काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसिसी) ले सन् २०१८ का लागि आफ्नो कार्यतालिका सार्वजनिक गरेको छ। जसमा एसिसीले सन् २०१८ मा आयोजना गर्ने प्रतियोगिता र कार्यक्रम समावेश छन्।
एसिसीको क्यालेन्डर अनुसार नेपालले २ वटा प्रतियोगिता खेल्नेछ। नेपालको नाम सेप्टेम्बरमा एसिया कप क्वालिफायर छ। जहाँ नेपालसहित हङकङ, मलेसिया, ओमान, सिंगापुर र युएईले प्रतिस्पर्धा गर्नेछन्। क्वालिफायर भारतमा आयोजना हुनेछ।
नेपालले अक्टोबरमा यू–१९ एसिया कप खेल्नेछ। जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, हङकङ, नेपाल र यूएई गरी ८ टिमको प्रतिस्पर्धा हुनेछ। यू–१९ एसिया कप बंगलादेशमा हुने एसिसीले जनाएको छ।
एसिया कप क्वालिफायरमा शीर्ष स्थान हात पार्ने टिमले थप दुई प्रतियोगिता खेल्ने मौका पाउनेछ। शीर्ष स्थान हात पार्ने टिमले सेप्टेम्बरमै भारतमा हुने एसिया कपमा पाँच टेस्ट मान्यता टिममा प्रतिस्पर्धा गर्नेछ। एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानलाई सिधा स्थान दिएको हो।
क्वालिफायमार शीर्ष हुने टिमले डिसेम्बरमा आयोजना हुने इमर्जिङ टिम्स कपमा पनि भाग लिने अवसर पाउनेछ। आयोजक तय हुन बाँकी प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानका यू–२३ टिम तथा एसिया कप क्वालिफायरको शीर्ष टिमले प्रतिस्पर्धा गर्नेछन्।
एसिसीको क्यालेन्डर :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।