बार्सिलोना– स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ।
बार्सिलोनाले शुक्रबार विहान सकिएको खेलमा भ्यालेन्सियलाई १–० गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा लुइस सुआरेजले ६७ मिनेटमा गोल गरेका थिए। सुआरेजले सिजनमा १९ औं गोल गरे। जितसँगै बार्सिलोना लगातार चौथो पटक कोपा डेल रेको फाइनल नजिक पुगेको छ।
खेलमा हावी भएपनि बार्सिलोनाले पहिलो हाफमा गोल गर्न सकेन। सुआरेज र इभान राकिटिकले पाएका अवसर गुमाएका थिए। मेसीको प्रहार बारमा लागेको थियो।
अब दोस्रो लेग ८ फेब्रुअरीमा हुनेछ। अर्को सेमिफाइनलमा सेभिल्ला र लेगानेसबीचको पहिलो लेग १–१ गोलमा सकियो।
ला लिगामा ११ अंकको अग्रता लिएको बार्सिलोना कोपा डेल रेको पनि उपाधि जित्ने अभियानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।