नयाँ दिल्ली (एजेन्सी)– भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले युथ–१९ विश्व कप क्रिकेट जित्ने टिमका मुख्य प्रशिक्षक राहुल द्रविडलाई ५० लाख र टोलीका हरेक सदस्यलाई ३० लाख रुपैयाँ भारुबाट सम्मानित गर्ने घोषणा गरेको छ।
यस्तै, सहयोगी स्टाफ, फिल्डिङ प्रशिक्षक अभय शर्मा र बलिङ प्रशिक्षक पारस म्हाम्ब्रेलाई २०–२० लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ। युथ–१९ टोलीका प्रशिक्षकले पहिलो पल्ट यति धेरै रकम पुरस्कारको रुपमा पाउन लागेका हुन्।
युथ–१९ टिमले विश्व कप जितेपछि बिसिसिआईको प्रशासक समितिका प्रमुख विनोद रायले भने,‘राहुलले क्रिकेट पनि इमान्दारीपूर्वक खेले र आफ्नो शिष्यलाई पनि त्यही गुण सिकाए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।