• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

द्वन्द्वमा बेपत्ता श्रीमान् खोज्दै काठमाडौंसम्म, पीडित भन्छन्– हामीलाई सरकारले नै पालोस्

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १३, २०७६  १७:५०
1140x725

काठमाडौं- रोक्ने अनेकन प्रयासका बावजुद पनि उनका गहभरि आँसु टलपलाइरहे। हर्षका नभई ती उनका दुःख, वेदनाका आँसु थिए। आफ्नै दु:ख-सुखसँग रमाउने कोसिस गरिरहेका श्रीमान्‌लाई घरैबाट बेपत्ता पारिदिएपछि चितवन माडीकी मोहनकला आचार्य १८ वर्षदेखि  बेचैनपूर्ण जिन्दगी बाँचिरहेकी छन्। उ:बेलाको त्यो कहालीलाग्दो क्षण सम्झेर ल्याउँदा उनका आँखामा आँसु छचल्किन्छन्। 

आफ्ना प्रिय श्रीमान्‌लाई न  उनले बिर्सन सकेकी छन्, न पाउन नै। देशमा चलिरहको सशस्त्र द्वन्द्व उत्कर्षतिर पुग्नै लाग्दा श्रीमान्‌ कृष्णप्रसाद आचार्यलाई घरबाटै बेपत्ता पारियो। उनको बेपत्ता पार्नेबारे अहिलेसम्म मोहनकलाले केही भेउ पाउन सकेकी छैनन्। 

बेपत्ता श्रीमान् पाउने आसैआसमा चितवनदेखि काठमाडौंसम्म पटपटक बेचैनपूर्ण यात्रा नापिसकेकी छन्, मोहनकलाले। उनको झैं दुःखको भारी बोकेर चितवन पदमपुरकी लीलादेवी भण्डारी (लोप्चन) र खैरहनीकी सीतादेवी अधिकारीले पनि कैयौं पटक काठमाडौं धाए।

संघीय सरकार बसेको काठमाडौं खाल्डोले न्याय देला या नदेला? उनीहरुसँग बाँकी भनेको आशा मात्रै छ। तर भरोसा छैन। 

फर्किएनन्, सेनाले लगेका श्यामबहादुर
रातको करिब १२ बजे। चूक घोप्ट्याएको रातमा लीलादेवीका श्रीमान् श्यामबहादुर लोप्चनलाई खोज्दै दुई व्यक्ति आए। आफ्नै नाम काढेर मध्यरातमा अपरिचित मान्छे आएपछि सुतिसकेका श्यामबहादुर उठे। 

ती दुई रहेछन्, नेपाली सेनाको देवीदत्त गणका मेजर मनमोहन वाइबा र प्रितम राणा। आफूसँगै हिँड्न भनेपछि श्यामबहादुर मध्यरातमै उनीहरुको पछि लागेर गए। लीलादेवी पनि श्रीमान्‌कै साथ जान खोजिन्। तर, उनीहरुले रोके।

लीलादेवी भण्डारी

२०५९ भदौको मध्यरात घरबाट लगिएका श्यामबहादुर १६ वर्ष बितिसक्दा पनि घर फिरेका छैनन्। सेनाका मान्छेले श्रीमान् लग्नेबित्तिकै त्यो खबर सुनाउन उनी नजिकैको माइती गाउँ पुगेकी थिइन्। त्यहाँबाट पनि सेनाले अरु ६ जनालाई लगेको रहेछ। माइती पक्षले अरुलाई पनि लगेको भन्दै उनलाई सान्त्वना दिन खोजे। 

उनले धेरैतिर श्रीमान्‌को खोजबिन गरिन्। सेनाको ब्यारेक गएर सोध्दा उनलाई भनियो, ‘तिम्रा मान्छे यहाँ छैनन्, खोज्न नआउनू।’ 

Ncell 2
Ncell 2
nimb
nimb

केही दिनपछि नजिकैको गाउँमा ६ जनाको हत्या भएको खबर फैलियो। उनले श्रीमान्‌ पनि त्यही घानमा परेको आशंका गरिन् र त्यहाँ पुगिन्। 'लास लिन गए गोली हान्ने धम्की आएपछि म डराएँ,' उनी भन्छिन्, 'संकटकालको बेला थियो, अरु पनि हच्किए। चित्त नबुझेपछि एक मध्यरात एक्लै जान खोजेको थिएँ तर रोकियो।'

घटनाको एक वर्षपछि जिल्लाका केही पत्रकार र मानवअधिकारकर्मीका साथ लागेर घटनास्थल पुगिन्। तर, त्यहाँ कपडाका टुक्राबाहेक केही पनि पाइनन्।

हत्या गरिएका भनिएका ६ जना को थिए? त्यसमा उनका श्रीमान् थिए वा थिएनन्? लीलादेवीलाई केही अत्तोपत्तो लागेन। 

श्रीमान् गाडी चलाउँथे। धेरै वर्ष अरुको गाडी चलाएपछि आफ्नै चलाउन थालेको केही वर्ष मात्रै भएको थियो। 

'सेनाले लिएर बेपत्ता नै पार्नु पर्ने के दोष थियो उनको?' माओवादीको आरोपमा लगिएको भन्दै उनले सुनाइन्, ‘सेनाका मान्छेले कहिले चोरीसिकारीमा, कहिले दोहोरो भिडन्तमा मरेको भने।’

त्यसपछि कहिल्यै फर्किएनन् पदमप्रसाद
सामान्य किसान थिए, पदमप्रसाद अधिकारी। घरमै बसिरहेका बेला २१ फागुन २०५८ मा नचिनेका मान्छे आएर उनलाई लिएर गए। १७ वर्ष भयो सीतादेवीले श्रीमान् आउने आशामा कुरेर बसेको। तर, पदमप्रसाद अहिलेसम्म फर्किएका छैनन्।

को थिए, पदमप्रसादलाई लिएर जाने?

सीतादेवी अधिकारी

मान्छे नचिने पनि ती राज्यकै मान्छे थिए भन्ने लाग्छ, सीतादेवीलाई। ‘माओवादीका मान्छे आएर जबरजस्ती खाना खुवाउन भन्थे,’ उनको अड्कल छ, ‘एक-दुईपटक खान पकाएर उनीहरुलाई खुवाएकी थिएँ, त्यही निहुँमा माओवादी भनेर उहाँलाई लगेको जस्तो लाग्छ।’

१८ वर्षदेखि बेपत्ता कृष्णप्रसाद
नेपाली सेनामा थिए, कृष्णप्रसाद आचार्य। सशस्त्र द्वन्द्व बढ्दै गएपछि उनी सेनाको जागिर छाडेर घरमै बस्न थालेका थिए। पाँच-छ वर्ष सेनामा काम गरेका उनले जागिर छाडेको तीन वर्ष भएको थियो। अपरिचत मान्छे आएर जागिर लगाइदिने भन्दै कृष्णप्रसादलाई लगेर गएका थिए। ‘पहिले सेनामा काम गरेको मान्छे, राम्रो जागिर पाइन्छ भन्दै लिएर गए,’ मोहनकला सम्झन्छिन्, ‘माओवादीले लिएर गएको भन्ने हल्ला चल्यो तर कसले लगेर गयो भन्ने ठ्याक्कै थाहा छैन।’

भूपु सेना भएकाले कृष्णप्रसादलाई  माओवादीले आफ्नो सेनामा लगेर गएको गाउँलेको आशंका छ। मोहनकलालाई पनि त्यस्तै लाग्छ। तर, मान्छे किटान गर्न नसक्दा उनलाई अप्ठ्यारो भएको छ। ‘माओवादीलाई सोध्दा प्रमाण के छ भन्छन्?’ उनी सुनाउँछिन्, ‘मैले के प्रमाण ल्याएर दिने? मेरो श्रीमान् मसँग नहुनु प्रमाण होइन र?’ 

मोहनकला आचार्य

१६ पुस २०५७ को घटना थियो त्यो। कृष्णप्रसाद बेपत्ता भएपछि मोहनकलाको परिवारै छिन्नभिन्न भयो। छोरा बेत्ता भएका वेदनाले कृष्णकी आमा बितिन्। उनका बुवाले अर्की श्रीमती ल्याए। कान्छी श्रीमतीलाई सम्पत्ति दिनुपर्ने दबाब परेपछि कृष्णका बुवा घर छाडेर प्युठान, स्वर्गद्वारीको आश्रममा लामो समय बसे। 

परिवारमा सुख, शान्ति नभएपछि मोहनकला पनि पाँच-छ बर्ष माइतीमै गएर बसिन्। 

पाएनन् राहत
आफ्नो श्रीमान्‌को लाससम्म पनि नपाएका उनीहरुमध्ये सीतादेवी र मोहनकलाले द्वन्द्वपीडितले पाउनुपर्ने राहातसम्म पाएका छैनन्। लीलादेवीका हकमा भने जसोतसो राहतस्वरुप २०६९ मा १० लाख पाएकी थिइन्। तर, त्यसले आफ्नो परिवार धान्न नै धौधौ हुने लीलादेवी बताउँछिन्। 

उनका दुई छोरा र दुई छोरी छन्। ‘श्रीमान्‌को खोजीमा लाग्दा मैले दुई कट्ठा जमिन बेच्नुपर्‍यो,’ उनको गुनासो छ, ‘छोराछोरी छन्, उनीहरुलाई पढाउनुपर्यो। लालनपालन गर्नुपर्यो। आयआर्जनको स्रोत नभएपछि कसरी गुजारा चलाउने?’

राहतका रुपमा सीतादेवी र मोहनकलाले भने एक रुपैयाँ पनि पाएका छैनन्। उनीहरुले राहत पाइन्छ भन्नेसम्म थाहा पाएनन् र त्यसको प्रक्रियामा जाने भेउ पाएनन्।

उनले २०७३ मा मात्रै स्थानीय शान्ति समितिमा श्रीमान् बेपत्ता पारिएको उजुरी दिइन्। द्वन्द्वकालमा बेपत्ता पारिएकाको छानबिन  गर्न बनेको आयोगले बल्ल उनका श्रीमान् बेपत्ताको सूचीमा दर्ता भएका छन्। 

सीतादेवीले २०७१ मा मात्रै राहत पाइनेबारे थाहा पाइन्। ‘राहतका नाममा अहिलेसम्म एक रुपैयाँ पनि पाइएको छैन,’ उनी भन्छिन्, ‘राहत पाइन्छ भन्ने पछि मात्रै थाहा भयो। कसैले भनेनन् पनि।’ उनका तीन छोरी छन्। श्रीमान् पदमप्रसाद बेपत्ता पारिएपछि छोरीको पालनपोषणमा निकै अप्ठ्यारो परेको उनको अनुभव छ। 

उता मोहनकलाको अवस्था पनि त्यस्तै छ। धेरै समय घरबाहिरै रहेकी उनलाई श्रीमान्‌को खोजी कसरी गर्ने भन्ने थाहासम्म पाइनन् र सिकाउने पनि कोही भएन। ‘त्यतिबेला केही पनि थाहा भएन,’ उनले सुनाइन, ‘उजुरी दिनलाई मसँग खासै डकुमेन्ट पनि थिएनन्। बुवाले नै उहाँको नागरिकता लगायतका सबै काजपत्र लिएर जानुभएको थियो।’उनले २०७३ मा मात्रै स्थानीय शान्ति समितिमा श्रीमान् बेपत्ता पारिएको उजुरी दिइन्। द्वन्द्वकालमा बेपत्ता पारिएकाको छानबिन  गर्न बनेको आयोगले बल्ल उनका श्रीमान् बेपत्ताको सूचीमा दर्ता गरेको छ।

स्थानीय शान्ति समितिमा दिएका कागजात राहतका लागि पर्याप्त नभएपछि उनीहरु काठमाडौं आएका थिए। ‘राहतका लागि गृह मन्त्रालयमा गाउँपालिकाको सिफारिस लगाएका डकुमेन्ट बुझाएका छौं,’ सीतादेवीले भनिन्, ‘डकुमेन्ट राख्नुभएको छ। राहत दिने–नदिने अझै थाहा भएन।’

राहत लिने प्रक्रियाबारे धेरै नजानेका उनीहरुलाई लीलादेवीले सहयोग गरिरहेकी छिन्। 

‘सरकारले नै पालोस् हामीलाई’
लीलादेवीका श्रीमान्‌लाई सकारले बेपत्ताको सूचीमा राखेकै चार वर्ष भइसक्यो। तर, उनको खोजी गर्ने कुरामा भने केही प्रगति भएको छैन। बेपत्ता छानबिन आयोगले चितवन गएर केही सोधपुछ गर्नेबाहेक अहिलेसम्म काम नगरेको उनको भनाइ छ।  सीतादेवी र मोहनकलाको घरमा पनि आयोगका कर्मचारी गएर उनीहरुसँग सोधपुछ गर्नेबाहेक थप प्रक्रिया चालेका छैनन्।

राज्यले आफूहरुको जिम्मा लिनुपर्ने उनको माग छ। उनको भनाइ छ, ‘हाम्रो जिम्मा सरकारले लेओस्, सरकारले नै पालनपोषण गरोस्।’

एकातिर श्रीमान् बेपत्ता पारिएको समय बढ्दै जानु, अर्कोतिर राजनीतिक दल, सरकार र छानबिन गर्न बनेका आयोगले काम नगरेपछि न्याय नपाइने हो कि भन्ने भयले उनीहरुलाई सताइरहेको छ। राज्यप्रतिको भरोसा घट्दै गए पनि दोषीले सजाय पाउनुपर्छ भन्ने कुरामा उनीहरु अहिले पनि अडिग छन्। ‘उहाँ (श्रीमान्) लाई लिएर जाने मान्छेलाई कारबाही हुनुपर्छ,’ लीलादेवीको माग छ, ‘केही दिन भए पनि थुन्नुपर्छ। त्यति मात्रै भए पनि मन सन्तोष हुन्थ्यो।’ 

राज्यले आफूहरुको जिम्मा लिनुपर्ने उनको माग छ। उनको भनाइ छ, ‘हाम्रो जिम्मा सरकारले लेओस्, सरकारले नै पालनपोषण गरोस्।’

सीतादेवी दोषीलाई एक घन्टा भए पनि थुनाए मात्र आफ्नो मनले शान्ति पाउने बताउँछिन्। ‘उहाँलाई कसले लगेर गयो?' अरुलाई दिएको राहत आफूहरुले पनि पाउनुपर्ने माग गर्दै उनी न्याय नपाएसम्म चुप लागेर नबस्ने अठोट व्यक्त गर्छिन्, ‘न्याय पाइन्छ होला भन्ने लाग्दैन। तर, नपाएसम्म चुप लागेर बस्दैनौं।’

मोहनकला पनि आफ्ना श्रीमान्‌लाई बेपत्ताको सूचीमा राख्नुपर्ने, राहत दिनुपर्ने र दोषीलाइ कारबाही हुनुपर्ने माग सरकारलाई सुनाउन चाहन्छिन्।

(यो स्टोरी नेपाल लाइभमा पहिलो पटक २०७५ पुस २८ गते प्रकाशन भएको हो। आज विश्व बेपत्ताविरुद्धको दिवसको सन्दर्भ पारेर पुन: प्रकाशन गरेका हौं- सम्पादक) 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १७:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्