काठमाडौं- बेलायत सरकारले ब्रेक्जिट सम्झौताअघि संसद् निलम्बन गर्ने तयारी गरेको छ। सरकारले ‘ब्रेक्जिट डेडलाइन’अक्टोबर ३१ भन्दा केही साताअघि संसद निलम्बनको तयारी थालेको हो।
संसदमा ब्रेक्जिट डिलका बारेमा अवरोध हुन सक्ने कुरालाई मध्यनजर गरी निलम्बनको तयारी गरेको हो।
‘नो ब्रेक्जिट डिल’भन्दै संसदमा अवरोध र सरकारको विरोध हुने देखिएपछि यस्तो तयारी सरकारले गरेको हो। संसद निलम्बनका लागि महारानी इलिजावेथ द्वितीयको स्वीकृति लिनुपर्ने छ।
संसद निलम्बनपछि अक्टोबर १४ मा सरकारका योजना सार्वजनिक गर्न बोरिस जोनसनको प्रशासनलाई सजिलो हुने बिबिसीकी राजनीतिक सम्पादक लउरा क्विन्सबर्गले टिप्पणी गरिन्।
सरकारले अक्टोबर १४ सम्म संसद निलम्बन गर्ने भित्री तयारी गरेको छ। सरकारले आफू समस्या वा आलोचनामा पर्ने भएकाले सो मिति अगावै निलम्बन गर्न सक्ने सम्भावना रहेको उनले बताइन्।
सरकारले ब्रेक्जिट सम्झौताको केही साताअघिबाट संसद निलम्बन गरेमा अक्टोबर ३१ मा बिना कुनै सम्झौता बेलायतलाई इयूबाट बाहिरिने प्रधानमन्त्रीको योजना छ। उक्त योजनामा सांसदले कुनै अवरोध नगर्ने भएकोले यस्तो निर्णय गर्न लागिएको बताइएको छ।
‘इयूबाट बाहिरिएपछि नयाँ सरकार र नयाँ प्रधानमन्त्रीले योजना बनाउन समयका लिनका लागि हो,’ १० डाउनिङ् स्ट्रिट श्रोतले भन्यो, ‘सरकारले आफूलाई सहज रुपमा काम गर्नका लागि निययसम्मत रुपमा काम गर्ने छ।’तर संसद बन्द गर्ने विषयले अहिले विवादित बनेको छ।
विश्लेषकहरूले सांसदहरूले ब्रेक्जिट प्रक्रियामा खेल्ने प्रजातान्त्रिक भूमिकामा नै प्रतिबन्ध लगाउन खोजेको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।