• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पिङपङ डिप्लोमेसी र राजा सिहानुक

64x64
नेपाल लाइभ शनिबार, माघ २०, २०७४  ०५:२९
1140x725

२०२३ मंसिरको पहिलो साता नृपेन्द्रसिंह केसी निकै अलमलमा थिए। नेपालले त्यो वर्ष कम्बोडियाको राजधानी नोउ पेनमा ‘गेम्स अफ दि न्यु इमर्जिङ फोर्सेस’ (ग्यानेफो) मा भाग लिनुपर्ने थियो। तर, राजनीतिक चलखेल र विभिन्न कारणले प्रतियोगिता सुरु हुन केही दिन बाँकी हुँदा नेपाली टोलीले त्यहाँ जाने स्वीकृति पाएन। 

त्यो वर्ष कम्बोडियामा पहिलो एसियन ग्यानेफो र बैंककमा एसियन गेम हुँदै थियो। ग्यानेफोको स्थापना २०१९ सालमा चीनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) लाई कडा टक्कर दिने उद्देश्यले गरेको थियो। चीन लगायत विश्वका अन्य कम्युनिस्ट राष्ट्रको आरोप थियो– आइओसी अमेरिकी र उनीहरूको गठबन्धन देशको पिठ्यूँ हो, त्यसैले ओलम्पिक प्रतियोगिता बहिष्कार गर्नुपर्छ। 

२००८ सालमा चीन पहिलो पल्ट ओलम्पिकमा भाग लिँदै थियो। फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजना भएको ओलम्पिकमा चीनबाट ४० खेलाडी सहभागी थिए। तर, आइओसीले यो ओलम्पिकमा चीनले आफ्नो अभिन्न अंग मान्दै आएको ताइवानलाई पनि सहभागी गरायो। यसबाट आगो भएको चीनले त्यसपछि ओलम्पिक नै बहिष्कार गर्ने निर्णय गर्‍यो। ओलम्पिकलाई टक्कर दिन २०२० सालमा इन्डोनेसियाको राजधानी जकार्तामा पहिलो ग्यानेफो प्रतियोगितामा एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपका गरी ५१ देशका २७ सय खेलाडीले भाग लिएका थिए। 

त्यतिबेला नेपाल सहभागी भएन। तर, २०२३ सालमा दोस्रो ग्यानेफो (जसलाई पहिलो एसियन ग्यानेफोको नाम दिइएको थियो) आयोजना हुँदा नेपाल लगायत २७ एसियन राष्ट्र समावेश थिए। 

त्यो प्रतियोगिता पनि एसियन गेमलाई ‘काउन्टर’ दिन आयोजना हुँदै थियो। दुवै प्रतियोगिताका लागि नेपालले छुट्टाछुट्टै खेलाडी छनोट गरेको थियो। एसियन गेमका लागि खासै समस्या भएन। तर, ग्यानेफोका लागि खेलाडी पठाउने बेला विवाद चुलियो। त्यसपछि नेपालस्थित चिनियाँ राजदूत सीधै दरबार गए। साँझ ७ बजे खबर आयो– ‘ल खेल्न जानू। तर, जागिरवाला बाहेक।’

त्यतिबेला नृपेन्द्र अखिल नेपाल टेबल टेनिस संघका महासचिव र प्रशिक्षक थिए। त्यसैले तत्कालीन सरकारबाट ग्यानेफोमा भाग लिने स्वीकृति पाएपछि उनी राति नै वसन्तपुरस्थित पुरानो दरबारमा अवस्थित कौसिखानामा पैसा साट्न पुगे। त्यतिबेला विदेशी मुद्रा सटही त्यहाँ मात्र हुन्थ्यो। १ अमेरिकी डलर बराबर ७ रुपैयाँ ३३ पैसा।

 

नेपाली खेलाडीलाई भोलिपल्टै कम्बोडिया उड्नुपर्ने थियो। खेलाडी तथा पदाधिकारी सबैका लागि चिनियाँ सरकारले टिकट उपलब्ध गराएको थियो। नृपेन्द्र आफ्नो टेबलटेनिस टोलीका साथै एथ्लेटिक्स र ब्याडमिन्टन गरी २६ सदस्यीय नेपाली टोलीमा रहँदै त्रिभुवन विमानस्थलबाट कम्बोडियाका लागि उडे।

Ncell 2
Ncell 2
nimb
nimb

तर, काठमाडौंबाट भारतको कोलकाता हुँदै हङकङको बाटोबाट कम्बोडिया पुग्नुपर्ने विमान ठूलो हावाहुरीका कारण बंगलादेशको चटगाउँमा आकस्मिक अवतरण गर्न बाध्य भयो। काठमाडौंमा त्यत्रो लफडापछि बल्ल कम्बोडिया हिँडेको टोली यसरी बीचैमा अलपत्र पर्‍यो। तर, एयरलाइन्सले नै नेपाली खेलाडीलाई चटगाउँस्थित स्वपन होटलमा राख्ने व्यवस्था मिलायो। नेपाली खेलाडी आरामका लागि होटल पुग्दा होटलका कर्मचारी मात्र होइन, स्थानीय बंगाली पनि दंग परे। कारण, त्यतिबेलासम्म त्यो होटलमा कुनै महिला बस्न आएका रहेनछन्। 

‘होटलका लामो दाह्री भएका कर्मचारीहरू अचम्म मानेर हाम्रा महिला खेलाडी हेर्न आउँथे’, ४८ वर्ष पुरानो घटना सम्झन्छन् नृपेन्द्र। 

नृपेन्द्रलाई पुराना खेलाडीहरू कन्हैयाको नामले अझै चिन्छन्। नेपाली टोलीलाई त्यतिबेला कम्बोडिया पुग्न दुई दिन लागेको थियो। तर, थकानका बीच नोउ पेनको अन्तर्राष्ट्रिय विमानस्थल उत्रँदा सबै खेलाडी दंग थिए। कम्बोडिया सरकारले खेलाडीको भव्य स्वागत गर्‍यो। 

सबै राष्ट्रका खेल प्रमुखलाई विमानस्थलदेखि गाडी चढ्ने ठाउँसम्मै रातो कार्पेट ओछयाइएको थियो। त्यतिबेला नेपाली टोलीका प्रमुख थिए, राष्ट्रिय  खेलकुद परिषद्का तत्कालीन सदस्य राजबहादुर सिंह, जो ‘आरबी राजा’को नामले नेपाली खेलकुदमा चिनिन्छन्। २०४६ सालपछि उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पनि भए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतियोगिताका लागि कम्बोडियाले नोउ पेन शहरको मध्यभागमा एउटा भव्य ‘खेलग्राम’ नै तयार गरेको थियो। त्यतिबेला राजा नरोद्दम सिहानुक कम्बोडियाली जनताका प्रिय थिए। नृपेन्द्रको सिहानुकसँग पहिलो देखादेख यही प्रतियोगितामा भएको थियो, जब सिहानुक उद्घाटनका लागि आएका थिए। होचा कदका उनी हँसिला थिए। सिहानुकले प्रतियोगिता चलिरहँदा सबै राष्ट्रका पदाधिकारीका लागि आफ्नो दरबारमा पार्टी आयोजना गरेका थिए। त्यतिबेला आरबीसँगै नृपेन्द्रले पनि राजा सिहानुकको रिसेप्सनमा भाग लिए। 

‘निम्तालुलाई स्वागत गर्न सिहानुक आफैं गेटमा उभिनुभएको थियो। सामान्य शिष्टाचारपछि हामी पार्टीमा सहभागी भइहाल्यौं। फुच्चे बोतलमा बियर ओसारेको ओसार्यैन। ३ वटा खायो कि ढल्ने। अल्कोहलको मात्रा नै ७५ प्रतिशत’, कन्हैयाले हाँस्दै सुनाए। 

सिहानुकसँग नृपेन्द्रको दोस्रो भेट भने चीनमा भयो, जतिबेला अमेरिकी विदेश सचिव हेनरी किसिंगर ‘पिङपङ डिप्लोमेसी’ मार्फत अमेरिका–चीन सम्बन्ध सुधारमा सक्रिय थिए। 

२०२७ सालमा चीनले पहिलो अफ्रो–एसियन टेबलटेनिस प्रतियोगिता आयोजना गर्दै थियो। त्यतिबेला नेपाल पनि प्रतियोगिताको आयोजक राष्ट्र थियो। यो प्रतियोगिताका लागि नेपाली टेबलटेनिस टोली चीन पुग्दा नृपेन्द्र टोलीका सहायक नेता थिए। अफ्रो–एसियन गेममा नेपालसहित ५१ राष्ट्र सहभागी थिए। राजा सिहानुक भियतनाम युद्धका बेला अमेरिकी कोपभाजनको सिकार बन्न पुगेपछि चीनमा निर्वासित जीवन बिताइरहेका थिए। 

निर्वासनमा भए पनि चीन सरकारले सिहानुकलाई ठूलो सम्मान दिएको थियो। पेकिङमै उनको भव्य दरबार थियो। उनको दरबारमा कम्बोडियाको झन्डा गाडिएको थियो। प्रतियोगिताको उद्घाटनसत्रमा समावेश हुन पेकिङस्थित कभर्ड हलमा आउँदा सिहानुकलाई चीन सरकारले सम्मानित अतिथिको दर्जा दिएको थियो। 

उनी अघि–अघि, चिनियाँ प्रधानमन्त्री चाउ इन लाई उनको पछि–पछि। उद्घाटनसत्रमा नेपालका टोली नेता नरशम्शेर राणा अपर्झट देश फर्किए। त्यसपछि नेपालको प्रतिनिधित्व गर्दै नृपेन्द्रले उद्घाटनसत्रमा राजा सिहानुक, चिनियाँ प्रधानमन्त्री चाउ इन लाई लगायत अन्य देशका प्रतिनिधिसँगै एउटै डेस्कमा बस्ने सौभाग्य पाए। 

‘हामी पनि आयोजक राष्ट्र थियौं। त्यसैले उद्घाटनमा सबैलाई पंक्तिबद्ध राख्दा म नेपालको प्रतिनिधिका रूपमा राजा सिहानुक र प्रधानमन्त्री चाउ इन लाईसँगै अघिल्लो पंक्तिमा थिएँ’, उनी सम्झन्छन्। 

यतिबेला पनि सिहानुकसँग नजिकै भेट्ने अर्को मौका जुर्‍यो, नृपेन्द्रलाई। प्रतियोगिताकै बेला कम्बोडियाको राष्ट्रिय दिवस परेछ। यस अवसरमा सिहानुकले प्रतियोगिता खेल्न आएका सीमित राष्ट्रका प्रतिनिधिलाई पेकिङको आफ्नो भव्य महलमा पार्टी दिए। त्यतिबेला नेपालबाट नृपेन्द्र र चीनका लागि तत्कालीन नेपाली राजदूत रणवीर सुब्बालाई निम्तो गरिएको थियो। 

चाउ इन लाई पनि त्यो पार्टीमा सहभागी थिए। सिहानुकले त्यतिबेला पनि भव्य पार्टी आयोजना गरेका थिए। उनलाई संगीतमा गहिरो रुचि थियो। आफैं अर्केस्ट्रा कम्पोज गर्थे। 
‘हिँड्ने बेला सबैलाई आफूले कम्पोज गरेको संगीतको चक्का दिएका थिए’, नृपेन्द्र भन्छन्। 

२०२९ सालमा चीनले एसिया, अफ्रिका, ल्याटिन अमेरिकाबीच मैत्रीपूर्ण टेबलटेनिस प्रतियोगिता आयोजना गर्दा सिहानुक पेकिङमै निर्वासित जीवन बिताइरहेका थिए। यतिबेला नृपेन्द्र टोली नेताका रूपमा एक्लै चीन पुगेका थिए। 

‘अन्तिम पल्ट सिहानुकसँग हात मिलाउने अवसर यहाँ पाएको थिएँ, तर दोहोरो कुरा भएन’, उनले भने। पछि चीनकै हस्तक्षेपका कारण सिहानुक ससम्मान आफ्नो देश फर्किए। 

सिंहानुकको निधन ८९ वर्षको उमेरमा सन् २०१२ को अक्टुबर १५ मा चीनको बेइजिङमा भएको थियो। नृपेन्द्रले खेलको माध्यमबाट सिहानुकलाई भेट्न पाएको त्यो घटना अहिले पनि बिर्सन सकेका छैनन्।

प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ
सम्बन्धित सामग्री
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरी बताउँछ । बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे चौधरीको साथबाट एक थान एयर पेस्तोलसमेत बरामद गरी नियन्त्रणमा लिइएको दाबी गर्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएकाे छ । बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित बिहीबार, कात्तिक ५, २०८३
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ बिहीबार, कात्तिक ५, २०८३
फ्रान्सको जेन–जी आन्दोलनमा ‘बिस्मिल्लाह, से ले तेनैब्रे’ नारा भाइरल, प्रहरीलाई व्यङ्ग्य गर्न प्रयोग बिहीबार, कात्तिक ५, २०८३
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्