काठमाडौं- स्पेनिस लालिगाअन्तर्गत आइतबार राति भएको खेलमा भिल्लारियलसँग रियल मड्रिड बराबरीमा रोकिएको छ।
दोहोरो पहेंलो कार्ड खाँदै खेलको अन्तिम समयमा बाहिरिनुअघि रियलका ग्यारेथ बेलले २ गोल गर्दै टोलीलाई हारबाट जोगाएका हुन्।
दुवै हाफको इन्ज्युरी टाइममा उनले गोल गरेका थिए। यद्यपि खेलमा अग्रता भने भिल्लारियलले लिएको थियो। उसका लागि खेलको १२ मिनेटमै गेरार्ड मोरिनोले गोल गरेका थिए।
दोस्रो हाफमा पनि गोल गर्न भिल्लारियलनै अघि देखियो। मोइ गोमेजले ७४ मिनेटमा जाली चुमाए पनि बेलले खेलको इन्ज्युरी टाइममा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
खेलमा लामो समयसम्म बल आफ्नो पक्षमा पारे पनि रियल गोल गर्नबाट भने चुकेको थियो। उसले भिल्लारियलको पोस्टमा १७ पटक प्रहार गरेको थियो।

बराबरीसँगै लालिगाको अंकतालिकामा रियल पाँचौं तथा भिल्लारियल १६औं स्थानमा छ। शीर्ष स्थानमा ९ अंकसहित एटलेटिको मड्रिड छ।
यसैबीच गएराति नै भएका अन्य खेलहरुमा एटलेटिको मड्रिडले ऐवरलाई ३-२, भ्यालेन्सियाले मालोर्कालाई २-० तथा ग्रानडाले इस्पानियोललाई ३-०ले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।