• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

पिङपङ डिप्लोमेसी र राजा सिहानुक

64x64
नेपाल लाइभ शनिबार, माघ २०, २०७४  ०५:२९
1140x725

२०२३ मंसिरको पहिलो साता नृपेन्द्रसिंह केसी निकै अलमलमा थिए। नेपालले त्यो वर्ष कम्बोडियाको राजधानी नोउ पेनमा ‘गेम्स अफ दि न्यु इमर्जिङ फोर्सेस’ (ग्यानेफो) मा भाग लिनुपर्ने थियो। तर, राजनीतिक चलखेल र विभिन्न कारणले प्रतियोगिता सुरु हुन केही दिन बाँकी हुँदा नेपाली टोलीले त्यहाँ जाने स्वीकृति पाएन। 

त्यो वर्ष कम्बोडियामा पहिलो एसियन ग्यानेफो र बैंककमा एसियन गेम हुँदै थियो। ग्यानेफोको स्थापना २०१९ सालमा चीनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) लाई कडा टक्कर दिने उद्देश्यले गरेको थियो। चीन लगायत विश्वका अन्य कम्युनिस्ट राष्ट्रको आरोप थियो– आइओसी अमेरिकी र उनीहरूको गठबन्धन देशको पिठ्यूँ हो, त्यसैले ओलम्पिक प्रतियोगिता बहिष्कार गर्नुपर्छ। 

२००८ सालमा चीन पहिलो पल्ट ओलम्पिकमा भाग लिँदै थियो। फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजना भएको ओलम्पिकमा चीनबाट ४० खेलाडी सहभागी थिए। तर, आइओसीले यो ओलम्पिकमा चीनले आफ्नो अभिन्न अंग मान्दै आएको ताइवानलाई पनि सहभागी गरायो। यसबाट आगो भएको चीनले त्यसपछि ओलम्पिक नै बहिष्कार गर्ने निर्णय गर्‍यो। ओलम्पिकलाई टक्कर दिन २०२० सालमा इन्डोनेसियाको राजधानी जकार्तामा पहिलो ग्यानेफो प्रतियोगितामा एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपका गरी ५१ देशका २७ सय खेलाडीले भाग लिएका थिए। 

त्यतिबेला नेपाल सहभागी भएन। तर, २०२३ सालमा दोस्रो ग्यानेफो (जसलाई पहिलो एसियन ग्यानेफोको नाम दिइएको थियो) आयोजना हुँदा नेपाल लगायत २७ एसियन राष्ट्र समावेश थिए। 

त्यो प्रतियोगिता पनि एसियन गेमलाई ‘काउन्टर’ दिन आयोजना हुँदै थियो। दुवै प्रतियोगिताका लागि नेपालले छुट्टाछुट्टै खेलाडी छनोट गरेको थियो। एसियन गेमका लागि खासै समस्या भएन। तर, ग्यानेफोका लागि खेलाडी पठाउने बेला विवाद चुलियो। त्यसपछि नेपालस्थित चिनियाँ राजदूत सीधै दरबार गए। साँझ ७ बजे खबर आयो– ‘ल खेल्न जानू। तर, जागिरवाला बाहेक।’

त्यतिबेला नृपेन्द्र अखिल नेपाल टेबल टेनिस संघका महासचिव र प्रशिक्षक थिए। त्यसैले तत्कालीन सरकारबाट ग्यानेफोमा भाग लिने स्वीकृति पाएपछि उनी राति नै वसन्तपुरस्थित पुरानो दरबारमा अवस्थित कौसिखानामा पैसा साट्न पुगे। त्यतिबेला विदेशी मुद्रा सटही त्यहाँ मात्र हुन्थ्यो। १ अमेरिकी डलर बराबर ७ रुपैयाँ ३३ पैसा।

 

नेपाली खेलाडीलाई भोलिपल्टै कम्बोडिया उड्नुपर्ने थियो। खेलाडी तथा पदाधिकारी सबैका लागि चिनियाँ सरकारले टिकट उपलब्ध गराएको थियो। नृपेन्द्र आफ्नो टेबलटेनिस टोलीका साथै एथ्लेटिक्स र ब्याडमिन्टन गरी २६ सदस्यीय नेपाली टोलीमा रहँदै त्रिभुवन विमानस्थलबाट कम्बोडियाका लागि उडे।

Ncell 2
Ncell 2

तर, काठमाडौंबाट भारतको कोलकाता हुँदै हङकङको बाटोबाट कम्बोडिया पुग्नुपर्ने विमान ठूलो हावाहुरीका कारण बंगलादेशको चटगाउँमा आकस्मिक अवतरण गर्न बाध्य भयो। काठमाडौंमा त्यत्रो लफडापछि बल्ल कम्बोडिया हिँडेको टोली यसरी बीचैमा अलपत्र पर्‍यो। तर, एयरलाइन्सले नै नेपाली खेलाडीलाई चटगाउँस्थित स्वपन होटलमा राख्ने व्यवस्था मिलायो। नेपाली खेलाडी आरामका लागि होटल पुग्दा होटलका कर्मचारी मात्र होइन, स्थानीय बंगाली पनि दंग परे। कारण, त्यतिबेलासम्म त्यो होटलमा कुनै महिला बस्न आएका रहेनछन्। 

‘होटलका लामो दाह्री भएका कर्मचारीहरू अचम्म मानेर हाम्रा महिला खेलाडी हेर्न आउँथे’, ४८ वर्ष पुरानो घटना सम्झन्छन् नृपेन्द्र। 

नृपेन्द्रलाई पुराना खेलाडीहरू कन्हैयाको नामले अझै चिन्छन्। नेपाली टोलीलाई त्यतिबेला कम्बोडिया पुग्न दुई दिन लागेको थियो। तर, थकानका बीच नोउ पेनको अन्तर्राष्ट्रिय विमानस्थल उत्रँदा सबै खेलाडी दंग थिए। कम्बोडिया सरकारले खेलाडीको भव्य स्वागत गर्‍यो। 

सबै राष्ट्रका खेल प्रमुखलाई विमानस्थलदेखि गाडी चढ्ने ठाउँसम्मै रातो कार्पेट ओछयाइएको थियो। त्यतिबेला नेपाली टोलीका प्रमुख थिए, राष्ट्रिय  खेलकुद परिषद्का तत्कालीन सदस्य राजबहादुर सिंह, जो ‘आरबी राजा’को नामले नेपाली खेलकुदमा चिनिन्छन्। २०४६ सालपछि उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पनि भए। 

प्रतियोगिताका लागि कम्बोडियाले नोउ पेन शहरको मध्यभागमा एउटा भव्य ‘खेलग्राम’ नै तयार गरेको थियो। त्यतिबेला राजा नरोद्दम सिहानुक कम्बोडियाली जनताका प्रिय थिए। नृपेन्द्रको सिहानुकसँग पहिलो देखादेख यही प्रतियोगितामा भएको थियो, जब सिहानुक उद्घाटनका लागि आएका थिए। होचा कदका उनी हँसिला थिए। सिहानुकले प्रतियोगिता चलिरहँदा सबै राष्ट्रका पदाधिकारीका लागि आफ्नो दरबारमा पार्टी आयोजना गरेका थिए। त्यतिबेला आरबीसँगै नृपेन्द्रले पनि राजा सिहानुकको रिसेप्सनमा भाग लिए। 

‘निम्तालुलाई स्वागत गर्न सिहानुक आफैं गेटमा उभिनुभएको थियो। सामान्य शिष्टाचारपछि हामी पार्टीमा सहभागी भइहाल्यौं। फुच्चे बोतलमा बियर ओसारेको ओसार्यैन। ३ वटा खायो कि ढल्ने। अल्कोहलको मात्रा नै ७५ प्रतिशत’, कन्हैयाले हाँस्दै सुनाए। 

सिहानुकसँग नृपेन्द्रको दोस्रो भेट भने चीनमा भयो, जतिबेला अमेरिकी विदेश सचिव हेनरी किसिंगर ‘पिङपङ डिप्लोमेसी’ मार्फत अमेरिका–चीन सम्बन्ध सुधारमा सक्रिय थिए। 

२०२७ सालमा चीनले पहिलो अफ्रो–एसियन टेबलटेनिस प्रतियोगिता आयोजना गर्दै थियो। त्यतिबेला नेपाल पनि प्रतियोगिताको आयोजक राष्ट्र थियो। यो प्रतियोगिताका लागि नेपाली टेबलटेनिस टोली चीन पुग्दा नृपेन्द्र टोलीका सहायक नेता थिए। अफ्रो–एसियन गेममा नेपालसहित ५१ राष्ट्र सहभागी थिए। राजा सिहानुक भियतनाम युद्धका बेला अमेरिकी कोपभाजनको सिकार बन्न पुगेपछि चीनमा निर्वासित जीवन बिताइरहेका थिए। 

निर्वासनमा भए पनि चीन सरकारले सिहानुकलाई ठूलो सम्मान दिएको थियो। पेकिङमै उनको भव्य दरबार थियो। उनको दरबारमा कम्बोडियाको झन्डा गाडिएको थियो। प्रतियोगिताको उद्घाटनसत्रमा समावेश हुन पेकिङस्थित कभर्ड हलमा आउँदा सिहानुकलाई चीन सरकारले सम्मानित अतिथिको दर्जा दिएको थियो। 

उनी अघि–अघि, चिनियाँ प्रधानमन्त्री चाउ इन लाई उनको पछि–पछि। उद्घाटनसत्रमा नेपालका टोली नेता नरशम्शेर राणा अपर्झट देश फर्किए। त्यसपछि नेपालको प्रतिनिधित्व गर्दै नृपेन्द्रले उद्घाटनसत्रमा राजा सिहानुक, चिनियाँ प्रधानमन्त्री चाउ इन लाई लगायत अन्य देशका प्रतिनिधिसँगै एउटै डेस्कमा बस्ने सौभाग्य पाए। 

‘हामी पनि आयोजक राष्ट्र थियौं। त्यसैले उद्घाटनमा सबैलाई पंक्तिबद्ध राख्दा म नेपालको प्रतिनिधिका रूपमा राजा सिहानुक र प्रधानमन्त्री चाउ इन लाईसँगै अघिल्लो पंक्तिमा थिएँ’, उनी सम्झन्छन्। 

यतिबेला पनि सिहानुकसँग नजिकै भेट्ने अर्को मौका जुर्‍यो, नृपेन्द्रलाई। प्रतियोगिताकै बेला कम्बोडियाको राष्ट्रिय दिवस परेछ। यस अवसरमा सिहानुकले प्रतियोगिता खेल्न आएका सीमित राष्ट्रका प्रतिनिधिलाई पेकिङको आफ्नो भव्य महलमा पार्टी दिए। त्यतिबेला नेपालबाट नृपेन्द्र र चीनका लागि तत्कालीन नेपाली राजदूत रणवीर सुब्बालाई निम्तो गरिएको थियो। 

चाउ इन लाई पनि त्यो पार्टीमा सहभागी थिए। सिहानुकले त्यतिबेला पनि भव्य पार्टी आयोजना गरेका थिए। उनलाई संगीतमा गहिरो रुचि थियो। आफैं अर्केस्ट्रा कम्पोज गर्थे। 
‘हिँड्ने बेला सबैलाई आफूले कम्पोज गरेको संगीतको चक्का दिएका थिए’, नृपेन्द्र भन्छन्। 

२०२९ सालमा चीनले एसिया, अफ्रिका, ल्याटिन अमेरिकाबीच मैत्रीपूर्ण टेबलटेनिस प्रतियोगिता आयोजना गर्दा सिहानुक पेकिङमै निर्वासित जीवन बिताइरहेका थिए। यतिबेला नृपेन्द्र टोली नेताका रूपमा एक्लै चीन पुगेका थिए। 

‘अन्तिम पल्ट सिहानुकसँग हात मिलाउने अवसर यहाँ पाएको थिएँ, तर दोहोरो कुरा भएन’, उनले भने। पछि चीनकै हस्तक्षेपका कारण सिहानुक ससम्मान आफ्नो देश फर्किए। 

सिंहानुकको निधन ८९ वर्षको उमेरमा सन् २०१२ को अक्टुबर १५ मा चीनको बेइजिङमा भएको थियो। नृपेन्द्रले खेलको माध्यमबाट सिहानुकलाई भेट्न पाएको त्यो घटना अहिले पनि बिर्सन सकेका छैनन्।

प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  ०५:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि
सम्बन्धित सामग्री
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय गृह मन्त्रालयमा आज शुक्रवार केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही... शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द... शुक्रबार, माघ २३, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, माघ २४, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, माघ २४, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय शुक्रबार, माघ २३, २०८२
चुनावको सुरक्षा तयारीबारे गृहमन्त्री अर्यालले लिए 'ब्रिफिङ' शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
मौसम विभागसँग निर्वाचन आयोगले सोध्यो- फागुनमा पानी पर्छ कि पर्दैन? शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
फेरि पक्राउ परे दुर्गा प्रसाईं शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्