श्रीनगर- भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मू-काश्मीर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ।
राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन्। उनले आगामी दुईदेखि तीन महिना भित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पारे।
'हामी आज घोषणा गर्न चाहन्छौँ कि जम्मू-काश्मीर प्रशासनिक क्षेत्रका ५० हजार युवालाई रोजगारी दिनेछौँ,' उनले भने। उनले सवै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिए।
पत्रकार सम्मेलनमा मलिकले भने, 'आउँदो दुईदेखि तीन महिनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ।' रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।