मनिला- आइतबार दिउँसो फिलिपिन्समा भएको विमान दुर्घटनामा यात्रारत सबैजनाको मृत्यु भएको यहाँको प्रहरीले पुष्टि गरेको छ।
फिलिपिनी प्रहरीका अनुसार दुई चालकदलका सदस्यसहित ९ जना सवार विमान दुर्घटना हुँदा सबैजनाको मृत्यु भएको छ।
यस पहिले आएको प्रारम्भिक रिपोर्टमा विमानमा कति जना यात्रु रहेका थिए भन्ने जानकारी पाउन सकिएको थिएन भने ७ जनाको मृत्यु भएको बताइएको थियो।
विमान दिउँसो ३ बजे पान्सोलस्थित एक निजी रिसोर्टमा दुर्घटनाग्रस्त भएको प्रहरीले उल्लेख गरेको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।