काठमाडौं - नेपाली यु १९ क्रिकेट टोली अभ्यास खेलमा श्रीलंकाको सिन्हालिज स्पोर्टस् क्लब यु २३ टिमसँग तीन विकेटले पराजित भएको छ।
बर्षाका कारण ४२ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट जाँदा २४० रन बनाएको थियो। जवाफी ब्याटिङमा सिन्हालिजले सात विकेट जाँदा लक्ष्य भेट्टाएको हो। अन्तिम २ ओभरमा २२ रन चाहिएको अवस्थामा ४१ औं ओभरमा राशिद खानले १६ रन खर्चेपछि नेपाल कमजोर बनेको थियो। अन्तिम ओभरमा ६ रन चाहिँदा खेल अन्तिम बलसम्म पुगेको थियो।
नेपालका पवन सरार्फले सर्वाधिक ३ विकेट लिए। कमलसिंह ऐरीले २, सुर्य तामाङ र सागर ढकालको एक एक विकेट लिए।
यसअघि नेपालका लागि विकेटकीपर आशिफ शेखले सर्वाधिक ८८ रन बनाएका थिए। सन्दीप जोराले ३३, रित गौतमले ३१, पवन सर्राफले ३०, हरि बहादुर चौहानले १८, भिम सार्कीले १५ साथै कुशल मल्लले १० रन बनाएका थिए।
.JPG)
एसिसी यु १९ एसिया कप सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा आयोजना हुँदैछ। एसिया कपअघि नेपालले थप दुई अभ्यास खेल खेल्ने तय भएको छ। अर्को अभ्यास खेल बडुरालिया सिसिसँग भोलि हुनेछ।
एसिया कपको समूह ‘बी’ मा रहेको नेपालले टेष्ट राष्ट्र श्रीलंका, बंगलादेशका साथै युएईसँग खेल्ने छ। समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन्। समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्ने छन्।
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।