काठमाडौं- नाडा अटो शो २०१९ समापन भएको छ। भदौ १० गतेदेखि ६ दिनसम्म राजधानीको भृकुटीमण्डपमा संचालन भएको अटो शो आइतबार सकिएको हो।
आटो शो को १४औं संस्करणमा करिब ८१ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ। यो वर्षको अटो शोमा उत्कृष्ट स्टलको समेत छनोट भएको छ। दुइपांग्रे तर्फ उत्कृष्ट स्टल केटिएम मोटरसाइकल बन्न सफल भयो भने चारपांग्रे सवारीतर्फ उत्कृष्ट स्टल टोयोटा बन्न सफल भएको छ। त्यस्तै स्पेयर पार्टस् तर्फ उत्कृष्ट स्टल टोटल ल्युब छनोट भएको हो।
यो वर्षको अटो शोमा दुइपांग्रे तथा चारपांग्रे गरी ४१ ब्रान्डको सहभागिता रहेको थियो। त्यस्तै स्पेयर पार्टस्, बैंक तथा वित्तीय संस्थासहित ९५ कम्पनीको सहभागिता रहेको थियो।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटो शो २०१९ मा सहभागी कम्पनीहरूलाई 'टोकन अफ लभ'समेत प्रदान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।