• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मंसिर १४ मा कहाँ-कहाँ हुँदैछ उपनिर्वाचन? 

४० करोड खर्च हुने अनुमान, ६८०० कर्मचारी खटिने
64x64
नेपाल लाइभ मंगलबार, भदौ १७, २०७६  ०५:५७
1140x725

काठमाडौं- मंसिर १४ का लागि तोकिएको उपनिर्वाचन ४७ जिल्लामा हुने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य-१, प्रदेशसभा सदस्य-३, उपमहानगरपालिका प्रमुख-१, गाउँपालिका अध्यक्ष-३, गाउँपालिका उपाध्यक्ष-१, वडाध्यक्ष-४१ सहित ५० पदका लागि निर्वाचन गर्न लागेको हो।

गत फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक  उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्र कास्की-२ सहित ५० पदका लागि निर्वाचन हुन लागेको हो। 

यसैगरी, दाङ-३ ‘ख’ बाट प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तमकुमार ओली, भक्तपुर-१ 'ख'बाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछाने र बागलुङ-२ 'ख'बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका सांसद टेक बहादुर घर्ती विजयी भएको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। ओलीको सवारी दुर्घटनापछि उपचारका क्रममा मृत्यु भएको थियो। लामिछानेको मस्तिष्कघातका कारण ज्यान गएको थियो। जन्डिसका बिरामी घर्तीको भारतमा उपचारकै क्रममा मृत्यु भएको थियो।

स्थानीय तह अन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको उपचारका क्रममा गत वर्षको साउन १ मा निधन भएको थियो। पाँचथर फाल्गुनन्द गाँउपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको गत माघमा मृत्यु भएको थियो। संखुवासभाको मकालु गाँउपालिकाका अध्यक्ष खड्ग कटुवालको २०७४ को पुस ३० मा मृत्यु भएको थियो। महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष विनोदकुमार चौधरीको गत बैशाखमा उपचारका क्रममा मृत्यु भएको थियो। हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षको पद पनि रिक्त छ। नियमित चुनावको एकवर्ष अघि पद रिक्त भए मात्रै उपनिर्वाचन हुने व्यवस्था छ। वडा अध्यक्षभन्दा तलका पदमा भने उपनिर्वाचन गर्ने व्यवस्था सविधानमा छैन।

विभिन्न स्थानीय तहका ४१ वडामा उपनिर्वाचन हुने भएको छ। पाँचथरमा फिदिम नगरपालिकाको-१ र हिलिहाङ-७ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुनेछ। मोरङको धनपालथान-२, सुनसरीको धरान उपमहानगरपालिका-७ मा वडाध्यक्ष पद खाली छ। 

संखुवासभाको खाँदबारी-३,खोटाङको साकेला गाउँपालिका-३ सप्तरीको छिन्नमस्ता-७, सिराहाको कल्याणपुर नगरपालिका-१२ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुनेछ। महोत्तरीको वलवा नगरपालिकाका-८ र २ का साथै मटिहानी नगरपालिकाको-६ मा  वडा अध्यक्षका पद खाली भएकाले यी स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुने तय भएको छ। 

यसैगरी, सर्लाहीमा हरिपुर्वा-१,रौतहटमा गढिमाई-२,बारामा बारागढि-१,पर्सामा सखुवा प्रसौनी-५ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुनेछ। रामेछापको उमाकुण्ड-५,सिन्धुपाल्चोकको इन्द्रावती -८,काभ्रेको धुलिखेल-२,काठमाडौंको दक्षिणकाली-३ मा पनि वडाध्यक्षका लागि उपनिर्वाचन हुनेछ।

चितवनको खैरहनी नगरपालिका-४ र ५ नम्बर वडा, लमजुङको सुन्दरबजार-२,बागलुङको बडिगाड-२,पूर्वी नवलपरासीमा बौदीकाली-५, गुल्मीको रुरुक्षेत्र-६, अर्घाखांचीको मलारानी-३ मा पनि वडाध्यक्षको पद रिक्त भएकाले उपनिर्वाचन हुनेछ। प्युठानमा तीन वडाका अध्यक्ष पद खाली छन्। प्युठान नगरपालिका-१ र ऐरावती गाउँपालिका-१ र २ वडामा उपनिर्वाचन हुनेछ।

nimb
nimb
Ncell 2
Ncell 2

रोल्पामा थवाङ- १, दाङको घोराही-१६, बाँकेको कोहलपुर-६ सल्यानको कुमाख-५,बाजुराको त्रिवेगी-१,अछामको मेल्लेख ५ मा वडा अध्यक्षको पद रिक्त भएका स्थान हुन्। डोटीको आदर्श-२, कञ्चनपुको पुर्नवास-३,वैतडीको पुचौंदी -४, सुर्नया- १ र दोगडकेदार-४ मा पनि उपनिर्वाचन हुनेछ। साथै, कपिलवस्तुको शिवराज-१० र भोजपुरको पौवाढुङ्गा-१ मा पनि वडा अध्यक्षको पद रिक्त छ। 

संघीय सांसदले सभामुखलाई राजीनामा दिएमा, तोकिएको योग्यता नपुगेमा, सदनको कार्यकाल सकिएमा, सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा, सम्बन्धित दलत्याग गरेमा र मृत्यु भएमा पद रिक्त हुने संविधानको धारा ८९ मा व्यवस्था गरिएको छ। प्रदेशसभा सदस्यको स्थान खाली हुने अवस्था पनि संघीय सदन अनुसारकै बनाइएको छ। प्रदेश सदस्यले राजीनामा दिने भए प्रदेश सभामुखलाई बुझाउनुपर्नेछ।

स्थानीय तहका जनप्रतिनिधि रिक्त हुने प्रावधानहरूमा अध्यक्षले उपाध्यक्ष समक्ष, उपाध्यक्षले अध्यक्ष समक्ष राजीनामा दिएमा,कार्यकाल सकिएमा वा मृत्यु भएमा छन्।

गाउँपालिकाको अध्यक्षको सन्दर्भमा संविधानमा त्रुटि भेटिएको छ। संविधानको धारा २१५ मा स्थानीय तहका पदाधिकारी रिक्त रहेको अवस्थामा उपनिर्वाचन गर्ने प्रावधान छ। सोही धाराको उपधारा ७ मा दुई कार्यकालभन्दा बढी उम्मेदवार हुन नपाउने प्रावधान छ। रिक्त स्थानमा उपधारा ८ अनुरुप उपनिर्वाचन हुनुपर्नेमा त्रुटिवस उपधारा ७ उल्लेख  छ।

निर्वाचन आयोगका प्रवक्ता शंखर प्रसाद खरेलले ऐनले ‘क्लियर’ गरेकाले समस्या नहुने बताए। उपनिर्वाचन परम्परागत प्रणालीकै हुनेछ। विद्युतीय मतदानका लागि समयाभाव रहेकाले नयाँ प्रविधि प्रयोग गर्न नसकिने आयोगले स्पष्ट पारेको छ। प्रवक्ता खरेलले भने,‘पाँचथरदेखि हुम्लासम्म उपनिर्वाचन गराउनु छ। विद्युतीयको लागि मतदाता शिक्षा छुट्टै चाहिन्छ। अहिले मतदाता शिक्षा दिन सकिने समय छैन।’

उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले प्रारम्भिक चरणमा २५ करोड निकासा गरिसकेको छ। आयोगले ४० करोड खर्च लाग्ने प्रारम्भिक अनुमानसहित बजेट निकासाका लागि आग्रह गरेको थियो।

दलहरुलाई आचारसंहिता लागू गर्ने सन्दर्भमा निर्वाचन सुरु हुनुभन्दा कति समय अघि भन्ने एकिन व्यवस्था छैन। उपयुक्त समयमा आयोगले आचारसंहिता लागू गर्ने खरेलले जानकारी गराए।

स्वयंसेवक सहित ६ हजार ८ सय  कर्मचारी उपनिर्वाचनका लागि आवश्यक हुने आयोगले जनाएको छ। निर्वाचन हुने मितिभन्दा दुई महिनाअघि निर्वाचन अधिकृतको कार्यालय सञ्चालन हुनेछ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  ०५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ]
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठक बस्दै साथै सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल कोइरालाले आफ्नो सम्पर्क कार्यलय विशालनगरमा छलफल गरेका हुन् । आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले यस्तो बताएका हुन्। आइतबार, वैशाख १३, २०८३
ताजा समाचारसबै
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर सोमबार, वैशाख १४, २०८३
नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्