काठमाडौं- गौहत्या प्रकरणमा छानबिन गर्न गृह मन्त्रालयले ४ सदस्यीय समिति गठन गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले छानबिन समिति गठन गरिएको जानकारी दिएको हो।
समितिले सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्नका लागि १५ दिनको समयसीमा प्राप्त गरेको छ। मन्त्रालयले जारी गरेको वित्तप्तिमा सहयोगको अपिल समेत गरिएको छ।
मन्त्रालयले घटनामा संलग्नलाई कारबाही गरिने प्रतिवद्धता समेत गरेको छ।
'गौहत्या जस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानुन बामोजिम हदैसम्मको कारबाही गरिने र कुनै पनि किसमिको उन्मुक्ति नदिइने कुरामा समेत गृह मन्त्रालय प्रतिबद्ध छ,' मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
.jpg)
घटनास्थलामा गाईगोरु छाडी फर्कँदै गरेका ५ ट्रकलाई चालकसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ मा भिरबाट खसाली मारिएको अवस्थामा २४ गाईगोरु फेला परेका थिए।
सम्बन्धित समाचार
दैलेख लैजान ल्याइएका गाईगोरु गन्तव्य नपुग्दै किन भिरबाट खसालियो?
ठूलो संख्यामा गाई मृत भेटिनु दु:खद, शंकास्पद र निन्दनीय : राप्रपा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।