काठमाडौं– आहारारा गोल्डकपको उपाधिका लागि नेपाल पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले धरान फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा थ्रीस्टारसँगको भेट पक्का गरेको हो।
पुलिसले धरानलाई १–० गोलले पराजित गरेको हो। पुलिसको जितमा सुमन लामाले २२ मिनेटमा निर्णायक गोल गरे। धरानका रोमन लिम्बुले रवि पासवानलाई फल गरेपछि पुलिसले पेनाल्टी पाएको थियो। प्राप्त पेनाल्टीमा पुलिसका सुमनले गोल गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।