातामा कुनै अराजक गतिविधि नभएको पनि प्रष्टिकरण दिए।
विप्लव माओवादीका गतिविधिले देशको विकास र उन्नति नहुने आफूले दुःख मात्रै पाउने देखेपछि सो पार्टीको साधारण सदस्य समेत त्याग गरेको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।