काठमाडौं - १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पुरुष क्रिकेटका लागि नेपालले प्रारम्भिक चरणमा ३५ खेलाडीलाई अभ्यासका लागि बोलाएको छ।
आउँदो मंसिर १५ देखि २५ सम्म काठमाडौं र पोखरामा हुने साग अन्तर्गत पुरुष क्रिकेटका खेल कीर्तिपुर मैदानमा हुने तय भएको छ।
नेपालले बिहिबार प्रारम्भिक चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो। नेपाली टोलीको बन्द प्रशिक्षण आइतबारबाट सुरु हुनेछ।
नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का रहेको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडी छानेका हुन्।
जसमा कप्तान खड्कासँगै ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, सन्दीप लामिछाने, वसन्त रेग्मी, रोहित कुमार पौडेल, करण केसी, जितेन्द्र मुखिया, प्रदिप ऐरी, राजु रिजाल, सुनिल धमला, ललित सिंह भण्डारी, सौरभ खनाल, बिक्रम सोब, इशान पाण्डे, मोहम्मद
आरिफ शेख रहेका छन्।
साथै सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सर्राफ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आशिफ शेख, सुसन भारी, अनिल कुमार शाह, अभिनास बोहरा, ललित नारायण राजवंशी, नन्दन यादव, भिम सार्की, कुशल भुर्तेल, सागर ढकाल र शाहब आलम अभ्यासका लागि बोलाइएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।