काठमाडौं - एसिसी यु १९ एसिया कपको तयारीमा रहेको नेपाली यु १९ क्रिकेट टोलीले अभ्यास खेलमा श्रीलंकाको बदुरालिया सिसीलाई ८० रनले हराएको छ। नेपालको जितमा सागर ढकालले पाँच विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभर ४ बलमा सबै विकेट जाँदा २ सय ६ रन बनाएको थियो। दोस्रो इनिङअघि खेल बर्षाले प्रभावित बनेपछि बदुरालियाले ३१ ओभरमा १ सय ६५ रनको लक्ष्य पाएको थियो। तर टिम ८४ रन बनाउँदा नै अलआउट भयो।
नेपालका सागर ढकालले ५ ओभर १ बलमा १८ रन दिएर ५ विकेट लिएका हुन्। यस्तै पवन सर्राफ र कमल सिंह ऐरीले २/२ साथै साथै कुशल मल्लले १ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि रित गौतमले ७६ रन, हरि बहादुर चौहानले ५६ रन, सन्दीप जोराले २४, आशिफ शेखले १४ र भिम सार्कीले १० रन बनाएका थिए।
पहिलो अभ्यास खेलमा नेपाल सिन्हालिज स्पोर्टस् क्लब यु २३ टिमसँग तीन विकेटले पराजित भएको थियो। तेस्रो अभ्यास खेलमा नेपालले शुक्रबार चिल्ल मारियन्ससँग खेल्नेछ।
.jpg)
एसिसी यु १९ एसिया कप सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा नै आयोजना हुँदैछ।
एसिया कपको समूह ‘बी’ मा रहेको नेपालले टेष्ट राष्ट्र श्रीलंका, बंगलादेशका साथै युएईसँग खेल्ने छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन्। समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्ने छन्।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।