काठमाडौं- यातायात व्यवस्था कार्यालय धनगढी कैलालीका निमित्त प्रमुखसहित ३ जनालाई अख्तियारको टोलीले घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ।
गाडी बिक्री गरेबापत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयबाट खटिएको टोलीले यातायात कार्यालयका निमित्त प्रमुख शाखा अधिकृत गम्भीर सिंह विष्टसहित ३ जनालाई पक्राउ गरेको हो।
विष्टका साथै सोही कार्यालयका शाखा अधिकृत सातौँ तहका भुवन जोशी र अधिकृत छैटौँ तहका जयराज कारिगर पनि पक्राउ परेका छन्।
उनीहरूलाई १ लाख ६६ हजार एक सय रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको आयोगको शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकृत टोप बहादुर विष्टले बताएका छन्।
उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।