• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब उनी आफ्नै खुट्टामा उभिए...

पोलियोबाट दुवै खुट्टाको शक्ति गुमाएका मिङ्‌माको संघर्षकथा
64x64
नेपाल लाइभ बुधबार, भदौ ११, २०७६  १५:१०
1140x725

काठमाडौं- 'यो अपांग भयो। अब गरिखान सक्दैन। हातपाउ टेकेर हिँड्ने मान्छेले के गरिखाला र? बरु कुनै आश्रममा राख्न पाए यसको उद्धार हुन्थ्यो।'

बाल्यकालमा मिङ्मा शेर्पालाई यी डरलाग्दा वचनहरूले झस्काउँथे। 

आफ्नै परिवारका सदस्य र नजिकका आफन्तहरुले उनीप्रति राख्ने सहानुभूति यस्तै हुन्थ्यो। तर, त्यही सहानुभूति मिङ्माका लागि तीर बनेर मुटुसम्म पुग्थ्यो। सायद उनी त्यो घोचाइको पीडा मापन गर्न सक्दैनथे।

सोलुखुम्बुको दुर्गम ठाउँमा मिङ्माको जन्म भयो। दुर्गममा जन्मनु नै आफ्नो 'दुर्भाग्य' ठान्थे उनी। 'सानामा अरु साथीभाइ खेल्थे, खेलेको देखेपछि खेल्ने रहर लाग्थ्यो। तर, म उनीहरू जस्तो खेल्न सक्दिनँ थिए,' उनी बाल्यकालतिर फर्कन्छन्।

उनको स्मृतिमा पनि बाल्यकाल कहिल्यै सुखद् रहेन।

दुई वर्षको हुँदा मिङ्माका दुवै खुट्टा पोलियोको सिकार भए। २०३० सालको कुरा। त्यतिबेला अस्पताल गाउँबाट निकै टाढा थिए। उसो त उपचार गर्नुपर्छ भन्ने चेतना बा–आमामा थिएन। उनलाई धामी झाँक्रीकहाँ लगेर झारफुक गरियो। 

तर, निको भएन।

जब उनी हिँड्न सक्ने उमेरमा पुगे। उनलाई दुवै खुट्टाले साथ दिएनन्। हातखुट्टा टेकेर घस्रनु पर्ने बाध्यता बन्यो। आफू पोलियोको सिकार भएको मिङ्माले बुझ्ने भएपछि चाल पाए। तर त्यतिन्जेल उनले स्कुल गएर पढ्ने अवसर गुमाइसकेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यद्यपि, अध्ययनको भोक भने बाँकी थियो। घरमै बाले अक्षर चिनाए। अक्षर चिनेपछि भने स्वध्ययन गर्न थाले।

उनले सहानुभूति दिनेहरूको विभिन्न रुप देख्थे। 

'यो पुनर्जन्मको पाप हो। बाआमा बूढा भएपछि यसको भविष्य के होला?' 

यस्ता टिप्पणीले उनलाई बिझाएन मात्र। सानैमा एउटा इख पनि पलायो। 'उनीहरूले यसो भन्दा मलाई इख जाग्यो। म पनि केही गरेर देखाउँछु भन्ने सोच पलायो,' मिङ्माले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अप्ठेरो काठमाडौं 
घस्रेरै बाल्यकाल बिताएका मिङ्माले सोलुखुम्बु छाड्ने सोच बनाए। तर, सोचेजस्तो सहज थिएन। राजधानीप्रति उनको आशा थियो। 

काठमाडौंमा एक जना दाइको गलैंचा कारखाना थियो। मिङ्माले दाइलाई सोलुखुम्बुबाट आफू काठमाडौंमा आएर गलैंचामा काम गर्न सक्ने भन्दै पत्र पठाएका थिए। दाइले पत्रको जवाफ पठाए। दाइले स्विकृति जनाएपछि उनी काठमाडौं आए। 

२०४६ सालको जनआन्दोलन भर्खरै साम्य भएको थियो। काठमाडौं आउन बाआमाले उनलाई सहयोग गरे। काठमाडौंमा भएका साथीभाइले पनि उनलाई आड दिए।

यता आएपछि मिङ्मा गलैंचा कार्पेटको काम गर्न थाले। काम थियो– गलैंचा कटिङ गर्नु।

काठमाडौंमा उनको सुरुवातको बसाइ थियो जोरपाटी। भाडाको कोठामा उनी साथीहरूसँग बस्थे। खाना पकाउन सक्दैन थिए। कि घस्रेर हिँड्नुपर्दथ्यो, कि ह्विलचेयरमा। 

खाना नपाक्दा उनी कति दिन भोकै बसेका छन्। पानीमात्र खाएर पेट भरेको पीडा उनको मस्तिष्कमा ताजा छ। हातमा चप्पल लगाएर बामे सरेर ट्वाइलेट जानुपर्ने स्थिति थियो। 

उनले सोचेको सपनाको सहर भोगाइमा निकै अप्ठेरो थियो। काठमाडौंमा उनले 'छिछि: र दुरदुर' भोगे। सहानुभूतिका नाममा हतोत्साहित बनाउने मानिसहरू भोगे। 

तर, उनी कहिल्यै निराश भएनन्। केही गर्न सक्छु भन्ने उनको सपना कहिल्यै ओइलाएन।

काठमाडौंमा उनी ह्विलचेयर आवतजावत गर्थे। एकपल्ट कोठा सर्नुपर्ने भयो। घरबेटीले फोहर हुन्छ भनेर कोठा दिएनन्। 

उनी पुराना दिनका घटनातर्फ फर्कन्छन्, 'कोठामा बस्दा एक जना दिदीको बच्चा थियो। एक दिन उनको बच्चाले ह्विलचेयर छुन आयो। ती दिदीले त्यस दिन मलाई मनै कुँडिने गरी भनिन्– बाबु त्यो नचलाऊ। फेरि अंकलको जस्तै पोलियो भएर तिम्रो खुट्टा पनि त्यस्तै हुन्छ।' 

घटना सुनाइरहँदा मिङ्मा गम्भीर देखिए।

भिडियो-

उनी लगत्तै अर्को घटना सम्झन्छन्। जसले उनलाई निकै दिनसम्म बिझाएको थियो। एक दिन साथीसँग मिङ्मा सामान किन्न पसल गएका थिए। दुवै ह्विलचेयरमा थिए। 

जब उनीहरू पसलनिर गएर अडिए। पसलका साहुले उनीहरूलाई ५/५ रुपैयाँ फालिदिए। दुवैको मन चसक्क बिझायो। उनीहरूले नम्र आवाजमा प्रतिकार गर्दै भने, 'दाइ हामीसँग त पैसा छ। हामी मगन्ते होइनौं। हामी केही किन्न आएका हौं। तपाईंको पैसा तपाईंसँगै राख्नुस्।'

यस्ता धेरै भोगाइ खेपेका छन्, मिङ्माले। यसरी दुःखद् परिस्थितिको सामना गर्नुपर्दा उनलाई सधैं लागिरहन्थ्यो– अप्ठेरो छ काठमाडौं।

फेरिएको जीवन
काठमाडौंको सडकमा एक दिन उनी घस्रँदै हिँडेका थिए। उनको हालत देखेर एक विदेशीको मन पग्लेछ। पछि तिनै विदेशीको पहलमा मिङ्माको दुवै खुट्टाको शल्यक्रिया भयो। सात वर्षयता भने उनले नयाँ जीवनको अनुभव गरिरहेका छन्।

खुट्टाको शल्यक्रियापछि भने उनको जीवन सहज बन्यो। खुट्टामा 'आर्टिफिसियल लेग' राखिएको थियो। उनलाई कर्सेसद्वारा घरभित्र र बाहिर गर्न अहिले सहज भएको छ। 

सात वर्षअघिसम्म मिङ्माको जुन हालत थियो, त्यो बिलकुल परिवर्तन भएको छ। कुनै समय 'अशक्त' भन्नेहरूलाई नै मिङ्माले सहायता दिन्छन् अहिले। 

खुट्टाको शल्यक्रियापछि उनले चारपांग्रे स्कुटर किने। त्यही स्कुटर उनको सहारा छ। उसो त उनी पनि धेरैको सहारा बनेका छन् अहिले। 

गाउँका मान्छे काठमाडौं आउँदा बस स्टपसम्म लिन र पुर्‍याउन आफैं जान्छन् मिङ्मा। 

'एकपल्ट एक जना दाइ बिरामी हुनुभयो। उहाँले फोन गरेर मलाई अस्पताल पुर्‍याइदिनु भन्नुभयो। मैले अस्पताल पुर्‍याएर टिकट काटिदिने काम गरेँ। उहाँ धेरै खुसी हुनुभयो,' उनले भने, 'पछि उनैले तिमीले जे चाहे पनि गर्न सक्दो रहेछौ भन्दा निकै खुसी लाग्यो।'

गाउँका आफन्त कुनै काम लिएर काठमाडौं आए भने सबैभन्दा पहिले सम्झिइने मिङ्मा नै हुन्।  

बौद्धमा एसिन लिंगुइस्टिक डिपार्टमेन्ट (सिल नेपाल) नामक एउटा संस्था छ। जहाँ उनी दुई वर्षअघिदेखि भाषा अनुवादको कामसमेत गर्छन्। 'स्कुल नगए पनि मैले पढ्न छाडेको छैन। अहिले भाषाको काम गरिरहेको छु,' उनी भन्छन्। 

यात्रुलाई सेवा
एउटै कामले घर धान्न सहज नहुने स्थिति भयो। मिङ्माले विकल्प खोजे।  

एक जना साथीले आफू पठाओमा काम गर्ने बताए। त्यसपछि मिङ्माले पठाओबारे बुझे। साथीकै सहायतामा उनले पनि पठाओमा आफ्नो स्कुटी दर्ता गराए। अहिले उनी यात्रुहरूलाई पठाओको सेवा दिन थालेका छन्।

पठाओमा मिङ्मा आबद्ध भएको ४ महिना भयो। 

'दिनमा २/३ घन्टा खट्दा ७ सयजति कमाइ हुँदो रहेछ,' उनी सुनाउँछन्, 'यति भयो भने तेल खर्च जोगिन्छ। बच्चालाई स्कुलको खर्च पुर्‍याउन सहज हुछ।' 

उनी पठाओ सेवा दिँदाको केही समयअघिको एउटा घटना सम्झन्छन्।

मोबाइलमा एक जना सेवाग्राहीको रिक्वेस्ट आयो। उनी लिन गए। 

तर, रिक्वेस्ट पठाउने मिङ्मालाई देखेपछि झस्किएछन्। 'जब उनले मलाई देखेपछि 'अर्कै मान्छे बोलाइसकेको छु, रिक्वेस्ट क्यान्सिल गरौं' भने। अशक्तले चलायो भने आफैंलाई पनि अशक्त पार्ला भन्ने कतिपयको डर हुँदो रहेछ। तर, त्यस्तो हुँदैन। मैले त्यस बेलामा त्यही बुँझे,' उनी सुनाउँछन्।

जति सेवाग्राहीलाई उनले गन्तव्यमा पुर्‍याए उनीहरू निकै खुसी भएको उनको अनुभव छ। 'कतिपय त साथी जस्तै पनि भए। मेरो काम देखेर खुसी हुने धेरै छन्,' मिङ्मा भन्छन्।

प्रेमले दिएको आँट 
मिङ्मा त्यसबेला ह्विलचेयरमै हिँड्थे। एकदिन पसल जाने क्रममा उनको भेट सविना शेर्पासँग भयो। सविनाको आफ्नै पसल थियो। उनी प्रायः पसलमा भेटिन्थिन्। 

हरेक दिन भेट्दै गएपछि मिङ्मालाई सविना मन पर्न थाल्यो। देखादेख भइरहने सविनासँग मिङ्माको बोलचाल सुरु भयो।

कुराकानी गर्दागर्दै दुवैजना नजिकिए। मिङ्माले सविनालाई 'प्रपोज' गर्न सकिरहेका थिएनन्। 'उनी निकै राम्री र फूर्तिली लाग्थिन्। म जस्तो अशक्तले कसरी उनलाई प्रपोज गर्ने भन्ने लाग्थ्यो,' मिङ्मा सुनाउँछन्।

एकदिन उनले त्यो आँट गरिछाडे, 'मलाई तिमी मन पर्छ। तर, तिमी मलाई पत्याउँदैनौ होला…'

खुसीको कुरा त सविना पनि मिङ्मालाई प्रेम गर्दी रहिछन्। उनले सहजै स्विकारिन् मिङ्माको प्रस्ताव। 

दुवैको बिहे गर्ने कुरा भयो। 

तर, आफन्तबाट विरोध आए। 'छोरीले अशक्त श्रीमानसँग बिहे गर्‍यो भने जीवन कसरी चल्छ?' भन्दै आफन्तले विरोध गरे। दुवैको माया बसेपछि कसको के लाग्छ? सविनाले आफ्नो जिद्दी छाडिनन्।

'मेरो आत्मबल देखेर सविनाले मलाई स्वीकार गरेकी थिइन्,' उनले भने।

यसरी मिङ्माले काठमाडौंमै प्रेम विवाह गरे। त्यसपछिको सम्बन्ध आजसम्म प्रगाढ छ। 

सविना अहिले विदेशमा छिन्। मिङ्माको साथमा छोरा छन्। आफू बाबु हुनुको कर्तव्य समेत उनी निर्वाह गरिरहेका छन्।

संघर्षले नै आफूलाई बाँच्न सिकाएको उनको ठम्याइ छ। मिङ्मा सधैं अगाडिका बाटाहरू सोच्छन्। जीवनमा आउने बाँकी आरोह अवरोहसँग जुध्न तयार छन्। हिजोका दिनमा सहानुभूति दर्शाउनेहरूलाई उनले पाठ सिकाएका छन्। 

भन्छन्, 'केही गर्दैन भन्नेहरू नै आज बेरोजगार छन्। हेर्नुस् त, म आफ्नै खुट्टामा पो उभिएको छु।' 

यति नभन्दै बसिरहेको कुर्सीबाट उनी जुरुक्क उठ्ने प्रयास गर्छन्। 

फोटो/भिडियो : सौरभ रानाभाट/नेपाल लाइभ

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित)
सम्बन्धित सामग्री
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन । आइतबार, कात्तिक ८, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह बिहीबार, कात्तिक १२, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड बिहीबार, कात्तिक १२, २०८३
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्