काठमाडौं - भारतको कोलकातामा भइरहेको यु १५ साफ फुटबलमा नेपाल फाइनलमा पुगेको छ। बिहीबार नेपालले भुटानलाई ६-० ले साथै भारतले बंगलादेशलाई ४-० ले हराएसँगै नेपाल फाइनलमा पुगेको हो।
राउन्ड रोविन लिगको आधारमा भइरहेको प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसँग नै ५-० ले पराजित भएको थियो। त्यसपछिका तीन खेलमा नेपालले श्रीलंकालाई २-० ले, बंगलादेश ४-१ ले र भुटानलाई ६-० ले हराएको हो।
राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशले भारतलाई ४ गोल अन्तरमा हराएको भए बंगलादेश फाइनलमा पुग्ने थियो।
बंगलादेशलाई हराएसँगै शीर्षमा रहेको भारतको ४ खेलमा १२ अंक भयो भने नेपालको ४ खेलमा ९ अंक रह्यो। अन्तिम खेल हारेको बंगलादेशको ४ खेलमा ६ अंक रह्यो।
प्रतियोगितामा श्रीलंकाले एक खेल मात्रै जित्यो भने भुटान सबै खेलमा पराजित भएको हो।
आउँदो शनिबार हुने फाइनल खेल जिते पाँचौँ संस्करणमा नेपालको पहिलो उपाधि हुनेछ। नेपाल २०१३ र २०१७ मा फाइनल पुगेर पराजित भएको थियो।
भारत भर्सेस बंगलादेशको खेल।
.....
बिहीबार पहिलो खेलमा भुटानविरुद्ध पाँचौँ मिनेटमा नै गोल गर्दै अग्रता बनाएको नेपालले नवौँ मिनेटमा अर्को गोल थपेको थियो। त्यसपछि ४८ औँ मिनेटमा गोल गरेको नेपालले ७५ औँ, ८५ औँ र अन्तिम इन्जुरी समयमा गोल गरेको थियो।
नेपाल भर्सेस भुटानको खेल।
जसमा कप्तान प्रदिप लम्सालले दुई गोलका साथै अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले एक/एक गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।