• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

ब्रेक्जिटको मुखमा बेलायतको संसद् निलम्बन 'कू' कि साहसी कदम?

64x64
नेपाल लाइभ आइतबार, भदौ १५, २०७६  ०८:३३
1140x725

-दिलीप शर्मा/रासस

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले संसद्‌लाई ५ हप्ता निलम्बन गर्नेगरी हालै लिएको बाटोलाई विश्व समुदायले विरोधाभासपूर्ण घटनाका रूपमा लिएको छ।

प्रजातन्त्रको नमूना मानिने बेलायतका लागि संसद्‌मा बहसको बाटो रोकिने अवस्था आउनु पक्कै पनि सहज राजनीतिक निर्णय होइन। ब्रेक्जिटको बहस गर्ने प्रजातान्त्रिक थलो (संसद्)लाई निलम्बन गर्ने प्रधानमन्त्रीको निर्णयप्रति बेलायतमा मिश्रित प्रतिक्रिया आएको छ।

सरकारको पछिल्लो निर्णयप्रति कतिपय सत्ताधारी दलका संसद् नै असन्तुष्ट बनेका छन् भने बेलायतमा ब्रेक्जिटको विपक्षमा मत जाहेर गर्दै आएको लिवरल डेमोक्रेटिक पार्टीले त युवा प्रधानमन्त्री जोनसनको अपरिपक्व निर्णय भनेको छ। प्रतिपक्षी सांसदले यसलाई ‘कू’को सज्ञा दिएका छन् भने ब्रेक्जिट पक्षधरले एउटा साहसी कदमका रूपमा उल्लेख गरेका छन्।

प्रधानमन्त्रीको निर्णयपछि विपक्षी सांसदहरूले ब्रेक्जिट पक्षधर नेताहरू मिलेर जनताको नाममा बेलायती प्रजातन्त्रलाई खोलामा फालेको प्रतिक्रिया दिएका छन्।

बेलायतको गहिरिँदो राजनीतिक संकट केही हदसम्म पूर्वप्रधानमन्त्री थेरेसा मे र युरोपियन युनियनबीच भएको ब्रेक्जिट बहिर्गमनसम्बन्धी सम्झौतालाई बेलायती संसद्‌ले पारित गर्न असफल हुनुको कारण रहेको विश्लेषकको राय छ। बेलायतमा लिखित संविधान नहुनु तथा संयुक्त राज्य अमेरिकासँगको असहज राजनीतिक ध्रुबीकरणका कारण यस सङ्कटको सम्भाव्य परिणाम अनुमान गर्न कठिन हुँदै गएको छ।

जसले यसको अनुमान गर्नसक्ने धारणा राख्नेको सङ्ख्या घट्दै गएको छ। यस खालका परिणाम कुनै मुलुकका लागि पनि अस्थिरताको कारण बन्ने हुनाले बेलायत आफैं स्थायी अनिश्चिततातर्फ लाग्दै गरेको आभाष हुन थालेको छ।

सन् २०१६ को जनमतसङ्ग्रहपछि मे र जोनसन दुवैको शासनकालमा ब्रेक्जिटपछिको बेलायतको हैसियत कस्तो हुने र यसका भू-राजनीतिक तरङ्ग कति परसम्म जानसक्छन् भन्ने बारेमा गम्भीर छलफल नभएकोले गर्दा बेलायती राजनेतासमेतले यस विषयलाईे प्रष्ट पार्न नसकेको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

के कुरा निश्चित छ भने युरोपेली संघबाट बेलायतको बहिर्गमनले धेरै गम्भीर परिणाम निम्त्याउनेछ। के बेलायती जनता खाद्यसामग्री, औषधि, पशुहितलगायत अन्य दर्जनौँ विषयमा युरोपेली मापदण्डलाई त्यागेर अमेरिकी प्रावधान अङ्गिकार गर्न तयार होलान्? यस्ता विषयमा गम्भीर छलफल नभएको कारणले यो विषय अझै पनि उत्तर निकाल्न सहज देखिएको छैन।

अमेरिकी राष्ट्रपतिले आफैंलाई ट्यारिफ म्यानको संज्ञा दिएका छन् र अमेरिकाका सहयोगी तथा राजनीतिक प्रतिस्पर्धी मानिने मुलुकबाट अमेरिका आयात हुने सामानहरूमा आयात कर वृद्धि गरेका छन्। के लामो समयसम्म स्वतन्त्र व्यापारको विषयमा वकालत गर्दै आएका बेलायती विश्वका अग्रस्थानमा आउने संरक्षणवादी मुलुकसँग एकै लयमा हिँड्न तयार रहनेछन्? ट्रम्पसँग मिलेर र विश्वास दिलाएर संयुक्त राज्य अमेरिकासँग छिट्टै व्यापार सम्झौता गर्न जोनसनको सरकार चाहेको हो? यो पनि भविष्यले बताउला। बेलायती जनताले युरोपेली संघमा आफ्नो राष्ट्रले पाएको भूमिकालाई अमेरिकामाथिको निर्भरताले विस्थापित गर्न नचाहेको पाइन्छ।

हालै भएका सर्भेक्षणले के देखाएको छ भने बेलायती जनताले यो चाहेका छैनन्। बेलायती कसलाई निकट सहयोगीका रूपमा राख्न चाहन्छन् भन्ने प्रश्नको जवाफमा ५० प्रतिशतले इयू रोजेको उल्लेख छ भने मात्र २१ प्रतिशतले अमेरिकालाई। त्यस्तै यूवाहरूमा यो नतिजा अझ बढी उल्लेख्य देखिएको छ किनकी ५८ प्रतिशत युवाले इयूलाई रोजेका छन् भने मात्रै १४ प्रतिशतले अमेरिकालाई।

चीनसँगको व्यापार तनावमा रहेका ट्रम्पले आफूले बेलायत र ‘बेलायतका ट्रम्प’ भनिने वर्तमान प्रधानमन्त्रीलाई मन पराएको दाबी गरेका छन् तर यो सहजै परिवर्तन हुनसक्नेछ। किनकि व्यवसायिक पृष्ठभूमिबाट आएका ट्रम्पको आफ्ना सहयोगी मुलुकबारेको धारणसमेत हावाका तरङ्गसँगै परिवर्तन हुने गरेका हामीले देखेका छौं। सम्झौताविहीन अवस्थामा ब्रेक्जिटपछि एकातिर बेलायतको अमेरिकामाथिको निर्भरता बढ्दै जाने र अर्कोतिर अस्तित्ववादी चुनौतीको सामना गरिरहेका स्कटल्यान्ड, उत्तरी आयरल्यान्ड, वेल्स र इङ्गल्यान्ड रहेको संघको व्यवस्थापनसमेत गर्नुपर्ने अवस्था आउने देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सम्झौताहीन अवस्था अपरिहार्य भने छैन। पूर्वप्रधानमन्त्री मेद्वारा इयूसँग अगाडि बढाइएको सहमतिमा बेलायत र इयूबीचकोे सम्बन्ध भविष्यमा पनि घनिष्ठ रहने प्रावधान राखिए पनि प्रधानमन्त्री जोनसन आँफैले समेत मत दिएको उक्त प्रावधान अझै अनुमोदनको पर्खाइमा छ।

उक्त सहमतिले बेलायत र इयूको सम्बन्ध सकारात्मक र घनिष्ठ रहनसक्ने अवस्था सिर्जना गरेता पनि चीन र अमेरिकातिर ध्रुबीकृत हुँदै गरेको महाशक्ति राष्ट्रको हैसियतमा आफ्नो र समग्र युरोपको सम्भाव्य भूमिकाबारे बेलायतलाई चासो रहनुपर्ने देखिन्छ।

यस्तोमा राष्ट्रिय हितका विषय उठानमा त्यति इमानदार नदेखिएका ठानिने जोनसनको राजनीतिक उद्देश्य प्राप्तिका लागि प्रजातान्त्रिक बहस गर्ने स्थल नै बन्द गर्ने कदमका दीर्घकालीन असर भने अवश्य रहनेछन्।

केवल इमानदार, जिम्मेवार र जवाफदेही नेतृत्वबाट मात्रै वर्तमान विश्व परिदृष्यमा बेलायतको हैसियतसम्बधी बहसको अपेक्षा गर्न सकिन्छ। हाल बेलायत र इयूबीचको समझदारीको परिणाम जेसुकै देखिएता पनि यो एउटा लामो प्रक्रियाको एक सुरुवात मात्र हो। बेलायतको आत्माको लागि लडिने लडाईँको भर्खर सुरूवात भएको छ। यो इमानदारी र निश्पक्षतापूर्वक लडिने कुरामा अझै धेरै कोणबाट शङ्का व्यक्त गरिएको छ। 

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्