काठमाडौं- स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ।
महासंघका अनुसार आइतबार सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तोकिएको बजार मूल्यभन्दा आइतबार सुन ४ सय रुपैयाँले सस्तिएको हो।
आइतबार चाँदी पनि ५ रुपैयाँले सस्तो भएको छ। आइतबार चाँदी तोलाको ८ सय ८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।