• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रहर त्यसै मुर्झाए, कहरको जिन्दगी त बाँकी छ नि!

64x64
नेपाल लाइभ शनिबार, भदौ १४, २०७६  १३:२५
1140x725

काठमाडौं- हजुरबुवा मारुनी नाच्थे। गाउँको सांस्कृतिक परिवेशमा हुर्किएका सञ्जय काउछालाई पनि सानैदेखि गीतसंगीतमा चाख बस्यो। विद्यालयमा हुने नाटक तथा सांस्कृतिक प्रतिस्पर्धाबाट उनले प्रतिभा बढाउन अवसर पाए। हजुरबाको प्रभावले नारीको भूमिकामा प्रस्तुति दिने उनले वाहवाही बटुलिइरहे। 

साबिक लुम्बिनी अञ्चलका पहाडी जिल्लामा लोकदोहोरी गीतको हालीमुहाली अझै पनि छ। सांस्कृतिक परम्परामा लोकदोहारी नै घन्किन्छन्। मगर समुदायको बाहुल्य रहेका स्थानमा रोधी बस्ने प्रचलन बढी थियो/छ। गुल्मीस्थित साबिकको हाँडहाडे (हाल धुर्कोट) को मगर समुदायमा जन्मेका काउछालाई त्यही प्रभाव पर्‍यो।

चालीसको मध्य दशकतिर खुबै प्रचलित ‘चौतारीमा मै बसे होला कि’, ‘माछी मार न’ जस्ता गीतमा उनले दर्जनौं नाच देखाए। नाच्ने क्रममै नाटकहरुमा सानो भूमिकामा पनि उनी देखिन थाले। नृत्य, नाटक र साहित्यमा उनको जग विद्यालय स्तरबाटै विकसित भयो।

पहाडी जिल्लाबाट तराई झर्ने लहर चलेका बेला उनको परिवार २०४५ सालमा रुपन्देही झर्‍यो। पहाडमा खुम्चिएको उनको प्रतिभाले सडक नाटकबाट बुटवलमा फस्टाउने अवसर प्राप्त गर्‍यो। सडक नाटकबाट उनलाई अझै विस्तारित हुन रहर जाग्यो । अनि सानो पर्दाका टेलिफिल्ममा काम गर्न लागे। ग्लामरको क्षेत्रमा झुकाव तथा लगावले गर्दा उनलाई सानो पर्दामा देखिन कसैको आड लिनुपरेन। 

स्थानीय केबलबाट प्रसारण गर्ने गरी ‘त्याग’ टेलिसिरियल उनकै अगुवाइमा निर्माण भयो। अफसोस, प्रसारण हुन सकेन। व्यवासायिक जीवनमा प्रवेश नगरेका उनले ‘त्याग’लाई दिएको समय सोखकै रुपमा सीमित हुन पुग्यो। 

मगर समुदायमा आधारित सामाजिक कथावस्तुको फिल्म बनाएपछि उनको दायरा फराकिलो बन्दै गयो। म्युजिक भिडियोतिर उनका पाइला लम्किए। लेखन र निर्देशनसँगै रजतपटमा रमाउनका लागि उनी काठमाडौं हान्निए।

फिल्म क्षेत्रको सैद्धान्तिक र व्यावहारिक ज्ञान बढाउन २०६२ सालमा काठमाडौं आएका उनलाई राजधानीले पनि न्याय दिन सकेन। फिल्म लेखन, निर्देशन र प्रावधिक पक्षको ज्ञान बटुल्ने अथाह इच्छा लिएर आएका उनले ओस्कार कलेजमा भर्ना पाएनन्। ओस्कार कलेज बढ्न उनको आर्थिक हैसियत पुगेन। फिल्मका विविध पक्षबारे ज्ञान लिने चाह धुलिसात भयो। तनाव चुलिँदै गयो। 

'चलचित्र क्षेत्रको औपचारिक शिक्षाबाट वञ्चित भए पनि यसै क्षेत्रबाट भने टाढिन सकिनँ,' उनी भन्छन्, 'सहायक लेखक र निर्देशकको भूमिकामा काम गर्न थालेँ। बिस्तारै ‘घोस्ट राइटरको’ परिचय बन्दै गयो।' 

Ncell 2
Ncell 2
nimb
nimb

सहायकको भूमिकाका देखिँदै आएका काउछा मुख्य निर्देशककै रुपमा ‘डु यु लभ मी?’ फिल्ममा देखा परे। दुर्भाग्य, उनले निर्देशन गरेको चलचित्र पनि 'त्याग' जस्तै भयो, प्रदर्शनमा आउन सकेन। 

२०६९ सालमा निर्माण सुरु गरिएको उक्त चलचित्रको ‘फाइनल टच’ नहुँदै लगानीकर्ताले हात झिके। निर्माणको क्रम ठप्प रह्यो। चलचित्र पर्दामा आउन नसकेपछि उनको क्षमता परीक्षण हुनै पाएन। चलचित्रका लागि उनले दिएको श्रमले उचित मूल्यांकन पनि पाउन सकेन। निर्देशनबापत पाएको पारिश्रमिकको स्मरण गर्दै काउछा भन्छन्, ‘पटकपटक गरी एक लाख रुपैयाँ पाएँ होला।’ 

परिवारको भविष्य सुनौलो बनाउन काठमाडौं छिरेका उनलाई चलचित्र कर्मले झन पीडा दियो। आर्थिक उपार्जनका लागि कुनै बाटो थिएन। शिक्षादीक्षा दिनुपर्ने तीन छोराछोरी छन्। नाजुक आर्थिक अवस्थाको तत्कालिन समय सम्झन्छन् उनी, ‘आफै चल्न धौधौ। बच्चाबच्चीलाई पढाउन पनि समस्या पर्‍यो।’ 

जीवनको ‘टर्निङ प्वाइन्ट’ फिल्म क्षेत्रलाई बनाउन चाहेका उनलाई त्यही पेसाले निराशा बनाइदियो। 

पेसाबाट हरेस खाए पनि जीनबाट उनले हार खाइसकेका थिएनन्। अघि त बढ्नु नै थियो। जीवनको मोड बदल्ने निश्चय गरे। 

आर्थिक उपार्जनको आकर्षक गन्तव्य कोरिया जाने सोच बनाए। भाषा सिके। सन् २०११ मा भाषा परीक्षामा उत्तीर्ण त भए तर जान भने पाएनन्। पछि पनि परीक्षा दिन भने छोडेनन्। २०१३ र २०१४ मा परीक्षा दिए। २०१५ मा मात्रै दक्षिण कोरियाका लागि उड्ने मौका जुर्‍यो। 

नयाँ देश, फलामसँग भिड्नुपर्ने काम, भाषाको समस्या। आर्थिक संकट टार्न कोरिया गएका उनलाई शारीरिक श्रमले बोझ थप्यो। नेपालको कृषि कर्मको अनुभवले फलाम कम्पनीको कार्यसँग तादात्मयता कहीँकतै मिलेन। घन्टौं फलाम काटिइरहनुपर्ने काउछाको जिम्मेवारी थियो। 

‘३ वर्षको अवधिमा १३ जनाले काम गर्न नसकेर मेरो विभागबाट परिवर्तन भए,’ कामको कठिनाइबारे उनले सुनाए। बिदा नपाउने कम्पनीमा उनले ३ वर्ष बिताए। बाँकी रहेको अवधि कम्पनी परिवर्तन गर्ने सोचसहित उक्त कम्पनी छोडेर नेपाल फर्के। 

२०७५ को पुसमा नेपाल आए। अर्को महिना पारिवारिक बज्रपात सहनुपर्‍यो। मनकामना दर्शनपछि बुटवल फर्कंदै गर्दा उनको परिवारका सदस्यहरु चढेको गाडी गम्भीर दुर्घटनामा पर्‍यो। 

'मुग्लिन-नारायणगढ सडकखण्डमा दुर्घटना भएको थियो। धन्न गाडी त्रिशूलीमा खसेन,' उनी भन्छन्, 'जीवन र मृत्युको दुरी एक हात रहेछ। सोही घटनाका कारण कान्छो छोरालाई दुई महिनाभन्दा बढी भेन्टिलेटरमा राखि उपचार गराउनुपर्ने भयो। श्रीमतीको करङ भाँच्चियो। सासू सोही घटनामा घाइते हुनुभयो।' काउछालाई पनि शरीरका विभिन्न स्थानमा चोट लाग्यो। दुर्घटनाबाट छोरीलाई ठूलो असर परेन। 

सामाजिक सञ्जाल असामाजिक भएको आफ्नै दुर्घटनामा उनले प्रत्यक्ष भोगे। घटनाको केही समयपछि उनको केही होस खुल्यो। होस खुलेको समयमा आवातजावत गर्दै गरेका व्यक्तिको हर्कतबारे उनले सुनाए, ‘हामी सबै दुर्घटनामा परेका छौं। उद्धारको खाँचो छ। आवातजावत गर्नेहरु फोटो खिच्न, भिडियो बनाउनतिर लागे।’ 

भाग्यवश ओहोरदोहोर गर्ने मध्येमा एक आफन्त पनि परेछन्। उनले घाइते सबैलाई नारायणगढको पुरानो मेडिकल कलेज अस्पतालमा पुर्‍याए। उपचारका लागि काउछा परिवारले एक महिना भरतपुरमा बिताए। कोमामा रहेका कान्छो छोरालाई मेडिसिटी अस्पताल ल्याए। 

काउछा परिवारको दुर्घटनाको चोट बिस्तारै निको हुँदैछ। शरीरको घाउ कम हुँदै गर्दा उनको मनको घाउ बल्झिन पुगेको छ। दुर्घटनाले बिदाको समय पनि गुज्रियो। कोरिया जाने बाटो बन्द भयो।

३ वर्ष कोरिया बस्दाको आधा समयको कमाइ ऋण तिर्दैमा खर्च भएको उनी सुनाउँछन्। रुपन्देहीको कञ्चन गाउँपालिकास्थित रुद्रपुरमा रहेको पुरानो घरको स्तरोन्नति गर्दा बाँकी रकम सकिएको छ। 'पारिवारिक दुर्घटनाका कारण ७ लाखभन्दा बढी खर्च भयो,' उनी सुस्केरा काढ्छन्।

साहित्यतर्फ रुचि भएका उनलाई आर्थिक अभावबीच पुस्तक प्रकाशन गर्ने मोह यसैबेला जाग्यो। उनका अनगन्ती रहरहरु मुर्झाइसकेका थिए। तर नयाँनयाँ काम गर्ने इच्छा मरिसकेको थिएन। नयाँ पुराना कथाहरुलाई एकत्रित गरी ‘जिन्दगी’ कथा संग्रह गत महिना बजारमा ल्याएका छन्।

‘जिन्दगी’मा आठ कथा संगृहीत छन्। प्रकाशकसँग भोगेको व्यथा पनि चरम छ। 

उनी भन्छन्, ‘नयाँ व्यक्तिले साहित्य सिर्जना गरे पनि बजारमा ल्याउन गाह्रो रहेछ।’ 

पुस्तक प्रवर्द्धनका लागि काठमाडौं आएका उनले साहित्यकारहरुलाई पुस्तक उपहारमा बाँडे । पढेपछि प्रतिक्रियाको माग गरे । 

पुस्तकको समीक्षा कसरी गरे त साहित्यकारले? 

उनले तितो यथार्थ सुनाए, ‘पढ्न भ्याएकै छैन भन्छन्।’

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्