काठमाडौं– मनाङ मर्स्याङ्दी क्लब बुढासुब्बा गोल्डकपको पहिलो खेलमा पराजित हुँदै बाहिरिएको छ। मनाङलाई संकटा क्लबले पराजित गरेको हो।
धरान रंगशालामा शनिबार भएको उद्घाटन खेलमा संकटाले मनाङमाथि १–० को जित दर्ता गराएको हो। संकटाको जितमा विदेशी खेलाडी अर्नेस्टले खेलको २० मिनेटमा गोल गरेका थिए।
उनी नै खेलको म्यान अफ दि म्याच हुँदै १० हजार जित्न सफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।