काठमाडौं– स्पेनिस कम्पनी केल्मीले नेपाली राष्ट्रिय फुटबल टिमको जर्सी प्रायोजन गर्ने सम्झौता गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै जर्सी प्रायोजन सम्झौता भएको जनाएको हो।
केल्मीले प्रायोजन गरेको जर्सी राष्ट्रिय फुटबल टिमका उपकप्तान भारत खवास र महिला टिमकी कप्तान रेनुका नगरकोटीले सार्वजनिक गरे। केल्मीले ए वर्षका लागि ३७ सय ८८ स्पोर्टसवेयर सामग्री प्रदान गर्नेछ। जुन जर्सी राष्ट्रिय पुरुष, महिला र जुनियर टिमले लगाउनेछन्।
केल्मीका नेपालस्थित अधिकृत विक्रेता प्रमुख प्रदीप न्यौपानेले एन्फासँग एक वर्षको सम्झौता गर्न पाउँदा खुसी लागेको बताए।
अघिल्लो वर्षपनि केल्मी नै जर्सी प्रायोजन गरेको थियो। एक वर्षको सम्झौता ५५ हजार अमेरिकी डलर बराबरको भएको एन्फाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।