काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार कालोसूचीमा परेका ऋण खाता तथा ऋणीहरुको संख्या साढे ८ हजार नाघेको छ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७५/७६ मा देशको समग्र आर्थिक तथा वित्तीय स्थितिअनुसार २०७६ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाका १४ लाख ३९ हजार ६ सय ४८ वटा ऋण खाता छन्। त्यस्ता ऋण खातामध्ये २०७६ असार मसान्तसम्ममा कालोसूचीमा रहेका ऋणीको संख्या ८ हजार ६ सय २० रहेको छ।

आर्थिक वर्ष २०७५/७६ मा २ हजार ८ सय ४२ ऋणीहरु कालोसूचीमा परेका तथा ६ सय २८ ऋणीहरु कालोसूचीबाट हटेका छन्। अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १ हजार ३ सय ३४ वटा ऋणी थपिएका थिए। अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा यस्तो संख्या १ हजार ५ सयभन्दा बढी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।