काठमाडौं- पाकिस्तानले काश्मीर मुद्दामा फेरि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्लाई पत्र लेखेको छ। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले बताएअनुसार काश्मीर मुद्दामा ध्यान दिन दोस्रोपटक पत्र लेखिएको हो।
विदेशीमन्त्री शाह महमुद कुरैशीले राष्ट्र संघ सुरक्षा परिषद्का अध्यक्षलाई सम्बोधन गर्दै पत्र लेखेका हुन्।
पत्रमा काश्मीरमा गम्भीर मानवअधिकार संकट रहेको र त्यहाँ दैनिक मुश्किल थपिइरहेको दाबी गरिएको छ।
सुरक्षा परिषद्को १६ अगस्टको बैठकको हवाला दिँदै विदेशमन्त्रीले काश्मीर क्षेत्रमा पछिल्लो ३ हप्तादेखि जारी निशेधाज्ञा तत्काल हटाउन निर्देशन दिन माग गरिएको छ।
पकिस्तानले सुरक्षा परिषद्लाई सल्लाह दिएको छ कि भारत र पाकिस्तानमा संयुक्त राष्ट्र सैन्य निरीक्षण ग्रुपको संख्या दोब्बर बनाइयोस् र भारतलाई संघका यस्ता अनुगमनकर्ताहरुलाई एलओसी बोर्डर पार गर्न अनुमति दिनुपर्ने माग गरेको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खान सरकारका मानवअधिकार मन्त्री शिरिन मजारीले सामाजिक सञ्जाल ट्विटरमा पत्रबारे जानकारी गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।