दाङ - नेपाल प्रहरीले एआलग प्रविधिको पुरानो संचार सेटलाई बिस्थापन गर्दै लगेको छ। एसएमएस गर्न मिल्ने तथा जिपिस लगसहितको नयाँ संचार सेट प्रयोग गर्न थालिएको छ।
डिजिटल रेडियो कम्यूनिकेशन सिष्टम नाम दिएको नयाँ प्रविधिको शुक्रबार दाङमा उद्घाटन गरिएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त कम्यूनिकेशन सिष्टमको उद्घाटन गरेका हुन्। ५ नम्बर प्रदेश प्रहरी कार्यालयमा सो सिष्टमको कमाण्ड सेन्टर स्थापना गरिएको छ।
उपत्यका लगायत विभिन्न जिल्लामा नयाँ प्रविधिको सुरुवात भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।