एजेन्सी- युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको ड्र बिहीबार राति सार्वजनिक भएको छ।
यस सिजन सन् २०१९/२०को च्याम्पियन्स लिगको सार्वजनिक भएको ड्र अनुसार साविक विजेता लिभरपुल नपोली, साल्जबर्ग र गियांकसँग एउटै समूहमा परेका छन्।
ला–लिगा च्याम्पियन्स बार्सिलोना भने कठिन समूहमा परेको छ। यो समूहमा बार्सिलोनासँगै, जर्मन क्लब बारुसिया डर्टमुण्ड, इटालियन क्लब इन्टर मिलान र स्लाभिया प्राग परेका छन्।
यो सिजनको च्याम्पियन लिग खेल आउँदो सेप्टेम्बर १७ तारिखदेखि सुरु हुनेछ भने फाइनल मे ३० हुनेछ।
कुन समूहमा कुन क्लब परे?
समूह ए- पिएसजी, रियल मड्रिड, क्लब बर्ग र गालाटासारे
समूह बि- बार्यन म्युनिख, टोटनहाम, ओलम्पिकास, रेड स्टार बेल्ग्रेडी
समूह सि- म्यानचेस्टर सिटी, शाख्तर डोनेस्क, डिनामो जाग्रेब र एटलान्टा
समूह डि- युभेन्टस, एथ्लेटिको मड्रिड, बार्यन लेभरकुसेन, लोकोमोटिभ मस्को
समूह ई- लिभरपुल, नपोली, साल्जबर्ग र गियांक
समूह एफ- बार्सिलोना, बोरुसिया डर्टमुण्ड, इन्टर मिलान र स्लाभिया प्राग
समूह जि- जेनिट सेन्ट–पिटर्सबर्ग, बेन्फिका, लियोन, लेइप्जिग
समूह एच- चेल्सी, आयाक्स, भ्यालेन्सिया र लिले
.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।