• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रहर त्यसै मुर्झाए, कहरको जिन्दगी त बाँकी छ नि!

64x64
नेपाल लाइभ शनिबार, भदौ १४, २०७६  १३:२५
1140x725

काठमाडौं- हजुरबुवा मारुनी नाच्थे। गाउँको सांस्कृतिक परिवेशमा हुर्किएका सञ्जय काउछालाई पनि सानैदेखि गीतसंगीतमा चाख बस्यो। विद्यालयमा हुने नाटक तथा सांस्कृतिक प्रतिस्पर्धाबाट उनले प्रतिभा बढाउन अवसर पाए। हजुरबाको प्रभावले नारीको भूमिकामा प्रस्तुति दिने उनले वाहवाही बटुलिइरहे। 

साबिक लुम्बिनी अञ्चलका पहाडी जिल्लामा लोकदोहोरी गीतको हालीमुहाली अझै पनि छ। सांस्कृतिक परम्परामा लोकदोहारी नै घन्किन्छन्। मगर समुदायको बाहुल्य रहेका स्थानमा रोधी बस्ने प्रचलन बढी थियो/छ। गुल्मीस्थित साबिकको हाँडहाडे (हाल धुर्कोट) को मगर समुदायमा जन्मेका काउछालाई त्यही प्रभाव पर्‍यो।

चालीसको मध्य दशकतिर खुबै प्रचलित ‘चौतारीमा मै बसे होला कि’, ‘माछी मार न’ जस्ता गीतमा उनले दर्जनौं नाच देखाए। नाच्ने क्रममै नाटकहरुमा सानो भूमिकामा पनि उनी देखिन थाले। नृत्य, नाटक र साहित्यमा उनको जग विद्यालय स्तरबाटै विकसित भयो।

पहाडी जिल्लाबाट तराई झर्ने लहर चलेका बेला उनको परिवार २०४५ सालमा रुपन्देही झर्‍यो। पहाडमा खुम्चिएको उनको प्रतिभाले सडक नाटकबाट बुटवलमा फस्टाउने अवसर प्राप्त गर्‍यो। सडक नाटकबाट उनलाई अझै विस्तारित हुन रहर जाग्यो । अनि सानो पर्दाका टेलिफिल्ममा काम गर्न लागे। ग्लामरको क्षेत्रमा झुकाव तथा लगावले गर्दा उनलाई सानो पर्दामा देखिन कसैको आड लिनुपरेन। 

स्थानीय केबलबाट प्रसारण गर्ने गरी ‘त्याग’ टेलिसिरियल उनकै अगुवाइमा निर्माण भयो। अफसोस, प्रसारण हुन सकेन। व्यवासायिक जीवनमा प्रवेश नगरेका उनले ‘त्याग’लाई दिएको समय सोखकै रुपमा सीमित हुन पुग्यो। 

मगर समुदायमा आधारित सामाजिक कथावस्तुको फिल्म बनाएपछि उनको दायरा फराकिलो बन्दै गयो। म्युजिक भिडियोतिर उनका पाइला लम्किए। लेखन र निर्देशनसँगै रजतपटमा रमाउनका लागि उनी काठमाडौं हान्निए।

फिल्म क्षेत्रको सैद्धान्तिक र व्यावहारिक ज्ञान बढाउन २०६२ सालमा काठमाडौं आएका उनलाई राजधानीले पनि न्याय दिन सकेन। फिल्म लेखन, निर्देशन र प्रावधिक पक्षको ज्ञान बटुल्ने अथाह इच्छा लिएर आएका उनले ओस्कार कलेजमा भर्ना पाएनन्। ओस्कार कलेज बढ्न उनको आर्थिक हैसियत पुगेन। फिल्मका विविध पक्षबारे ज्ञान लिने चाह धुलिसात भयो। तनाव चुलिँदै गयो। 

'चलचित्र क्षेत्रको औपचारिक शिक्षाबाट वञ्चित भए पनि यसै क्षेत्रबाट भने टाढिन सकिनँ,' उनी भन्छन्, 'सहायक लेखक र निर्देशकको भूमिकामा काम गर्न थालेँ। बिस्तारै ‘घोस्ट राइटरको’ परिचय बन्दै गयो।' 

Ncell 2
Ncell 2
nimb
nimb

सहायकको भूमिकाका देखिँदै आएका काउछा मुख्य निर्देशककै रुपमा ‘डु यु लभ मी?’ फिल्ममा देखा परे। दुर्भाग्य, उनले निर्देशन गरेको चलचित्र पनि 'त्याग' जस्तै भयो, प्रदर्शनमा आउन सकेन। 

२०६९ सालमा निर्माण सुरु गरिएको उक्त चलचित्रको ‘फाइनल टच’ नहुँदै लगानीकर्ताले हात झिके। निर्माणको क्रम ठप्प रह्यो। चलचित्र पर्दामा आउन नसकेपछि उनको क्षमता परीक्षण हुनै पाएन। चलचित्रका लागि उनले दिएको श्रमले उचित मूल्यांकन पनि पाउन सकेन। निर्देशनबापत पाएको पारिश्रमिकको स्मरण गर्दै काउछा भन्छन्, ‘पटकपटक गरी एक लाख रुपैयाँ पाएँ होला।’ 

परिवारको भविष्य सुनौलो बनाउन काठमाडौं छिरेका उनलाई चलचित्र कर्मले झन पीडा दियो। आर्थिक उपार्जनका लागि कुनै बाटो थिएन। शिक्षादीक्षा दिनुपर्ने तीन छोराछोरी छन्। नाजुक आर्थिक अवस्थाको तत्कालिन समय सम्झन्छन् उनी, ‘आफै चल्न धौधौ। बच्चाबच्चीलाई पढाउन पनि समस्या पर्‍यो।’ 

जीवनको ‘टर्निङ प्वाइन्ट’ फिल्म क्षेत्रलाई बनाउन चाहेका उनलाई त्यही पेसाले निराशा बनाइदियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पेसाबाट हरेस खाए पनि जीनबाट उनले हार खाइसकेका थिएनन्। अघि त बढ्नु नै थियो। जीवनको मोड बदल्ने निश्चय गरे। 

आर्थिक उपार्जनको आकर्षक गन्तव्य कोरिया जाने सोच बनाए। भाषा सिके। सन् २०११ मा भाषा परीक्षामा उत्तीर्ण त भए तर जान भने पाएनन्। पछि पनि परीक्षा दिन भने छोडेनन्। २०१३ र २०१४ मा परीक्षा दिए। २०१५ मा मात्रै दक्षिण कोरियाका लागि उड्ने मौका जुर्‍यो। 

नयाँ देश, फलामसँग भिड्नुपर्ने काम, भाषाको समस्या। आर्थिक संकट टार्न कोरिया गएका उनलाई शारीरिक श्रमले बोझ थप्यो। नेपालको कृषि कर्मको अनुभवले फलाम कम्पनीको कार्यसँग तादात्मयता कहीँकतै मिलेन। घन्टौं फलाम काटिइरहनुपर्ने काउछाको जिम्मेवारी थियो। 

‘३ वर्षको अवधिमा १३ जनाले काम गर्न नसकेर मेरो विभागबाट परिवर्तन भए,’ कामको कठिनाइबारे उनले सुनाए। बिदा नपाउने कम्पनीमा उनले ३ वर्ष बिताए। बाँकी रहेको अवधि कम्पनी परिवर्तन गर्ने सोचसहित उक्त कम्पनी छोडेर नेपाल फर्के। 

२०७५ को पुसमा नेपाल आए। अर्को महिना पारिवारिक बज्रपात सहनुपर्‍यो। मनकामना दर्शनपछि बुटवल फर्कंदै गर्दा उनको परिवारका सदस्यहरु चढेको गाडी गम्भीर दुर्घटनामा पर्‍यो। 

'मुग्लिन-नारायणगढ सडकखण्डमा दुर्घटना भएको थियो। धन्न गाडी त्रिशूलीमा खसेन,' उनी भन्छन्, 'जीवन र मृत्युको दुरी एक हात रहेछ। सोही घटनाका कारण कान्छो छोरालाई दुई महिनाभन्दा बढी भेन्टिलेटरमा राखि उपचार गराउनुपर्ने भयो। श्रीमतीको करङ भाँच्चियो। सासू सोही घटनामा घाइते हुनुभयो।' काउछालाई पनि शरीरका विभिन्न स्थानमा चोट लाग्यो। दुर्घटनाबाट छोरीलाई ठूलो असर परेन। 

सामाजिक सञ्जाल असामाजिक भएको आफ्नै दुर्घटनामा उनले प्रत्यक्ष भोगे। घटनाको केही समयपछि उनको केही होस खुल्यो। होस खुलेको समयमा आवातजावत गर्दै गरेका व्यक्तिको हर्कतबारे उनले सुनाए, ‘हामी सबै दुर्घटनामा परेका छौं। उद्धारको खाँचो छ। आवातजावत गर्नेहरु फोटो खिच्न, भिडियो बनाउनतिर लागे।’ 

भाग्यवश ओहोरदोहोर गर्ने मध्येमा एक आफन्त पनि परेछन्। उनले घाइते सबैलाई नारायणगढको पुरानो मेडिकल कलेज अस्पतालमा पुर्‍याए। उपचारका लागि काउछा परिवारले एक महिना भरतपुरमा बिताए। कोमामा रहेका कान्छो छोरालाई मेडिसिटी अस्पताल ल्याए। 

काउछा परिवारको दुर्घटनाको चोट बिस्तारै निको हुँदैछ। शरीरको घाउ कम हुँदै गर्दा उनको मनको घाउ बल्झिन पुगेको छ। दुर्घटनाले बिदाको समय पनि गुज्रियो। कोरिया जाने बाटो बन्द भयो।

३ वर्ष कोरिया बस्दाको आधा समयको कमाइ ऋण तिर्दैमा खर्च भएको उनी सुनाउँछन्। रुपन्देहीको कञ्चन गाउँपालिकास्थित रुद्रपुरमा रहेको पुरानो घरको स्तरोन्नति गर्दा बाँकी रकम सकिएको छ। 'पारिवारिक दुर्घटनाका कारण ७ लाखभन्दा बढी खर्च भयो,' उनी सुस्केरा काढ्छन्।

साहित्यतर्फ रुचि भएका उनलाई आर्थिक अभावबीच पुस्तक प्रकाशन गर्ने मोह यसैबेला जाग्यो। उनका अनगन्ती रहरहरु मुर्झाइसकेका थिए। तर नयाँनयाँ काम गर्ने इच्छा मरिसकेको थिएन। नयाँ पुराना कथाहरुलाई एकत्रित गरी ‘जिन्दगी’ कथा संग्रह गत महिना बजारमा ल्याएका छन्।

‘जिन्दगी’मा आठ कथा संगृहीत छन्। प्रकाशकसँग भोगेको व्यथा पनि चरम छ। 

उनी भन्छन्, ‘नयाँ व्यक्तिले साहित्य सिर्जना गरे पनि बजारमा ल्याउन गाह्रो रहेछ।’ 

पुस्तक प्रवर्द्धनका लागि काठमाडौं आएका उनले साहित्यकारहरुलाई पुस्तक उपहारमा बाँडे । पढेपछि प्रतिक्रियाको माग गरे । 

पुस्तकको समीक्षा कसरी गरे त साहित्यकारले? 

उनले तितो यथार्थ सुनाए, ‘पढ्न भ्याएकै छैन भन्छन्।’

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली टस जितेर बलिङमा
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर : सरकारद्वारा उच्च सतर्कता अपनाउन निर्देशन
सम्बन्धित सामग्री
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन । आइतबार, कात्तिक ८, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
कर्णाली टस जितेर बलिङमा बिहीबार, कात्तिक १२, २०८३
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक बिहीबार, कात्तिक १२, २०८३
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर : सरकारद्वारा उच्च सतर्कता अपनाउन निर्देशन बिहीबार, कात्तिक १२, २०८३
राहुलको चार विकेट र मोइनको अर्धशतकमा जनकपुरको शानदार जित बिहीबार, कात्तिक १२, २०८३
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले सभापतिसँग खाए शपथ बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्