वासिङ्टन- अमेरिकाले सिरियाको विद्रोही नियन्त्रित क्षेत्रस्थित चट्टानमा बनेको एउटा अस्पतालमा शक्तिशाली हवाई हमलामा सारिन ग्यास प्रयोग भएको भन्दै यसप्रति चासो व्यक्त गरेको छ।
अमेरिकी रक्षामन्त्री जेम्स माटिसले हमलामा हानिकारक ग्यास (सारिन)को प्रयोग भएको भन्ने खबर दुखद भएको बताए।
सिरियाको विद्रोही नियन्त्रित क्षेत्रस्थित चट्टानको २० मिटर तल बनेको एउटा अस्पतालमा शक्तिशाली हवाई हमलाले क्षति पुर्याएको अस्पताल स्रोतले बताएको थियो।
हामा प्रान्तस्थित उक्त अस्पताल देशको सबैभन्दा संरक्षित अस्पताल मानिन्थ्यो जहाँको सेवा बिहीवार यता अवरुद्ध भएको उनीहरूले बताएका छन्। उक्त हमलामा कुनै मानवीय क्षति भने भएको छैन तर सहायताकर्मीकाअनुसार सिरियाको अस्पतालमा भएको हमला मध्येको यो सबैभन्दा नराम्रो हो।
यसैबीच संयुक्त राष्ट्रसंघले सिरियाको घेराबन्दीमा रहेको क्षेत्रमा सहायता पुग्न नसकेको जनाएको छ।
५० हजार बिरामीलाई हेर्ने र एक महिनामै करिब १ सय ५० वटा ठूला अपरेसनहरू हुने उक्त अस्पतालमा ठूलो क्षति पुगेको अस्पताल श्रोतले जनाएको छ। यस वर्षको जनवरीमा मात्रै सिरियाका अस्पतालहरूमा पटक पटक हमला भएको बताइएको छ । रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।