• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एक तुलना : युइएफए वर्ष खेलाडी को? रोनाल्डो, मेस्सी या भ्यान डाइक?

64x64
नेपाल लाइभ बुधबार, भदौ ११, २०७६  १६:१५
1140x725

काठमाडौं - युइएफए वर्ष खेलाडीको अवार्ड बिहीबार घोषणा हुँदैछ। जसमा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डो, इंग्लिस क्लब लिभरपुलका भर्जिल भ्यान डाइक र स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सीमध्ये एकले जित्नेछन्। 

को खेलाडी उत्कृष्ट भन्ने बहस फुटबल प्रतियोगिताका रुपमा सुरु हुन थालेदेखि नै हो। अहिले उत्कृष्ट घोषणा गरेर अवार्ड नै दिने प्रचलनमा त अझ यसको महत्व बढीरहेको छ। विश्व फुटबललाई नियाल्नेहरु को उत्कृष्टको बहसमा सामाजिक सञ्जालमा नै बहस गरिरहेका हुन्छन्। 

गएको वर्ष स्पेनिस क्लब रियल मड्रिडका लुका मोडरिकले जितेको अवार्डमा रोनाल्डो र मेस्सी पछि परेका थिए।

अहिले तीनैको हाराहारीमा भ्यान डाइक आउनुले विश्व फुटबलमा एकछत्र राज गरिरहेका रोनाल्डो र मेस्सी फेरि खालि हात हुनेछन् या उनीहरुको छायामा नै फुटबल जगत फर्कनेछ भन्ने बहस चलिरहेको छ। 

जब विश्व फुटबलमा उत्कृष्ट खेलाडीको मनोनयन हुन्छ त्यसमा गएको दशकदेखि नै मेस्सी र रोनाल्डो छाइरहेका छन्। सन् २०११ मा युइएफएले युरोपियन स्पोर्टस् मिडियासँगको सहकार्यमा अवार्ड दिन थालेपछि रोनाल्डोले २०१४, २०१६ र २०१७ मा गरेर तीन पटक जितिसकेका छन्।

लियोनल मेस्सीले २०११ र २०१५ मा गरेर दुई पटक जितेका छन्। यसपटक पनि रोनाल्डोले युभेन्टसलाई सिरी ए जिताउँदा र मेस्सीले बार्सिलोनालाई ला लिगा जिताउँदा उनीहरु नै केन्द्रमा रहे। 

मेस्सीले गएको सिजन ३१ जुलाई २०१८ देखि ३१ जुलाई २०१९ सम्ममा बार्सिलोनाबाट ५० र अर्जेन्टिनाबाट ८ गरेर ५८ खेल खेले। जसमा उनले ४ हजार २४ मिनेट मैदानमा बिताएका छन्। त्यसमा बार्सिलोनाबाट ५१ र अर्जेन्टिनाबाट ३ गरेर ५४ गोल हानेका छन्। त्यसलाई तुलनात्मक रुपमा हेर्ने हो भने उनले एक गोल गर्न सरदर ८६ मिनेट लगाएका छन्। मेस्सीले पोस्टमा प्रहार गरेको सट संख्या २८४ रहेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यही समयमा रोनाल्डोले युभेन्टसबाट ४३ र पोर्चुगलबाट ४ गरेर ४७ खेल खेलेका छन्। जसमा उनको खेल समय ३ हजार ९ सय ४६ मिनेट रहेको देखिन्छ। उनले युभेन्टसबाट २८ र पोर्चुगलबाट ३ गरेर ३१ गोल बनाए।

यसरी सरदरमा हेर्दा उनले एक गोलका लागि १ सय २७ मिनेट लगाएको देखिन्छ। उनले पोस्टमा प्रहार गरेको सट संख्या २ सय ५४ रहेको छ। 

गएको वर्षको खेललाई गोलका आधारमा तुलना गर्ने हो भने रोनाल्डोभन्दा मेस्सी अगाडि देखिन्छन्। त्यसमा उनीहरुले एक गोलका लागि लगाएको सरदर समयले पनि मेस्सीको गोलको महत्व बढी देखिन्छ। 

गोलमा बढ्ने दुई स्ट्राइकर रोनाल्डो र मेस्सीको तुलना गरिरहँदा डिफेन्डर भ्यान डाइकको भूमिकालाई कमजोर मान्न भने मिल्दैन। प्रिमियर लिगमा गएको सिजनदेखि लगातार ४९ खेलमा उनलाई छलाएर कसैले बल कटाउन सकेको थिएन। ५० औँ खेलमा गएको शनिबार आर्सनलका निकोलस पेपेले मात्र उनलाई काटेर बल अगाडि बढाएका थिए।

प्रिमियर लिगमा दोस्रो रहँदा मात्र होइन भ्यान डाइकले लिभरपुललाई गएको सिजन च्याम्पियन्स लिग जिताउँदा पनि महत्वपूर्ण भूमिका खेलेका थिए। नेदरल्याण्ड्सका भ्यान डाइकले यसअघि अवार्ड नजितेको भए पनि योपटक उनको नाममा समेत फुटबल पण्डितहरु जितको आँकलन गरिरहेका छन्। यसअघि कुनै पनि डिफेन्डरले यो अवार्ड नजितेका कारण पनि भ्यान डाइकले जितेमा छुट्टै इतिहास बन्नेछ। 

भ्यान डाइक डिफेन्डरको भूमिकामा मात्र होइन गोल स्कोररमा पनि राम्रो देखिएका छन्। उनले गएको सिजन लिभरपुलबाट ५० र नेदरल्याण्ड्सबाट ९ गरेर ५९ खेल खेलेका थिए। जसमा उनले ९ गोल पनि गरे। चार गोलका लागि अवसर मिलाएर समेत उनले आफूलाई अब्बल देखाएका थिए।

लिभरपुलका लागि ४ हजार ४ सय ६५ मिनेट मैदानमा रहेका उनले आफू दुई खेलाडीमा बलका लागि संघर्ष हुँदा ७० प्रतिशत समय बलमा नियन्त्रण बनाएका छन्। 

युइएफए वर्ष खेलाडीमा मात्रै होइन फिफा उत्कृष्ट खेलाडी र बालोन डि’ओर जस्ता अवार्डमा पनि यिनै खेलाडीको चर्चा चलिरहँदा बिहीबारको युइएफए वर्ष खेलाडीको विजेताको प्रभाव अझ बलियो बन्नेछ। 

यसैले लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले भनेका छन्, ‘आधुनिक फुटबल यो सयममा स्ट्राइकर या डिफेन्डर भनेर रुमलिनु हुँदैन। लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो मात्र होइन गएको वर्षको खेल हेर्ने हो भने भ्यान डाइक कुनै अर्थमा कम छैनन्। उनले अवार्ड जित्नु भनेको नयाँ खेलाडीलाई डिफेन्डर भएर पनि चल्न सकिन्छ भन्ने सन्देश दिनु पनि हो।’ 

२०११ मा मेस्सीले जितेको अवार्ड २०१२ मा आन्द्रेस इनिस्टाले जितेका थिए। २०१३ मा फ्रान्क रिबेरी, २०१४ मा रोनाल्डो, २०१५ मा मेस्सी, २०१६ मा र २०१७ मा रोनाल्डो साथै २०१८ मा लुका मोडरिकले जितेका थिए। 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै
रास्वपा सांसद पोखरेलले मागे माफी
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विश्वकप लिग–२ : यूएईलाई ३७ रनले हराउँदै नेपालको विजयी सुरुवात शनिबार, वैशाख १२, २०८३
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्